SKIP TO MAIN CONTENT

क्विन्सल्यान्डले शनिवारदेखि न्यु साउथ वेल्स र अस्ट्रेलियन क्यापिटल टेरीटोरी बासिन्दाका लागि सीमा बन्द गर्ने

क्वीन्सल्यान्डले यो सप्ताहान्तदेखि लागू हुने गरी न्यु साउथ वेल्स र अस्ट्रेलियन क्यापिटल टेरीटोरी (एसीटी) बासिन्दाका लागि सीमा बन्द गर्ने निर्णय लिएको छ।

Queensland Premier Annastacia Palaszczuk.
Queensland Premier Annastacia Palaszczuk. Source: AAP

2 min read

Published

Updated

Source: AAP, SBS



Skip to article content

मानिसहरूले अनिवार्य क्वारेन्टाइन छल्न गर्न जारी नै राखेपछि क्विन्सल्यान्डकी प्रिमियर अनास्टेसिया पलाशेले बुधवार बिहान ब्रिसबेनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सीमा सम्बन्धी नयाँ व्यवस्था घोषणा गरेकी हुन्।

शनिवार बिहान १ बजेदेखि क्विन्सल्यान्ड फर्कने उक्त राज्यका बासिन्दाहरूले अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्न स्वयम्ले खर्च व्यहोर्नुपर्ने पनि बताइएको छ।

प्रिमियर पलाशेका अनुसार मानिसहरूले कानुनको धज्जी उडाउन नछाडेकाका कारण कडा रूपमा बोर्डर बन्द गर्नु परेको हो।

"मानिसहरू मरिरहेका छन्। यो जीवन-मरणको सवाल हो," उनले भनिन्।

क्विन्सल्यान्डका स्वास्थ्य मन्त्री स्टिभ माइल्सले मानिसहरू सिड्नीबाट क्यानबेरा पुगेर त्याँहाबाट केर्न्सका लागि उडेको घटना अगाडि आएका कारण एसीटीका बासिन्दाका लागि पनि आफ्नो राज्यको सीमा बन्द गर्न परेको स्पष्टीकरण दिएका छन्।

एक व्यक्तिले अनिवार्य क्वारेन्टिन छल्न सिड्नीबाट एसीटीसम्म गाडी चलाएर गएको अनि त्याँहाबाट केर्न्सका लागि उडेको आरोप लगाइएको छ।

क्विन्सल्यान्ड प्रहरीका उप-महानिरीक्षक स्टिभ गल्सचिस्कीले पक्राउ परेका ती व्यक्तिले प्रहरीलाई कथित रूपमा आफू प्रतिबन्धहरूबाट दिक्क भएको र काममा फर्कन चाहेको बताएका थिए।

एक ८६ वर्षिया वृद्धामा कोरोना सङ्क्रमण पुष्टि भएपछि पछिल्लो २४ घण्टामा क्विन्सल्यान्ड राज्यमा कोरोनाबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या १,०८८ पुगेको छ।

यही बिच, क्वारेन्टिन छल्ने नियतले क्विन्सल्यान्ड छिरेका र मेलबर्नबाट आएका तीन पुरुषमा कोभिड-१९ नभेटिएको बताइएको छ।

२३, २५ र २९ वर्ष उमेरका ती तीन पुरुषले राज्यको कुलनगाटा नाकाबाट छिर्ने क्रममा आफूहरू मेलबर्नको अति कोरोना प्रभावित क्षेत्र पुगेको बारे खुलाउन चुकेका थिए।

ती तीनैजनालाई अदालतमा उपस्थित हुन पुर्जी काटिएको छ र थप अनुसन्धान जारी रहेको बताइएको छ।

Coronavirus Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now