Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

इन्स्टाग्राम: फोटोहरूको “लाइक” नदेखाउने योजना

सामाजिक सञ्जाल संस्था फेसबुकद्वारा सञ्चालित इन्स्टाग्राममा प्रकाशित हुने फोटो र भिडियोहरूलाई कतिजनाले “लाइक” गरेको नदेखाउने बारे परीक्षण सुरु गरिने बताइएको छ।

Instagram is toying idea to remove showing likes

(INSTAGRAM: @beyondveganlife) Source: (INSTAGRAM: @beyondveganlife)

ट्विटर लगायतका सामाजिक संस्थाहरूले पनि आफ्ना प्रयोगकर्ताहरूलाई स्वास्थ्य रूपमा आफ्ना सेवा प्रयोग गर्न सहयोग गर्न प्रोत्साहित गरिदा फेसबुकले पनि त्यस्तै कदम चालेको ब्लूमबर्ग समाचार संस्थाले बताएको छ।

इन्स्टाग्राममा प्रकाशित हुने फोटोलाई कतिजनाले मन पराएको वा कतिजनाले भिडियो हेरेको सङ्ख्या सार्वजनिक नगर्ने सम्बन्धी परीक्षण क्यानडामा सुरु गरिने फेसबुकको भनाइ छ।

“प्रयोगकर्ताहरूले आफ्नो फोटो र भिडियोहरूलाई कति जनाले “लाइक” गर्‍यो भन्ने बारे सोच्नु भन्दा आफ्नो प्रकाशन माथि ध्यान दिन प्रोत्साहित गर्न उक्त कदम चालिएको हो”, फेसबुकद्वारा सार्वजनिक विज्ञप्तिमा बताइएको ब्लूमबर्गले बताएको छ।

If your smartphone is keeping you up at night, give it a rest
Nighttime distractions mean daytime doziness. Source: Moment Mobile ED

केही अध्यनहरुले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा कति “लाइक” पाएको वा नपाएको कुराले मानसिक समस्या पनि सिर्जना गर्न बताइदा सामाजिक सञ्जाल संस्थाहरू माथि पनि स्थिति सुधार्न दबाब बढेका छन्।

एक अर्को समाचारमा फेसबुकका प्रमुख मार्क जुकरबर्गले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको गोपनीयताको लागि आफ्ना सेवाहरूमा हेरफेर गरिने घोषणा गरेका छन्।

आफ्ना प्रयोगकर्ताहरूको जानकारी गोप्य नराखेको आरोप केही समयदेखि खेप्दै आएको फेसबुकले उक्त घोषणा गरेको हो।

जुकरबर्ग भन्छन् कि फेसबुक मेसेन्जरबाट पठाइने सन्देशहरू सबै पूर्ण रूपमा गोप्य रहने छन्, जसको मतलब फेसबुक आफैले पनि उक्त सन्देशहरू पढ्न सक्ने छैन।

मेसेन्जरलाई व्हाट्सएपसंग मिलाउँदै निजी रूपमा पठाइएका सन्देशहरूका साथै व्हाट्सएप मार्फत गरिएका भुक्तानीहरू सम्बन्धी जानकारीहरूलाई पनि स्थायी रूपमा नराखिने उनले बताए।


1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now