अस्ट्रेलियामा प्रिफर्न्सियल भोटिंग र यसको महत्त्व

अस्ट्रेलियाको चुनावहरूमा भोट दिँदा प्रिफर्न्सियल भोटिंग प्रणालीको प्रयोग हुन्छ। तर, यो प्रिफर्न्सियल भोटिंग प्रणाली भनेको के हो?

Residents cast their vote at Bondi Surf Bathers Life Saving Club on the morning of the Federal Election in Sydney. (AAP)

Residents cast their vote at Bondi Surf Bathers Life Saving Club on the morning of the Federal Election in Sydney. (AAP) Source: AAP

अस्ट्रेलियाको प्रिफर्न्सियल भोटिंग प्रणाली अन्तर्गत भोट दिँदा मतदाताहरूले मतपत्रमा रहेका सबै उम्मेदवारहरूलाई आफ्नो मन परेको हिसाबले नम्बर दिँदै श्रेणीबद्ध गर्न सक्छन्।

कुनै पनि उम्मेदवारले प्राथमिक भोटहरूको गणना गर्दा स्पष्ट बहुमत नपाएको खण्डमा मात्रै यो प्रणालीको प्रयोग हुन्छ।

 

प्रतिनिधि सभा

Question Time in the House of Representatives.
Question Time in the House of Representatives. Source: Getty

आम निर्वाचनको दिन मतदाताहरूलाई दुईवटा मतपत्रहरू दिइन्छ - एउटा प्रतिनिधि सभाको निम्ति र अर्को सिनेटका लागि।

प्रतिनिधि सभाको मतपत्र हरियो रङ्गको हुन्छ।

मतदाताहरूले यो हरियो मतपत्रमा आफूले छानेको पहिलो उम्मेदवारको नामसँगैको खाली कोठामा “१” लेख्नुपर्छ। अनि, अन्य उम्मेदवारहरुलाई आफ्नो मन खाएको हिसाबले क्रमैसँग २/३/४ आदि लेख्दै जानुपर्छ।

पहिले प्राथमिक भोटहरूको गणना हुन्छ। यदि त्यसमा कुनै एक उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरे मतदाताहरूले सबैभन्दा नरुचाएको उम्मेदवारलाई भोट गणना कार्यबाट हटाइन्छ।

त्यसरी गणनाबाट हटाइएको उम्मेदवारको भोट बाँकी रहेका अन्य उम्मेदवारहरुलाई बाँडिन्छ।

7fc23462-9b93-4bbe-8581-32dc59655b03

यसरी भोटको भागबण्डा लाग्दा, दोस्रो प्राथमिकतामा परेका उम्मेदवार र उनी भन्दा अझै कम प्राथमिकतामा परेकाहरूले ती हटाइएका उम्मेदवारको भोटहरू पाउँछन्।

जबसम्म कुनै एक उम्मेदवारले स्पष्ट बहुमत पाउँदैनन् तबसम्म यो प्रक्रिया जारी रहन्छ।

अस्ट्रेलियन निर्वाचन आयोगका इभान एकिन-स्मिथले एसबीएस समाचारसँग भने, “तपाईँले छान्नुभएको पहिलो उम्मेदवार निस्कन पनि सक्छन्। यदि त्यसो भयो भने, हामी तपाइले छान्नु भएको दोस्रो उम्मेदवार तिर लाग्छौँ। र, यदि उनी पनि गणनाबाट हटिसकेका छन् भने, तपाईँले छान्नुभएको अर्को उम्मेदवार तिर हामी लाग्नेछौँ। यो प्रकिया तपाईँको मत गणना नभएसम्म कायम हुन्छ।”

“त्यसैले, तपाईँले आठौँ नम्बरमा राख्नुभएको उम्मेदवार भन्दा सातौँ नम्बरमा राख्नुभएको चुनिने बढी सम्भावना हुन्छ, तपाईँलाई त्यस्ती विधि मन नपरेको उम्मेदवार छानिने अवसर कम हुन्छ। यो कुरा निकै महत्त्वपूर्ण छ। तपाईँको भोट कहिल्यै खेर जाँदैन।”

