नेपाली पौडीबाज गौरिका सिंह, रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने मध्ये सबैभन्दा कम उमेरकी खेलाडी हुने छिन्।
अस्ट्रेलियाको समय अनुसार पर्सि शनिबार बिहानदेखि सुरु हुन लागेको ओलम्पिक खेल अघि, यी तेह्र बर्षीय किशोरीले दक्षिण एशियाली खेलमा एक रजत र तीन कास्य पदक पाएकी थिईन्।
आफ्नो परिवार सहित लण्डनमा बसोबास गर्दै आएकी सिंहले केहि समय अघि , १०० मिटर को ब्याक स्ट्रोक मा १ मिनेट ७ सेकंडको नेपाल को राष्ट्रिय किर्तिमान कायम गरेकी थिईन्।
Share
