SKIP TO MAIN CONTENT

प्रहरीले मेलबर्नको छुरा प्रहारलाई आतङ्ककारी गतिविधिका रूपमा छानबिन गर्ने

शुक्रवार मेलबर्नको व्यस्त सहरमा अवस्थित वर्क स्ट्रिटको छुरा आक्रमणकारी ३० वर्षीय हसन खालिफ शाएर अलि भएको खुल्न आएको छ। शाएर अलिको पृष्ठभूमि र व्यक्तित्वका आधारमा घटनालाई आतङ्ककारी आक्रमण कै रूपमा लिइने संघिय प्रहरीले जनाएको छ र अब घटनाको थप अनुसन्धान आतंक विरुद्धको निकायले गर्ने छ।

Two images of the incident at Bourke Street Mall (Twitter)
Source: Twitter

2 min read

Published

Updated

By Sunita Pokharel



Skip to article content

समालियामा जन्मिएका हसन खालिफको प्रहरीद्वारा चलाइएको गोली लागी उपचारका क्रममा मृत्यु भए पनि घटनाको जिम्मेवारी अन्तर्राष्ट्रिय आतङ्ककारी सङ्गठन इस्लामिक स्टेट (आइएस्) ले लिएको छ। 

आइएसले घटनामा आफ्नो संलग्नतालाई लिएर कुनै प्रमाण नदिएको भए पनि सङ्घीय र भिक्टोरियाका सुरक्षा निकायहरूले आतङ्ककारी गतिविधिको अनुसन्धानलाई तीव्रता दिएका छन्।

२०१५ मा शाएर अलि सिरिया जान लागेको भन्दै अस्ट्रेलियाली गुप्तचर सुरक्षा निकायका अधिकारीहरूले उनको राहदानी रद्द गरेको सङ्घीय प्रहरीले बताएको छ।

उग्रवादी सोच राख्ने उनी सुरक्षा निकायको शङ्काको घेरामा रहे पनि यस्तो घटना नै हुनु चाहिँ आश्चर्य जनक भएको भिक्टोरियाका प्रमुख आयुक्त ग्राहम एश्टोनले नाइन नेटवर्कलाई बताए।

"हेर्नुहोस्, उनी यस्ता व्यक्ति हुन् जसको बारेमा हामीलाई थाहा थियो, तर रातीसम्ममा हामीलाई आएको जानकारीमा उनलाई हामीले सक्रिय रूपमा निगरानी गरेका थिएनौँ, विशेष गरी यति सम्मको घटना होला भन्ने हिसाबले निगरानी गरेका थिएनौँ।"

शुक्रवार दिउँसो शाएर अलिले आफू सवार गाडीमा रहेको ग्यास सिलिन्डरमा आगो लगाएपछि गाडी बल्न थालेको थियो। त्यस लगत्तै उनले तिन व्यक्ति माथि छुरी प्रहार गरेको मा एकको घटनास्थलमा नै मृत्यु भयो भने अन्य दुई जना घाइते भएका छन्।

छातीमा प्रहरीको गोली लागेपछि अस्पतालमा उपचारका क्रममा आ‌‌धा घण्टा पछि शाएर अलिको मृत्यु भएको थियो।

एश्टोनले आक्रमणकारीले प्रज्वलनशिल ग्यासका सिलिन्डरहरू गाडीमा राखेको र त्यसमा आगो लगाएर अधिकतम प्रभाव पार्ने उद्देश्य राखेको देखिने बताएका छन्।

A burnt out vehicle is seen on Bourke Street in Melbourne
A burnt out vehicle is seen on Bourke Street in Melbourne Source: AAP

तर खुल्ला राखिएका ग्यास सिलिन्डरमा आगो नलागेर गाडीमा मात्र आगो लागेको थियो भने आगोलाई छिट्टै नियन्त्रणमा ल्याउन  सकिएकाले धेरै क्षति हुन नपाएको उनले बताए।

 साथै उनले शाएर अलिको पृष्ठभूमि र व्यक्तित्वका आधारमा घटनालाई आतङ्ककारी आक्रमण कै रूपमा लिइने जनाएका छन्।

आतङ्ककारी विरुद्धको अनुसन्धान टोलीले शङ्कास्पद अलिको पृष्ठभूमिबारेको अनुसन्धानलाई निरन्तरता दिएको छ। जस अन्तर्गत वेरिवी र मिडो हाइट्स का दुई घरहरूमा छापा मारिएको छ।

ग्राहम एश्टोनले भने, "हामीलाई त्यो व्यक्तिका बारेमा जे जति जानकारी रहेको छ त्यसलाई आधार मानेर यो घटनालाई आतङ्ककारी घटनाको रूपमा हेरिरहेका छौँ, हामीलाई त्यो व्यक्तिको पहिचानका बारेमा केही अन्य कुराहरू थाहा भएको छ पहिले त्यो पनि थिएन, हामीलाई लाग्छ त्यो पहिचान नै निश्चित हो। अब यो आतङ्क विरुद्धको टोलीको अनुसन्धान अन्तर्गत रहने छ। यो हाम्रो र सङ्घीय निकायहरूको समन्वयमा हुन्छ।"

प्रधानमन्त्री स्कट मोरिशनले घटनालाई लिएर उनकै अनुसार उग्रवादी , हिंसात्मक कट्टरपन्थी इस्लाम को निन्दा गरेका छन्।

उनले आफू धार्मिक स्वतन्त्रताको रक्षा गर्ने पहिलो व्यक्ति भएकोले धार्मिक उग्रवादलाई निन्दा गर्न पनि आफू पछाडि नहट्ने बताएका छन्।

प्रधानमन्त्री मोरिशनले अस्ट्रेलियामा रहेका इस्लाम समुदायको प्रशंसा गरे भने धार्मिक नेताहरूलाई उग्रवादलाई प्रोत्साहन नदिन आग्रह पनि गरेका छन्।  


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now