सरकारले हिजो सार्वजनिक गरेको आगामी वर्षको आर्थिक बजेट बारे विपक्षी लेबर पार्टीले संसदीय बहसको क्रममा राखेको प्रश्नको जवाफमा प्रधान मन्त्रीले उल्टो लेबरको जलबायु नीति हास्यास्पद भएको बताएका छन्।
लेबर नेता बिल शर्टनले हिजो जलबायु पर्तिवार्तन सम्बन्धि आफ्नो पार्टीको नीति बारे घोषणा गर्दै सन् २०३० सम्ममा अस्ट्रेलियाको कार्बन उत्सर्जन ४५ प्रतिशतले घटाउने लक्ष्य रहने बताएका थिए।
संसद समक्ष बोल्दै “लेबर पार्टीले कजाकिस्तान बाट कार्बन क्रेडिट लिन चाहेको” स्कट मोरिशनले बताए।
साथै उद्योग व्यवसायहरुले उत्सर्जन कटौतीको आफ्नो न्युनतम मापदण्ड पुरा गरे बाकि रहेका आफ्ना कार्बन क्रेडिट अन्तराष्ट्रिय बजारमा बेच्न सक्ने छन्।
तर मापदण्ड पुरा गर्ननसकेका व्यावसायहरुले चाहिं कार्बन क्रेडिट अन्य देशहरु बाट किन्न सक्ने पनि लेबर नीति रहेको छ।

लेबर पार्टीको उक्त नीतिको आज प्रधान मन्त्री स्कट मोरिशनले आलोचना गरेका हुन्।
संसद समक्ष बोल्दै उनले “लेबर पार्टीले कजाकिस्तान बाट कार्बन क्रेडिट लिन चाहेको” बताए।
लेबरको नीतिलाई “बोरात कर” भन्दै उनले भने, “मलाई थाह छ उत्सर्जन घटाउने सम्बन्धि लेबर पार्टीको नीति बारे बोरातको भनाइ के हुने छ: भेरी नाइस।”
को हुन् बोरात?
ब्रिटिश निर्माता निर्देशक शाषा बारेन कोहेन द्वारा परिकल्पित व्यंगात्मक पात्रको नाम हो बोरात।
सन् २००६ सालमा कोहेनले बनाएको फिल्ममा पत्रकारको भूमिका निभाउने बोरात नामका कजाक पात्र आफ्नो देशको फाइदाको लागि अपनाइन सकिने बिषयहरु बारे सिक्न संयुक्त राज्य जान्छन्।

