SKIP TO MAIN CONTENT

क्विन्सल्याण्डको नर्सिङ होममा कार्यरत नर्समा कोरोना भाइरस सङ्क्रमण पुष्टि

क्विन्सल्याण्डमा अवस्थित एक नर्सिङ होममा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भेटिए पछि उक्त नर्सिङ होमलाई लकडाउन गरिएको छ।

North Rockhampton Nursing Centre is in lockdown after a nurse tested positive for coronavirus.
North Rockhampton Nursing Centre is in lockdown after a nurse tested positive for coronavirus. Source: Google Maps

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

रकह्याम्प्टनमा रहेको राज्यद्वारा सञ्चालित उक्त नर्सिङ होममा कार्यरत एक नर्समा कोभिड -१९ सङ्क्रमण रहेको पुष्टि भए पछि नर्सिङ्होमलाई लकडाउन गरिएको हो।

नर्थ रकह्याम्प्टन सेन्टरमा कार्यरत सो नर्स केही समय अगाडी मात्र ब्रिसबेनबाट फर्किएको र बिहीबार राती ८ बजे सङ्क्रमण पुष्टि भएको बताइएकोछ।

सो नर्सले संक्रमित भइसके पछि पनि काम गरिरहेको हुन सक्ने भन्दै उक्त नर्सिङ होमका ११५ बासिन्दा र १८० स्वास्थ्य कर्मीहरूको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको छ।

Australia thanks nurses
Source: Getty Images

सेन्टरमा कार्यरत कर्मचारीहरू जो सङ्क्रमित नर्सको सम्पर्कमा आएका हुन सक्छन् सेन्टरमा कार्यरत कर्मचारीहरू जो संक्रमित नर्सको सम्पर्कमा आएका हुन सक्छन उनीहरूको पहिचान गरि क्वारेन्टिनमा राखिने प्रक्रिया अगाडी बढाइएको राज्यका स्वास्थ्य मन्त्री स्टेफन माइल्सले बताएका छन्। 

त्यस्तै राज्यमा भोलि शनिवार देखि भने केही प्रतिबन्धहरूलाई खुल्ला गरिँदै छ।

सार्वजनिक पार्कहरू, खेलमैदान र बार्बिक्यु गर्ने क्षेत्रहरू खुल्ला गरिन लागेको र यसबाहेक आगामी दिनहरूमा अन्य सिर्जनात्मक क्रियाकलापका लागी प्रतिबन्धहरू खुकुलो पारिने प्रिमियर एनेस्तेसिया पलासेले बताएकी छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now