SKIP TO MAIN CONTENT

राष्ट्रपति ट्रम्पले गोप्य सूचना खुलाएकोमा विवाद

President Trump Delivers Remarks During The Annual National Peace Officers Memorial
President Trump Source: Getty Images

1 min read

Published

Presented by SBS Nepali

Source: SBS News


Skip to article content

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आतंकवाद र विमान सुरक्षाका विषयमा रुसी विदेशमन्त्रीसंग कुरा गरेको स्वीकार गरेका छन्।

ती बिषयको बारेमा केही तथ्यहरु रुसी विदेश मन्त्रि सेर्गेइ लाभ्रोभसँगको हालैको भेटमा आफुले बताएको स्वीकारेको उल्लेख गर्दै एक ट्वीट गरेका छन्। साथै उनले रुसले इस्लामिक स्टेटका विरुद्ध अझै काम गरोस् भन्ने चाहेको बताएका छन्।

तर अमेरिकी संचार माध्यमहरुले यसरी राष्ट्रपति ट्रम्पले चर्चा गरेको गोप्य सूचना अमेरिकाको एउटा मित्र शक्तिबाट आएको र त्यो देशले रुसलाई सो जानकारी उपलब्ध गराउने अनुमति नदिएको दाबी गरेका छन्।

तर बिज्ञ हरुका अनुसार ट्रम्पको कदम गैरकानुनी भने होइन, राष्ट्रपतिका रुपमा उनले गोप्य सूचना खुलाउन पाउँछन्। तथापि उनको कदमलाई डेम्रोक्याटहरुले कडा आलोचना गरेका छन् र उनको आफ्नै रिपब्लिकन पार्टीले उनीसंग स्पष्टिकरण मागेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now