SKIP TO MAIN CONTENT

भिक्टोरियामा आज महिनौँ पछि शून्य कोरोनाभाइरस केस पुष्टि भएको हुन सक्ने प्रिमियरको भनाइ

भिक्टोरियाली प्रिमियर डानिएल एन्ड्रुजले आज भिक्टोरियामा महिनौँ पछि पहिलो पटक कुनै पनि नयाँ कोभिड-१९ सङ्क्रमण पत्ता नलागेको हुनसक्ने बताएका छन्। यो सँगै नोभेम्बर १ तारिखमा थप प्रतिबन्धहरू हटाउने तयारी सुरु भएको छ।

Victorian Premier Daniel Andrews addresses the media during a press conference.
Victorian Premier Daniel Andrews addresses the media during a press conference. Source: AAP

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: AAP, SBS



Skip to article content

भिक्टोरियामा पछिल्लो चौबीस घण्टामा केवल एक जनामा कोरोनाभाइरस पुष्टि भएको बताइएको थियो। तर ती व्यक्तिमा केही समय अघि नै सङ्क्रमण पत्ता लागिसकेको, र उनीमा पहिले कै लक्षणहरू देखा परेको हुन सक्ने प्रिमियर एन्ड्रुजले बताएका छन्। 

 

उक्त मामिलालाई समावेश नगरेमा आज भिक्टोरियाका लागि जुन ९ तारिख पछि कुनै पनि नयाँ कोभिड-१९ सङ्क्रमण देखा नपरेको पहिलो दिन हुनेछ। 

 

"आज हाम्रो राज्यमा धेरै समयपछि शून्य सङ्क्रमित फेला परेको दिन हुन सक्छ।," प्रिमियर एन्ड्रुजले बताए। 

 

"यो सबै भिक्टोरियालीहरूको समग्र मिहिनेतको फल हो।"

हालै विदेशबाट फर्किएका अर्का एक जना भिक्टोरियालीमा पनि सङ्क्रमण पत्ता लागेको, र उनी अहिले क्वारेनटिनमा रहेको स्वास्थ्य तथा मानव सेवा विभागले मङ्गलवारको पछिल्लो अद्यावधिकमा बताएको छ।

आज समेत गरेर भिक्टोरियामा लगातार ७ दिनका लागि १० भन्दा मुनिको सङ्ख्यामा दैनिक सङ्क्रमणहरू पुष्टि भएका छन्।

मेलबर्नको सङ्क्रमणको १४ दिने औसत दर ६.४ प्रतिशतमा झरेसँगै उक्त सहरमा श्रोत पत्ता नलागेका १३ वटा सङ्क्रमणहरू सक्रिय छन्।

त्यस्तै, क्षेत्रीय भिक्टोरिया जान चाहने मेलबर्नका बासिन्दाहरूले अब सन् २०२१ सम्म पर्खनु नपर्ने प्रिमियर डानियल एनड्रुजले बताएका छन्।

गत आइतबार राति राज्यभरका केही प्रतिबन्धहरू खुकुलो बनाइए तापनि महानगरीय मेलबर्न र क्षेत्रीय भिक्टोरिया बीच भने कडा निषेध जारी छ।

क्रिसमस अघि ती निषेधहरू पनि हटाइने, तर त्यसका लागि ठोस मिति भने तोक्न बाँकी रहेको प्रिमियर एनड्रुजले बताए।

मेलबर्नबाट एक कोभिड-१९ सङ्क्रमित ट्रक चालक शेपर्टन र किल्मोरका केही स्थानहरूमा गएपछि पछिल्ला केही हप्तादेखि त्यहाँ सक्रिय सङ्क्रमणका मामिलाहरू पत्ता लगाउने कार्य जारी छ।

यस विषयमा क्षेत्रीय भिक्टोरियालीहरूको प्रतिक्रिया व्यक्त गर्दै प्रिमियर एनड्रुजले भने, "अनावश्यक कार्यका लागि कोही क्षेत्रीय भिक्टोरिया आएपछि आफूहरू जोखिममा पर्ने अवस्था सिर्जना नहोस् भन्ने उनीहरू चाहन्छन्।

आफ्नो परिवार र इष्टमित्रलाई भेट्ने र घुमघाम गर्ने समय पनि आउँछ, तर त्यो अहिले होइन।"

Federal Treasurer Josh Frydenberg hands down his 2020 Budget
Australian Treasurer Josh Frydenberg speaks to the media during a press conference at Parliament House, in Canberra, Tuesday, October 6, 2020. Source: AAP

यता संघीय ट्रेजरर जोश फ्राईडनबर्गले भने प्रिमियर एनड्रुजले प्रतिबन्धहरू खुकुलो बनाउनका धेरै ढिलो गरेको भन्दै आलोचना गरेका छन्।

"भिक्टोरियाली सरकारले बेरोजगारी र साना व्यवसायहरूको अवस्थाप्रति उचित ध्यान दिएको छैन।", सोमबार यस विषयमा चेतावनी दिँदै उनले बताए।

लकडाउनका कारण भिक्टोरियामा दिनहुँ १००० जनाले जागिर गुमाउने ट्रेजरर फ्राईडनबर्गको भनाइ छ।

 

यस हप्ता केही प्रतिबन्धहरू हटाइए पछि मेलबर्नका बासिन्दाहरू अब आफ्नो घरबाट २५ किलोमिटरको दूरीसम्म यात्रा गर्न पाउने छन्।

दुई वटा घरका गरेर समग्रमा १० जना सदस्यहरू बाहिर भेला पाउने छन्, र घर बाहिर समय बिताउने विषयमा अब कुनै समय सीमा छैन।

स्केट पार्क, गल्फ कोर्स, टेनिस कोर्ट र हेयरड्रेसरहरू पनि खुल्न पाउने छन्।

त्यस्तै, भिक्टोरियालीहरूले अब प्रत्यक्ष रूपमा स्वास्थ्य चिकित्सकबाट परामर्श लिन पाउने छन् र घर जागा अर्थात् रियल एस्टेट सम्बन्धी समारोहहरूमा पनि भाग लिन पाउने छन्।

यद्यपि, सबै स्थानमा कडा सुरक्षा नीतिहरू भने लागु गरिने छन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 

 

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now