SKIP TO MAIN CONTENT

क्विन्सल्याण्ड बाढी सङ्कट: टाउन्सभील डुबानमा, दुईको मृत्यु

गए एक सय वर्ष यताकै सबैभन्दा ठुलो बाढीको सङ्कट व्यहोरिरहेको उत्तरी क्विन्सल्याण्डमा आगामी सप्ताहान्तसम्म भारी वर्षा कायमै रहने मौसम विभागको भनाइ छ।

Nyumba zilizo athiriwa kwa mafuriko mjini Townsville, North Queensland
Nyumba zilizo athiriwa kwa mafuriko mjini Townsville, North Queensland Source: Dr Rabin Tuladhar

4 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

प्रधान मन्त्री स्कट मोरिशनले बाढी प्रभावित उत्तरी क्वीन्सल्याण्ड शहर टाउन्सभीलको स्थलगत निरिक्षण गरेका छन्।  

बाढीका कारण गए सोमबार देखि बेपत्ता रहेका भनिएका २ पुरुषहरुको शव भेटिएको समाचार आउदा प्रधान मन्त्रीको उक्त भ्रमण भएको हो।  

यसैक्रममा केहि बर्ष देखि टाउन्सभीलमा बस्दै आएका डा रविन तुलाधरले उक्त शहरमा रहेको करिब १५० जनाको नेपाली समुदाय सकुशल रहेको बताएका छन्।

"हामी सबै नेपालीहरूलाई ठिकै छ" सरकारी सूचना संयन्त्रले चुस्त काम गरेका कारण सबैजना आ-आफ्नो घरबाट समय मै निस्कन सफल हुनुभएको थियो। ४-५ परिवारको घर भने बाढी ग्रस्त क्षेत्रमा परेको हुनाले पानी पसेर क्षति भएको छ," तुलाधरले भन्नुभयो।

क्विन्सल्याण्डकी प्रिमियर अन्नास्टेसिया पलाशेका अनुसार भने यो सङ्कट अहिल्यै सिद्धिने छाँट छैन र मानिसहरूले मौसम विभागद्वारा जारी गर्ने सूचनाहरूमा विशेष ध्यान दिनुपर्ने बताएकी छिन्।

"यो मौसमी गतिविधि अझै केही दिन कायमै रहने भएकोले खतरा टलीसकेको छैन। मानिसहरूले अधिकारीहरूले भनेको कुरा सुन्नु तथा सतर्कता अपनाउनु पर्छ,"उनले भनिन्।

Townsville Floods
Photo: Dr Rabin Tuladhar Source: Dr Rabin Tuladhar

"मौसम विज्ञान तथा जलविज्ञानको दृष्टिबाट हेर्ने हो भने यो एउटा असाधारण मौसमी घटना हो," टाउन्सभीलमा पत्रकारहरूलाई बुझाउँदै मौसमबिज्ञ डा रिचर्ड वर्डलले भने।

"हाम्रो अनुमानमा यो असाधारण तथा सक्रिय मनसुन अझ केही दिनसम्म क्रियाशील रहने छ तर सप्ताहान्तदेखि क्रमिक सुधार हुने हामीले अनुमान गरेका छौँ। तर स्थिति सुधार हुनुपुर्व कार्डेल र मकाई बिचका क्षेत्रहरूमा अझ भारी वर्षा हुनेछ जसले आकस्मिक बाढीको खतरालाई बढाइदिएको छ।"

गए राति ब्लुवटर क्रिकमा भएको ३४० मिलिलिटर वर्षाका साथ उक्त स्थानले यही हफ्तामात्र तेस्रो पटक बाढीको मार खेपिसकेको अधिकारीहरूले जनाएका छन्।

तुलाधरले यो भन्दा पहिले यति धेरै पानी परेको आफूलाई कहिल्यै पनि थाहा नभएको एसबीएस नेपालीलाई प्रतिक्रिया दिनुभएको छ।

"एक हप्तामा १००० मिलीमिटर भन्दा बढी पानी परेको थियो!” उहाँले भन्नुभयो।

त्यसै गरी भारी वर्षाका साथ सेन्ट्रल कोस्ट लगायत हर्बर्ट एवं तल्लो बर्डेकिन जस्ता स्थानहरूमा पनि आकस्मिक बाढीको खतरा रहेको मौसम विभागले जनाएको छ।

Raging Flood water in Townsville
Photo: Dr Rabin Tuladhar Source: Dr Rabin Tuladhar

प्रिमियर पलाशेलेका अनुसार उनी चाँडो भन्दा चाँडो विद्यालयहरू खुलेको हेर्न चाहान्छिन र त्यसका निम्ति सरसफाइ गर्ने टोलीहरू खटाई सकिएको बताइन।

"मानिसहरू आफ्नो दैनिकीमा फर्कनु र बाल-बालिकाहरू आ-आफ्नो शैक्षिक गतिविधिमा जानु एकदमै जरुरी छ र हामी त्यसका निम्ति कार्यरत छौँ। "

यसैबिच, प्रधानमन्त्री स्कट मरिसनले प्रिमियर पलाशेद्वारा अनुरोध गरिएको तेस्रो श्रेणीको सहायता तत्काल प्रदान गर्न आफूले कम्मर कस्ने बताएका छन्।

"हामीलाई अनुरोध गरिएका सबै सहायताहरूको लागि हाम्रो जवाफ हो - "हुन्छ" र "सकेसम्म चाँडो"!

