Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

क्विन्सल्यान्ड: थप आठ जना सामुदायिक रूपमा सङ्क्रमित, लकडाउन बारे थप निर्णय बुधवार हुने

क्विन्सल्यान्डमा कोरोनाभाइरसको सामुदायिक सङ्क्रमणबाट गएको २४ घण्टामा थप आठ जना प्रभावित भएका छन्।

People in Greater Brisbane have been ordered into lockdown as authorities try to suppress a growing coronavirus (COVID-19) cluster.

Queensland Premier Annastacia Palaszczuk is seen during a press conference in Brisbane, Tuesday, March 30, 2021. Source: AAP

पछिल्लो विकसित घटनाक्रमका बारे ब्रिसबेनमा पत्रकारहरूसँग बोल्दै क्विन्सल्यान्ड प्रिमियर अनास्टेसिया पलाशेले मङ्गलवार बिहान ती आठ जनामा कोरोनाभाइरसको सामुदायिक सङ्क्रमण पुष्टि भएको बताएकी हुन्।

योसँगै उक्त राज्यमा कोरोनाभाइरसको युके प्रजातिबाट सामुदायिक रूपमा सङ्क्रमित हुनेको सङ्ख्या १५ पुगेको छ।

प्रिमियर पलाशेले सामुदायिक सङ्क्रमण माथि शीघ्र नियन्त्रण पाउनु आफूहरूका लागि निकै जरुरी रहेको बताईन्।

"हामीले यो लकडाउनमा जाने जुन निर्णय गर्‍यौँ, सामुदायिक रूपमा सङ्क्रमित भएका मानिसहरूको सङ्ख्या हेर्दा, त्यो निर्णय एकदमै सही भएको देखिन्छ," उनले भनिन्।

गत शुक्रवार यता क्विन्सल्यान्डमा देखिएको कोभिड-१९ को सामुदायिक फैलावटलाई नियन्त्रण गर्न, सोमबार साँझदेखि तीन दिने लकडाउन अन्तर्गतका प्रतिबन्धहरू ब्रिसबेन लगायत अन्य चार काउन्सिल क्षेत्रहरूमा हाल लागू छन्।

ब्रिसबेन, गोल्डकोस्ट लगायतका ठाउँहरूमा देखिएको सामुदायिक सङ्क्रमणका घटनाहरूको स्रोतका रूपमा प्रिन्सेस अलेक्सजान्ड्रा अस्पताल देखा परेको छ।

उक्त अस्पतालमा कार्यरत पहिलो पङ्क्तिका स्वास्थ्यकर्मीहरूबाट सामुदायिक सङ्क्रमणको यो पछिल्लो लहर क्विन्सल्यान्डमा देखा परेको बताइएको छ।

The Princess Alexandra Hospital has been placed under lockdown after a positive COVID-19 case.
The Princess Alexandra Hospital has been placed under lockdown after a positive COVID-19 case. Source: AAP

मार्च १२ मा सो अस्पतालका एक जना डाक्टरमा कोभिड-१९ पुष्टि भएको थियो। उनीबाट अन्य मानिसहरू हुँदै कोरोनाभाइरस पुनः समुदायमा फैलन थालेको प्रिमियर अनास्टेसिया पलाशेले बताइन।

यसै गरी क्विन्स्ल्यान्डकी प्रमुख स्वास्थ्य अधिकारी ज्यानेट यङ्गका अनुसार, केही दिन अघि आफ्नी बहिनीसँग बाइरन बे पुगेकी सोही अस्पतालमा कार्यरत एक नर्सबाट पनि सामुदायिक सङ्क्रमणको अर्को क्लस्टर सुरु भएको पत्ता लागेको छ।

यी दुई क्लस्टरहरूसंग सम्बन्धित बाहेक पनि दुई अन्य सामुदायिक सङ्क्रमणका घटनाहरू रहेका र तिनको फैलावटका बारेमा अनुसन्धान हाल जारी नै रहेको पनि यङ्गले बताइन।

man from Philippines is the seventh death due to COVID19 in Queensland
Queensland Chief Health Officer Dr Jeannette Young is seen informing the media that there have been10 new cases identified of COVID-19 in the past 24 hours Source: AAP

"समुदायमा थुप्रै मानिसहरू एकसाथ सङ्क्रमित भएकाले यो तीनदिने लकडाउन अपरिहार्य भएको हो," सङ्क्रमित मानिसहरूको संसर्गमा आएका अन्य व्यक्तिहरूको पहिचान गर्न र फैलावट रोक्न लकडाउन आवश्यक रहेको बारे उनले भनिन्।

"सबै जना घरमा नै रहँदा, हामीलाई काम गर्न सजिलो हुन्छ र समुदायमा थप सङ्क्रमण हुने डर पनि कम हुन्छ।"

हाल बृहत् ब्रिसबेनभर भाइरस देखा परेको सम्भावित स्थानहरूको सूचिमा ६० भन्दा बढी ठाउँहरू परिसकेका छन्।

हालसम्म जम्मा ७,००० जनालाई मात्र कोभिड-१९ खोपको पुरै मात्रा दिइएको क्विन्सल्यान्डमा ४१,००० भन्दा बढी स्वास्थ्यकर्मीले उक्त खोपको पहिलो डोज मात्र पाएका छन्।

ज्यानेट यङ्ग भन्छिन् कि अब उप्रान्त कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका बिरामीहरूको उपचार तथा स्याहारमा संलग्न स्वास्थ्यकर्मीहरूले काम गर्नु अगाडी कम्तीमा पनि कोभिड-१९ खोपको पहिलो मात्रा पाएकै हुनुपर्नेछ।

के लकडाउन बिहीबार साँझ अन्त्य होला?

ब्रिसबेनमा मात्र २५ लाख जति मानिसहरूलाई प्रभावित गर्ने यो पछिल्लो लकडाउन इस्टरका लागि अन्त्य होला कि नहोला भनेर यसै भन्न सकिने अवस्था नरहेको पनि प्रिमियर पलाशेले स्पष्ट पारिन्।

उनी भन्छिन् कि अहिले नै यसबारे केही भन्न सकिन्न र बुधवार बेलुकी मात्रै यसबारे फैसला लिइनेछ।

"हामीले यसको लेखाजोखा हरेक दिन लिनुपर्छ, मैले यी घटनाहरूका बारे पछिल्लो अपडेट तपाईँहरूलाई हरेक दिन बिहान दिन्छौँ भनेकी छु र अहिलेसम्मका सङ्क्रमणका घटनाहरू एक-अर्कासँग कसरी जोडिएका छन् भनेर भन्न सक्नु राम्रो समाचार हो।"

तर उनले थप सङ्क्रमणहरू देखा पर्न सक्ने बारे पनि मानिसहरूलाई सचेत गराएकी छिन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यू साउथ वेल्स, भिक्टोरिया, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्नको लागि यो लिङ्क हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

 


3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now