हिंस्रक र अश्लिल सामाग्री वितरण गर्ने इन्टरनेट कम्पनीहरूलाई अस्ट्रेलियाको चेतावनी

सङ्घीय गृह मामिला मन्त्री पिटर डट्टनले घृणा फैलाउने कार्यमा प्रयोग हुने वेबसाइटहरू माथि आफ्नो दबाब बढाएका छन्।

Home Affairs Minister Peter Dutton says it's ultimately a matter for the mother, but he is against late term abortions.

Source: AAP

अमेरिकाको एल पासो शहरहमा अन्धाधुन्ध गोली चलाएर २० भन्दा बढी मानिसहरूको ज्यान लिने व्यक्तिद्वारा इन्टरनेटमा घृणा फैलाउने आफ्नो एक घोषणापत्र राखेको खुलेपछि त्यस्ता सामाग्री राखिदिने अनलाइन कम्पनीहरू माथि त्यस्तो कार्य हुन नदिन अधिक दबाब दिने गृह मामिला मन्त्री पिटर डटनले बताएका हुन्।

२१ वर्षीय प्याट्रिक क्रुसियसले एल पासो सहरमा आफूले घटाएको उक्त नरसंहार टेक्सस राज्यमा हिस्प्यानिकहरुद्वारा गरिएको अतिक्रमणको जवाफ भएको उक्त घोषणापत्रमा उल्लेख गरेका थिए।

अतिवादीहरूद्वारा निकै नै प्रयोग गर्ने ठानिएको एटच्यान नामक उक्त अनलाइन सन्देश आदानप्रदान गर्ने सञ्जालमा पोस्ट गरिएको उक्त घोषणापत्र क्रुसियसको नै हो भन्ने अधिकारीहरूको ठम्याई छ।

8chan has become a megaphone for mass shooters, with white nationalists actively recruiting.
8chan has become a megaphone for mass shooters, with white nationalists actively recruiting. Source: 8chan

डट्टनका अनुसार यसरी घृणा र अतिरंजना फैलाउने सामाग्रीहरू इन्टरनेटबाट हटाउन अनलाइन कम्पनीहरूले छिट्टै ठोस् कदम चाल्नुपर्छ।

मङ्गलवार बिहान च्यानल सेभेनको सनराइज कार्यक्रममा बोल्दै उनले भने, “यी कम्पनीहरूले धेरै कमाई गरिरहेका छन् र साथ-साथै घृणा फैलाउने सन्देशहरू फिँजाउने काम पनि गरिरहेका छन् र हामीले यो बन्द गर्नुपर्छ।”

यस्ता अनलाइन कम्पनीहरू प्राय: गरेर रुस वा पश्चिमी लोकतान्त्रिक मूल्य मान्यता अनुरूप नचल्ने अन्य देशहरूबाट सञ्चालन हुने बताउँदै पिटर डट्टनले अगाडी भने, “यदि अस्ट्रेलियामा बस्ने मानिसहरूले त्यस्ता दुष्ट नियत भएका सामाग्रीहरूसम्म पुग्न सक्छन् भने हामीले त्यसलाई हटाउन सक्नुपर्छ।”

पारम्परिक सञ्चार माध्यम भन्दा फरक किसिमले अनलाइनहरू सञ्चालन हुने र तिनमा सजिलै उपलब्ध यस्ता खराब सामाग्रीहरूका कारण बाल बालिकामा गहिरो नकारात्मक असर परिरहेको तर्फ पनि उनले ध्यानाकर्षण गरे।

“यी सबै दिमाग खराब भएका मानिसहरू हाम्रै समाजमा छन् भन्ने यथार्थ बुझ्नु जरुरी छ,” डट्टनले भने।

A picture of New Zealand futsal player Atta Elayyan, victim of the Christchurch mosque attacks, is seen at a floral tributes near Al Noor mosque in Christchurch on March 18, 2019, four days after 50 worshippers were killed in two mosques attacks, the wors
50 people were killed in the Christchurch mosque attacks while shooting suspect Brenton Tarrant was not on any watchlist in Australia or New Zealand. Source: AFP

केही महिना अघि, न्युजिल्याण्डका मस्जिदहरूमा प्रार्थना गरिरहेको अवस्थामा ५० भन्दा बढी मानिसहरूको ज्यान जाने गरी गोली काण्ड मच्चाएका अस्ट्रेलियन नागरिक ब्रेण्टन ट्र्र्याण्टले फेसबुक मार्फत आफ्नो उक्त हिंसापूर्ण घटनाको प्रत्यक्ष प्रसारण गरेका थिए।

उता, स्वतन्त्रता पूर्वक आफ्नो विचार राख्न पाउनुपर्ने धारणाबाट अभिप्रेरित हुँदै सन् २०१३ मा एटच्यानको सृजना गरेका फ्रेडरिक ब्रेनन्नले यस्ता सामूहिक हत्याका घटनाहरू बारे सुन्ने बित्तिकै तिनमा एटच्यानको हात छ कि छैन भन्ने बारेमा आफूले सोच्ने गरेको बताए।

हाल उक्त वेबसाइट सञ्चालनमा कुनै किसिमबाट पनि संलग्न नभएका र ब्रिटल बोन डिसइज भन्ने हाडको रोगबाट पीडित भएर व्हिलचेयरमा सीमित ब्रेनन्नले अमेरिकामा उक्त घटना लगतै दिएको एक अन्तर्वार्ताका क्रममा भने, “त्यो वेबसाइट बन्द गरिदिनुहोस्। यसले विश्वलाई केही पनि राम्रो गरिरहेको छैन। त्यो त खाली नकारात्मक सोचलाई बढवा दिने ठाउँ भएको छ।”

सन् २०१५ मा ब्रेनन्नद्वारा उक्त साइटको स्वामित्व त्यागेपछि एक पूर्व अमेरिकी सैनिक, जिम वाटकिन्सले आफ्ना छोरासँग मिलेर, फिलिपिन्सबाट एटच्यान चलाई रहेका छन्।

Brennan and Watkins in 2015.
Brennan and Watkins in 2015. Source: 8chan / Youtube


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now