SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा बाढी सम्बन्धी चेतावनी यथावत् र भिक्टोरियाको समुन्द्रमा दूषित पानी

यो बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

Aerial view of a beach with huts, Mt. Martha Beach, Mornington Peninsula, Australia
Water samples in beaches in Aspendale, Carrum, Clifton Springs, Elwood, Mornington, Seaford, and Werribee are found to be of poor quality. Source: Getty / Ippei Naoi/Getty Images

2 min read

Published

Updated

By SBS

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

बाढीको पानी पश्चिम तर्फ बग्दै जाँदा, न्यु साउथ वेल्सका विभिन्न क्षेत्रमा बाढी सम्बन्धी चेतावनी जारी गरिएका छन्।

आइतबार वि वा क्षेत्रमा बाढीको प्रभाव देखिएको छ भने बोगान नदीमा पनि ठुलो बाढी आएको छ।

मौसम विभागका अनुसार जेमालोङ्ग वेर नजिक ल्याचल्यान नदी ८.३ मिटर सम्म माथि आउन सक्छ।

यता मुर्रे र एड्वार्ड नदी र यसको आसपासको क्षेत्रमा पनि पानीको बहाव बढेको छ।

बार्हम, वाकुल जङ्गसन, बाउन्डेरी बेन, इस्टन, मिल्डुरा र वेन्टवर्थमा पनि पानीको बहाव सन् १९७५ यता कै उच्च हुने सम्भावना रहेको छ।

माओमा र भिक्टोरियाको इचुका नजिक मर्रे नदिमा बहाव बढेको अवस्थामा भए पनि सामान्यतर्फ गइरहेको बताइएको छ।

अक्टोबर महिनामा लगातार वर्षाका कारण सुक्ष्मजीवहरुले नदी प्रणालीको बाटो फेला परेको पर्यावरण संरक्षण प्राधिकरणका प्रमुख मार्क टेलरले बताएका छन्।

फलाम, इ कोलि र अन्य सूक्ष्म जीवहरू बाढीको पानीमा पाइएको उनले बताएका हुन्।

यी सूक्ष्म जीवका कारण पेटको दुखाई, पखाला, वाकवाकी लगायतका समस्या हुन सक्ने बताइएको छ।

शनिवार एस्पेन्डेल, कारम, क्लिफटन स्प्रिङ, एलउड, मर्निङ्गटन, सिफोर्ड र वेरबी क्षेत्रबाट लिइएको पानी दूषित पाइएको छ।

पानी तलतिर बगिरहेको अवस्थामा टेलरले समुन्द्रको पानी केही हप्तासम्म दूषित रहने बताए।

संस्थाले भिक्टोरियाको आपतकालिन सेवा विभागसँग सहकार्य गरी रिजनल क्षेत्रका ६ वटा स्थानको पानी जाँच गर्दैछ।

पछिल्लो मौसमी पूर्वानुमान तथा जानकारीका लागि मौसम विभागको वेबसाइट हेर्नुहोस्।

आपतकालिन अवस्थाबारे आधिकारिक रूपमा अद्यावधिक रहन न्यु साउथ वेल्स एवं भिक्टोरियाली एसईएसको वेबसाइटहरू हेर्नुहोस्।

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now