टाउन्सभीलका मानिसहरूले देखाएको सहनशीलता एवं तत्काल सुरक्षित हुन अपनाएको लचकतालाई प्रधानमन्त्री मरिसनले प्रशंसा गरेका छन्।

"यत्रो सङ्कट आउँदा पनि हताहत भएको सङ्ख्या निक्कै कम हुनु एक असाधारण उपलब्धि हो र टाउन्सभीलवासीहरुले यसको निम्ति आफ्नो पीठ थपथपाउनु सक्नुहुनेछ।"

Hundreds of people still waiting for help and evacuation centres are filling up fast, with unprecedented water releases from the city's swollen dam having sent torrents of water down the Ross River and into the city, swamping roads, yards and homes.
Prime Minister Scott Morrison (right) speaks with a resident in a flood affected area in Townsville, Tuesday, February 5, 2019. (AAP Image/Dave Acree) Source: AAP

टाउन्सभील नेपाली समुदायमा राम्रो भाइचारा रहेको तर्फ इङ्गित गर्दै तुलाधरले त्यसरी डुबानमा घर परेका नेपालीहरू अन्य नेपालीकहाँ बसिरहनु भएको पनि जानकारी हामीलाई दिनुभयो।

"हामीहरूलाई खासै अप्ठेरो परेको त छैन, तर पनि पानी छिरेको घरका साथीहरुलाईभने असहजता त पक्कै भएको छ।"

साथै, मरिसनले टाउन्सभीलमा करिब ५,५०० को सङ्ख्यामा रहेका सैनिकहरूलाई यस्तो विपत्तिको बखत आफ्नो घरबार नभनी जनताको सेवा गर्न तत्पर भएकोमा पनि खुसी व्यक्त गरेका छन्।

"यहाँ रहेका सयौँ सैनिकहरूले आफ्नै घर बाढीको चपेटामा परेता पनि आफ्नो स्थानीय समुदायलाई सेवा पुर्‍याइरहेका छन् जुन एकदमै सर्हानिय छ," उनले भने।

मानिसहरू आफ्नो घर फिर्ता हुँदै गर्दा निकै असहजता महसुस हुने बताउँदै उनले भने, "बाढीग्रस्त आफ्नो घर पुग्दा मानिसहरूले भौतिक नोक्सानीसँगै मानसिक धक्का हुनेछ।"

A flood affected property in Townville
Photo: Dr Rabin Tuladhar Source: Dr Rabin Tuladhar

पानीको सतह घट्दै जाँदा प्रभावित नेपालीहरू आफ्नो घरको स्थिति हेर्न जान थाल्नुभएको पनि तुलाधरले बताउनुभयो, "म पनि साथीहरूको घर हेर्न उहाँहरूसँगै गएको थिएँ तर त्यस्तो ठुलो बाढी र त्यति धेरै पानी त कहिल्यै देखेको थिइन।"

त्यसै गरी क्विन्सल्याण्डकी वातावरण मन्त्री लियान इनोकले आजै एक विज्ञप्ति जारी गरी मानिसहरूलाई बाढीमा गोही देखिएकोले सचेत रहन आग्रह गरेकी छिन्।

A crocodile in front of a Mundingburra residence during flooding in Townsville.
A crocodile in front of a Mundingburra residence during flooding in Townsville. AAP Image/Supplied by Erin Hahn Source: AAP Image/Supplied by Erin Hahn

"गोहीहरू बाटो वरिपरि हिँडिरहेका हुनसक्छन र पानी घट्ने क्रमसँगै उनीहरू खेतको बाँध, पानी जम्मा गर्ने ठाउँहरू जस्ता पहिले कहिल्यै नदेखिएको स्थलहरूमा पनि भेटिन सक्छन्," विज्ञप्तिमा उल्लेख छ।

"त्यसै गरी, राम्ररी पौडिन सक्ने भएकाले साँपहरू पनि अप्रत्याशित रूपमा विभिन्न ठाउँहरूमा आइपुग्नसक्छन्।"

पलाशेले पनि मानिसहरूलाई सरसफाइ गर्दा सचेत रहँदै राम्ररी बन्द हुने खालको बुट लगाएर मात्र काम गर्न अनुरोध गरेकी छिन्।

बिजुली आपूर्ति बन्द भएर टाउन्सभीका करिब ११,००० भन्दा बढी मानिसहरू प्रभावित भएका छन् भने राहत तथा स्वास्थ्यलाभको आवश्यकता भएका नागरिकहरूलाई मङ्गलवारदेखि खोलिएको एउटा केन्द्रको फोन नम्बर १८००-१७३-३४९ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

अहिलेसम्म करिब ८,००० मानिसहरूले सहायताका लागि निवेदन हाले पनि करिब २,७०० जनाको निवेदन माथि मात्र कारबाही अगाडी बढेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now