यसैले गर्दा नै आफ्नो हरियो मतपत्रका हरेक कोठामा नम्बर दिनु जरुरी रहेको उनले बताए।

a9b79373-076f-4054-b7b9-67530881cb16

“खासमा भन्ने हो भने, प्रिफर्न्सियल भोटिंग भनेको तपाईँको मत धेरै परसम्म पुग्नु हो। साधरणतया अन्य भोटिंग प्रणालीहरूमा, यदि तपाईँलाई मन परेको उम्मेदवार, मत गणना हुँदा पहिलो दुईमा पर्न सकेनन् भने उनीहरू, स्वतः पराजित हुन्छन् र तपाईँको भोट खेर गए झैँ हुन्छ,” उनले अगाडि भने।

“तर, अस्ट्रेलियाको प्रणाली त्यस्तो होइन। तपाईँले हाल्नुभएको हरेक मतको कदर हुन्छ किनकि त्यो गनिन्छ र अन्तिम नतिजालाई त्यसले प्रभावित गर्छ।”

सिड्नी विश्वविद्यालयमा कार्यरत डा पिटर चेनका अनुसार प्रिफर्न्सियल भोटिंगले अलग-अलग धारका विभिन्न उम्मेदवारहरुलाई चयन हुने वातावरण प्रदान गर्छ।

“साँच्चै भन्ने हो भने, अस्ट्रेलियाले यो प्रणालीले विविध राजनैतिक पक्ष एवं विभिन्न पृष्ठभूमिका उम्मेदवारहरूलाइ मूलधारको राजनीतिसम्म उनीहरूको पहुँच सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। जस्तै कि अहिले हामीले देखिरहेको साना दलहरूको उदय।"

 

सिनेट

Overview of the Senate chamber at Parliament House in Canberra, Monday, November 13, 2017. (AAP Image/Lukas Coch) NO ARCHIVING
Australian Senate chamber at Parliament House in Canberra (AAP) Source: AAP

सिनेटमा भोट दिन, मतदाताहरूसँग दुई विकल्पहरू उपलब्ध छन्।

पहिलो विकल्प: मतपत्रमा रहेको तेर्सो रेखाभन्दा माथि आफूले मन पराएको पार्टी अथवा उम्मेदवारको नामसंगैको कोठामा १ लेखेर उनीहरूले आफ्नो मत जाहेर गर्न सक्छन्।

दोस्रो विकल्प: चाहेको खण्डमा उनीहरूले उक्त तेर्सो रेखाभन्दा तल रहेका व्यक्तिहरू चुन्न पनि सक्छन्। यदि, त्यसो गर्ने भए उनीहरूले कम्तीमा पनि १२ कोठाहरुलाई श्रेणीवद्ध गर्नुपर्ने हुन्छ।

सिनेटको भोटहरूलाई गणना गर्ने प्रकिया प्रतिनिधि सभाको भन्दा अलि फरक छ।

सिनेटका लागि हुने मत गणनामा समानुपातिक प्रतिनिधित्व प्रणालीको प्रयोग हुन्छ। हरेक राज्यबाट केही उम्मेदवारहरूको चयन होस् भन्ने हेतुले यो निर्माण गरिएको छ।

यो प्रणालीमा सफल हुन उम्मेदवारले कुल खसेको मत सङ्ख्याको एक निश्चित अनुपात भन्दा बढी भोट पाएको हुनुपर्छ।

3e77855c-e4bf-4251-a231-6d87fae9feb3

आवश्यक अनुपात भन्दा बढी मत पाएका उम्मेदवारहरुको अतिरिक्त भोट चाहिँ मतदाताहरूको प्राथमिकता अनुरूप बाँकी रहेका उम्मेद्वारहरुलाई बाँडिन्छ।

उपलब्ध सबै खाली सिटहरू भरिँदै गएपछि बाँकी रहेका उम्मेदवारहरु चुनाव प्रक्रियाबाट बाहिरिन्छन्।

नेपालमा झैँ अस्ट्रेलियामा पनि समानुपातिक प्रतिनिधित्वका कारण साना दलहरू तथा स्वतन्त्र उम्मेदवारहरुले सिनेट वा संसद्को तल्लो सदनमा माननीय हुने मौका प्राप्त गरेका छन्।


Share

3 min read

Published

Updated

By Greg Dyett, SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now