SKIP TO MAIN CONTENT

फोटो खिच्नमात्र अस्ट्रेलिया आउने जोडीहरु

अस्ट्रेलियाको अर्थतन्त्रमा पर्यटन क्षेत्रले ठूलो भूमिका खेल्छ भन्ने कुरामा त कुनै शंकानै छैन। यहाँ रहेका सुन्दर तटिय क्षेत्रहरु, जीवित विविधता र देशको मध्य भाग ओगटेको आउटब्याकले संसारभरिका धेरै मानिसहरुलाई आकर्षित गर्दछ।

pre wedding photo
Source: SBS

1 min read

Published

Updated

By Lydia Feng

Presented by SBS Nepali

Source: SBS


Skip to article content

तर आजभोलि, फोटो खिच्नका लागि मात्र अस्ट्रेलिया आउने, विशेषगरि सिड्नी आउनेहरुको संख्या पनि निकै बढेको छ।

चीनमा विवाह गर्न लागेका जोडीहरु, सिड्नीमा रहेको ओपेरा हाउसलाई फ्रेममा राख्दै, फोटो खिचाउन हाजारौंको संख्यामा अस्ट्रेलिया आउने गर्छन्।

विवाहपूर्वनै यसरी फोटो खिचाईसके पछि, विवाहको दिन भने अन्य फोटोहरुभन्दा आफन्त र पाहुनाहरुलाई समय दिने चीनमा प्रचलन रहेको बताईन्छ। ओपेरा हाउस मात्र नभएर, सिड्नी अन्य विश्व प्रसिध्द केन्द्रहरु, जस्तै हार्बर ब्रिज, बोन्ड्याई बिच लगायतका ठाउँहरुमा पनि आफ्नि विवाह पूर्व चिनियाँ जोडिहरु आएर फोटो खिचाउने बताईन्छ।

दिनभरि लगाएर फोटो यसरी खिचाए वापतको खर्च कम्तिमा पाँच हजार डलर लाग्ने र हवाई र होटेल खर्च जोड्दा अर्को तीन हजार लाग्ने बताईन्छ। यस नविन प्रचलनका कारण अस्ट्रेलियाको पर्यटन क्षेत्रमा थप रकम भित्रिएको छ।

रोबर्ट वेन सिड्नीमा रहेका एक फोटोग्राफर हुन्। १५ बर्षदेखि गर्दै आएको उनको यस पेशाको मुख्य ग्राहक अहिले आएर चीनबाट आउने जोडीहरु रहेको बताउँछन्।

“विगत तिन बर्षदेखि चिनियाँ ग्राहकहरु संख्या निकै बढेको छ। अहिले त सिगापुर, कोरिया, ताईवानबाट पनि धेरै जोडीहरु फोटोमात्र खिचाउन अस्ट्रेलिया आईपुग्छन,” उनले भने।

टुरिजम आस्ट्रेलियाकी क्यारेन गिलबर्टले भने यो नयाँ आकर्षण देशको अर्थतन्त्रका लागि खुशीको कुरा रहेको बताउछिन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now