बेलायतको अक्सफोर्ड विश्वविधालयले ६ बाँदरहरुमाथि गरेको खोप परिक्षणको क्रममा सबै बाँदरहरुले यस रोग बिरुध्द प्रतिरोधात्मक क्षमता बढाएको बताईएको छ।
यिनीहरुमध्ये केहिले १४ दिनभित्रै उक्त क्षमता आर्जित गरेको थिए भने, केहिलाई भने २८ दिन लागेको थियो।
परिक्षणको क्रममा, यो खोप लिए पछि, कोरोनाभाईरस किटाणुले फोक्सोलाई प्रभावित गर्न नसकेको, र नाँक बाहेक शरिरका अरु अङ्गमा कोरोनाभाईरस बढ्न नसकेको समाचारमा जनाईएको छ।
जनावरहरुमाथि गरिएको परिक्षणबाट निकै उत्साहित भएको वैज्ञानिकहरुको टोलीले मानवहरुमाथि पनि परिक्षण शुरु गरिसकेका छन्। यससम्बन्धका नतिजाहरु भने अगस्ट महिनासम्ममा आउने बताईएको छ।
यस क्रममा एक हजार मानिसहरुले यो खोपको परिक्षणमा हाल भाग लिदै गरेको एड्रियन हिलले बताएका छन्। हिल, अक्सफोर्ड विश्वविधालयको जेनर ईन्स्टिट्युटमा कार्यरत रहेका छन्।
उनको संस्था र औषधि निर्माता एक्स्ट्राजेनेकाको संयुक्त संयोजनमा अहिलेका परिक्षणहरु जारी रहेको समाचारमा उल्लेख गरिएको छ।
हिलले, यो खोपले सफलता पाएमा, सहुलियत दरमा संसारभरिनै उपलब्ध हुने बताए।
मानवहरुमाथि गरिएको हाल गरिएको परिक्षणमा अहिलेसम्म नकारात्मक प्रभावको संकेत नदेखिएको पनि हिले संकेत गरे, तर त्यो भन्दा बढी उनले खुलाउन चाहेनन्।

अहिलेसम्म दश लाखभन्दा बढी खोप निर्माण भईसकेको पनि उनले जानकारी दिए।
कोरोनाभाईरस किटाणुले अहिलेसम्म ४५ लाख मानिसहरु संक्रमित रहेको बताईन्छ, जसमध्ये तिन लाखभन्दा मानिसहरुको ज्यान गईसकेको छ।
यस संक्रमणका कारण संसारभरिनै आएको ठूलो आर्थिक मन्दि र जनमानसमा बढ्न सक्ने मानसिक रोगका कारण, सबैले यस रोग विरुध्दको खोपले नयाँ आशा जगाउन सक्ने विश्वास राखेका छन्।
तर सफल खोपको निर्माण र यसको आपूर्ति भने अहिलेलाई चुनौतिपूर्णनै रहेको छ।
