अमेरिकाका पौडीबाज माईकल फेल्पस २१ स्वर्ण पदक जितेर ओलम्पिक प्रतियोगिताको इतिहासमै सबै भन्दा बढी पदक (कुल २५) पाउने खेलाडी भएका छन्।
यस किर्तिमान बाहेक रिओ ओलम्पिकका केहि रोचक तथ्यहरु यस प्रकार रहेका छन्।
१. यो खेल प्रतियोगिता पहिलोचोटी दक्षिण अमेरिकी महादेशमा आयोजना भएको हो।
२. अस्ट्रेलियामा लोकप्रिय रहेको - सात खेलाडी रहने रग्बी-७ खेल ओलम्पिकमा पहिलो चोटी यस पल्ट राखिएको छ।
३. ११२ वर्षको अन्तराल पछि गोल्फ खेल पुन: यस पल्ट फर्किदै छ।
४. देश-बिहिन रहेका शरणार्थीको टोलीले पहिलो चोटी यस पल्ट भाग लिदै छ।
५. गर्मी याममा आयोजना हुने यस प्रतियोगिता पहिलोचोटी जाडो महिनामा खेलाईदैछ।
६. महिला खेलाडी मात्र रहेको टोलि भुटान रहेको छ। यस देशबाट जम्मा दुई खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।
