SKIP TO MAIN CONTENT

चीन, हंगकंग र मकाउबाट आउने यात्रुहरूको लागि कोभिड-१९ जाँचको नियम लागु, अमेरिकामा ओमिक्रनको सबभेरिएन्ट बढ्दो

यो पछिल्लो साप्ताहिक कोभिड अपडेट हो।

Australia asks mandatory Covid-19 test from Chinese travelers
SYDNEY, AUSTRALIA - JANUARY 5: International travelers arrive at Sydney Airport in Sydney, Australia on January 5, 2023. Source: Anadolu / Anadolu Agency via Getty Images

3 min read

Published

Updated

By Yumi Oba

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • चीन, हंगकंग र मकाउबाट आउनेहरूले यात्रा पूर्व कोभिड-१९ जाँच गर्नु पर्ने नियम लागु
  • उत्तरी गोलार्धमा ओमिक्रनको नयाँ सबभेरिएन्ट XBB.1.5 को मामिलामा वृद्धि
  • XBB.1.5 अहिलेसम्म पत्ता लागेको सबभेरिएन्टहरूमा सबैभन्दा धेरै सर्ने किसिमको; विश्व स्वास्थ्य सङ्गठन

यस हप्ता न्यु साउथ वेल्स र भिक्टोरियामा कोभिड-१९ मामिलाहरूमा निरन्तर कमी आएको देखिएको छ।

न्यु साउथ वेल्समा १९ हजार ७ सय ९३ मामिला दर्ता गरिएकोमा अघिल्लो हप्ता यो सङ्ख्या २७ हजार ६ सय ६५ रहेको थियो।

त्यस्तै भिक्टोरियामा अघिल्लो हप्ताको १६ हजार ५ सय ६८ बाट घटेर यस हप्ता १२ हजार ३ सय ४९ सङ्क्रमण सङ्ख्या दर्ता गरिएको छ।

यद्यपि दुवै राज्यमा कोभिडका कारण ज्यान गुमाउनेहरूको सङ्ख्यामा भने वृद्धि देखिएको छ।

न्यु साउथ वेल्समा ३२ बाट बढेर ७७ पुगेको छ भने भिक्टोरियामा ६९ बाट बढ्दै १ सय ८ पुगेको छ।

अबदेखि चीन, हंगकंग र मकाउबाट अस्ट्रेलिया प्रवेश गर्नु पूर्व यात्रुहरूले कोभिड सङ्क्रमण नरहेको प्रमाण उपलब्ध गराउनु पर्नेछ।

उनीहरूले ऱ्यापिड एन्टीजेन परीक्षण वा पिसीआर, ल्याम्प र टीएमए जाँचलाई समावेश गर्ने न्युक्लेइक एसिड एम्प्लीफिकेसन टेक्नोलोजी (एनएए ) जाँचमा सङ्क्रमण नरहेको पुष्टि गर्नु पर्ने छ।

र सो जाँच ती स्थान छाड्नु भन्दा ४८ घण्टा भित्र गरिएको हुनु पर्नेछ।

ऱ्याट प्रयोग गरिएको खण्डमा उक्त जाँच स्वास्थ्यकर्मीको निगरानीमा हुनु पर्छ भने उनीहरूले नै जाँचको प्रमाण पत्र प्रदान गर्नु पर्ने छ।

चीनबाट आएका यात्रुहरूका लागि कोभिड-१९ जाँचको नियम नल्याउन अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी पल केलीले एल्बनिजी सरकारलाई स्पष्ट रूपमा सुझाव दिएको खुलासा भएको छ।

देशको कोभिड अवस्थामा अगाडी बढ्ने बारे कस्तो दृष्टिकोण छ भन्ने स्पष्ट नहुँदा साथै सार्वजनिक रूपमा प्रदान गरिएका तर्कहरू पर्याप्त नभएको अवस्थामा त्यस्तो नियम लागु गर्नु नहुने प्रमुख स्वास्थ्य अधिकारीको भनाइ थियो।

यद्यपि, चीनको कोभिड अवस्थाका बारेमा स्पष्ट जानकारीहरू नभएको अवस्थालाई मध्यनजर गर्दै प्रतिबन्धहरू "पर्याप्त सावधानी"का साथ ल्याइएको बताइएको छ।

चीनका विदेश मन्त्रिले चीनबाट आउने यात्रुहरूका लागि यस्ता मापदण्डहरू लागु गर्ने राष्ट्रहरूको कदम स्वीकार्य नभएको भन्दै यसको सम्भावित परिणामलाई लिएर सचेत गराएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले चीनको रोग रोकथाम तथा नियन्त्रण केन्द्रका वैज्ञानिकहरूसँग भेट गरेको छ।

उनीहरूको अवस्थाबारेको जानकारी तथा तथ्याङ्क सार्वजनिक गर्ने साथै थप विश्लेषणको गम्भीर आवश्यकताका बारेमा छलफल गर्न सो भेट गरिएको हो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार ओमिक्रनको नयाँ सबभेरिएन्ट XBB.1.5 अहिलेसम्म २९ वटा राष्ट्रहरूमा पाइएको छ भने अमेरिकाको उत्तर पूर्वी भागमा मामिलाहरूमा वृद्धि देखिएको छ।

"यो अहिलेसम्म पत्ता लागेका सबभेरिएन्टहरू मध्ये सबैभन्दा धेरै सरुवा किसिमको सबभेरिएन्ट हो", सङ्गठनकी सङ्क्रामक रोग महामारी विज्ञ मारिया भान कर्खोभले बताइन।

सङ्गठनको पछिल्लो कोभिड-१९ तथ्याङ्कका अनुसार विश्वव्यापी साप्ताहिक मामिलामा २२ प्रतिशत र मृत्युदरमा १२ प्रतिशतको गिरावट आएको छ।

सबैभन्दा धेरै साप्ताहिक नयाँ सङ्क्रमण दर्ता गर्ने राष्ट्रहरूमा जापान, कोरिया, अमेरिका, चीन र ब्राजिल रहेका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now