SKIP TO MAIN CONTENT
SBSL0987.JPG

This article is more than 3 years old

डीजिरिङ्गान्ज समुदायका एक ज्येष्ठ सदस्यको सिड्नीका नेपालीसँगको अनुभव

सिड्नीको नेपाली सामुदायिक कार्यक्रममा “स्मोक सेरेमनी” गर्ने पहिलो आदिवासी व्यक्ति बनेर डीजिरिङ्गान्जका अङ्कल जोन डिक्सनले इतिहास रचेका थिए।

अगिल्लो वर्षको नोभेम्बरमा बरवुड पार्कमा आयोजित नेपाल महोत्सव सिड्नीका बेला युकेलिप्टस्का पातहरू पोलेर धुवाँ बनाउँदै मानिसहरूलाई परम्परागत रूपमा स्वागत गर्ने आदिवासी चलनलाई उनले नेपालीहरूलाई अनुभव गराएका हुन्।

अङ्कल डिक्सनका अनुसार सिड्नीमा आयोजित कुनै पनि नेपाली सामुदायिक कार्यक्रममा “स्मोक सेरेमनी” गरिएको यो नै पहिलो अवसर थियो।

SBSL1005.png
Uncle John Dixon and his partner (Photo: Abhas Parajuli)

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now