SKIP TO MAIN CONTENT
MESSAGE FROM THE PRIME MINISTER    NEPALESE NEW YEAR 2021

This article is more than 5 years old

नेपाली नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीबाट सन्देश

नयाँ वर्ष विक्रम सम्वत् २०७८ को पुर्वसन्ध्यामा प्रधानमन्त्री बधाई सन्देश जारी गरेका छन्।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलिया र विश्वभरि नेपाली नयाँ वर्ष मनाउने सबैलाई हार्दिक अभिवादन भन्दै मङ्गलवार एक सन्देश दिएका हुन्।

मोरिसनले आफ्नो बधाई सन्देशमा विक्रम सम्वत् २०७८ को सुरुवात नेपालीहरू‍ले एकसाथ भएर मनाउने पर्व भएको बताउँदै यस अवसरलाई विगतको समीक्षा गर्न र भविश्यका लागि आशाहरू बाँड्ने मौकाको रूपमा उल्लेख गरेका छन्।

"अस्ट्रेलियामा एक युवा तथा ऊर्जावान् समुदायका रूपमा तपाईँहरूले धेरै कुराको अनुभव गर्नु छ," उनले आफ्नो पत्रमा लेखेका छन्।

बृहत् अस्ट्रेलियाली समुदायका लागि पनि नयाँ वर्ष नेपाली संस्कृतिको गजबका पक्षहरू अनुभव गर्ने मौका रहेको पनि प्रधानमन्त्री मोरिसन को भनाई छ।

"तपाईँहरूको यस महत्त्वपूर्ण छुट्टी मनाउँदै गर्दा यसले हामी सबैलाई थप समृद्ध बनाउँछ।"

अरू बेलाको भन्दा बढी चुनौतीहरू रहेको सालबाट अगाडी बढ्दै गर्दा, नयाँ वर्षका समारोहहरूले स्फूर्ति तथा नवीकरणका प्रतीक स्वरूप ठुलो महत्त्व बोक्ने पनि अस्ट्रेलियाली प्रधानमन्त्रीले आफ्नो सन्देशमा बताएका छन्।

Scott Morrison says happy new year to Nepali people
Scott Morrison says happy new year to Nepali people Source: PMO

उनी भन्छन् कि महामारीको अवधीभर अस्ट्रेलियाको बह‍ु-सांस्कृतिक समुदायहरूले नेतृत्व देखाउनुका साथै सहयोग र शक्तिको स्रोतको रूपमा आफूलाई उभ्याएका छन्।

"त्यो शक्ति - अस्ट्रेलियालाई आफ्नो घर बनाएका नेपाली पृष्ठभूमिका मानिसहरूको योगदानबाट पनि देखिन्छ," उनले अगाडि भनेका छन्।

यसपालिको नयाँ वर्ष पनि अरू सामान्य अवस्थाको भन्दा फरक हुने भएता पनि राम्रो दिनहरू आउने मोरिसन बताउँछन्।

प्रधानमन्त्रीका अनुसार विश्वव्यापी महामारीको अवस्थाबाट बाहिर निस्कँदै गर्दा, हामी सबै सँगै मिलेर एक सुदृढ भविष्य निर्माणका कम्मर कस्ने छौ जुन अस्ट्रेलियाका लागि मात्र नभई पुरा विश्वको लागि हुनेछ।

"म नेपाली अस्ट्रेलियाली समुदायलाई शान्तिमय र सुरक्षित नयाँ वर्षको लागि शुभकामना व्यक्त गर्दछु।"

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now