SKIP TO MAIN CONTENT

बाल-बालिकामा देखिएको कावासाकी रोगप्रति अस्ट्रेलियामा आतिनु नपर्ने भनाइ

कोरोनाभईरससँग पनि सम्बन्ध रहेको हुनसक्ने अड्कलबाजी हुन थालेको कावासाकी रोगले, अमेरिका लगातयका केहि देशहरुका बाल-बालिकाहरुलाई सताउन थालेपछि, अस्ट्रेलियाका स्वास्थ्य अधिकारिहरु पनि सजग भएका छन्।

Coronavirus, COVID-19, explainer, children,
Source: AAP

2 min read

Published

Updated

By Amelia Dunn

Presented by SBS Nepali

Source: SBS



Skip to article content

तर उनीहरुको भनाईमा कावासाकी रोगको जस्तो लक्षण देखिने यो अनौठो रोग अस्ट्रेलियामा फैलन सक्ने संभावना निकैनै कम छ।

अमेरिकाको न्यु योर्क शहरमा तिन जनाको यस नयाँ रोगका कारण ज्यान गएको छ। त्यस्तै, बेलायत, ईटाली र फ्रान्समा पनि यो नयाँ रोग बालबालिकामाझ देखा परेको समाचारहरुले जनाएका छन्।

लण्डनमा १३ बर्षीय लुका मुस्कालाई दुई हफ्ता अस्पतालमा राखी उपचार गरिएको छ। कोभिड-१९ सँग सम्बन्ध राख्ने ठानिएको यस रोगका कारण उनलाई चार दिनसम्म ईन्टेन्सिभ कक्षमा राखिएको थियो। 

उनका बुबा ड्यानका अनुसार लुकालाई असाध्यै ज्वरो बढेको, अत्याधिक पसिना आउने र यसका कारण शरिरमा कुनै उर्जा रहेको थिएन। “मेरो छोरोका अवस्था निकै भयावह थियो,” उनले भने।

Dr David Burgner
Prof David Burgner, a paediatric and infectious diseases doctor, says there is no definitive link between COVID-19 and Kawasaki disease. Source: Murdoch Children's Research Institute

बेलायतमा यो रोगको संख्या बढ्ने संकेत देखा पर्दा, त्यहाँका अधिकारीहरुले बालबालिकाहरुमा यस नौलो रोगको लक्षण देखा परे सचेत हुन अपिल गरेका छन्। 

शरिरमा राता बिमिराजस्तो देखा पर्ने, ज्वरो बढ्ने अनि पेट दुख्ने यस नयाँ रोगका लक्षणहरु रहेको बताईएको छ।

लण्डन ईम्पेरियल कलेजका डा माईकल लेभिनका अनुसार, यस रोगको कारण अझै थाह नभईसके पनि शरिरमा देखा पर्ने अत्याधिक रसायन एक कारण हुन सक्ने बताए। 

आन्तरिक शरिरलाई सुरक्षा गर्ने ईम्युनले बढी काम गर्दा अत्याधिक रसायनको निर्माण हुने र यसले लाभको सट्टा हानि गर्ने, र यो अनौठो रोगको लक्षण पनि त्यस्तै देखा परेको उनले बताए।

उता ईटालीमा पनि यो रोग देखा परेको छ। त्यहाँको एक अस्पतालमा अहिलेसम्म १० जना बाल- बालिकाहरु यस रोगको लक्षणका साथ भर्ति भएको समाचारहरुमा जनाईएको छ। यी मध्ये ६ जनामा भने, मुटुको गतिमा पनि अवरोधको संकेत देखिएको थियो। ईटालीमा कोरोनाभाईरसको संक्रमण व्यापक रुपमा रहेको थियो। 

त्यस्तै, फ्रान्समा पनि १७ जना अहिलेसम्म यस रोगको चपेटामा आईसकेको बताईन्छ।

Coronavirus Covid19
Source: Centers for Disease Control and Prevention

अमेरिकामा भने यो रोगले भयावह रुप लिएको छ, र त्यहाँका सयभन्दा बढी बाल-बालिकामा यो रहस्यमय रोग देखा परेको छ।

न्यु योर्कका गर्भनर एन्ड्रयु क्युमोले यस सम्बन्धमा थप अनुसान्धान गर्न राज्यका स्वस्थ्य अधिकारिहरु अग्रसर रहेको बताएका छन्।

यता अस्ट्रेलिया प्रमुख स्वस्थ्य अधिकारि ब्रेन्डन मर्फीले कोरकोनाभाईरस अन्य देशहरुमाझै यहाँ धेरै नफैलिएकोले बालबालिकामा देखा परेको यो नयाँ रोगको खतरा यहाँ धेरै कम रहेको बताएका छन्।

यसैबिच, सिड्नी विश्वविधालयका प्राध्यापक रोबर्ट बोयका अनुसार, अस्ट्रेलिया यो रोग देखा परे पनि अलिक समय पछि देखा पर्ने बताउछन्। तर यहाँको स्वस्थ्य सञ्जाल यस नयाँ रोगको उपचारको लागि सक्षम रहेको पनि उनले बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now