SKIP TO MAIN CONTENT

रेकर्ड कायम गर्ने गरी रिजर्भ बैङ्कले ब्याजदर घटायो

अस्ट्रेलियाको केन्द्रीय बैङ्कले आफ्नो आधिकारिक ब्याजदरलाई पुन: ०.२५ प्रतिशतले घटाउँदै रेकर्ड बनाएको छ।

The RBA board agrees further reductions to the cash rate are likely
RBA board members are agreed that further reductions to the cash rate are "more likely than not". (AAP) Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

मङ्गलवार डार्विनमा बसेको रिजर्ब बैङ्कको बैठकले आफ्नो आधिकारिक ब्याजदर एक महिनाको अन्तरालमा फेरी ०.२५ प्रतिशतले घटाउने निर्णय गरेको छ।

उक्त निर्णयका साथ अस्ट्रेलियाको ब्याज दर, अहिलेसम्मकै सबैभन्दा कम १ प्रतिशतमा झरेको छ।

रिजर्भ बैङ्कको पछिल्लो कटौती सन् २०१२ यताकै पहिलो लगातार कटौती हो।

यो पछिल्लो कटौती बैङ्कहरूले पूर्ण रूपमा आफ्ना ग्राहकहरूलाई प्रदान गरे ४ लाख डलरको मोर्टगेज रहेका ग्राहकहरूको मासिक शुल्क अघिल्लो महिना झैँ फेरी पनि ५८ डलरले घट्ने छ।

तर आर्थिक विश्लेषकहरूका अनुसार चाहिँ तपाईँ हामीले सेवा लिने बैङ्कहरूद्वारा उक्त कटौती पुरै ‘पास अन’ गर्न कठिन रहेको बताउँछन्।

उनीहरूका अनुसार कटौती पुरै प्रदान गर्दा बैङ्कहरू आफ्ना अन्य ग्राहकहरूलाई उनीहरूको रकम बचत गर्दा दिने दर घटेर ० प्रतिशतमा झर्नु प्रमुख कारण हो।

A new code of practice has come into force across most major Australian banks, promising better service for customers.
A new code of practice has come into force across most major Australian banks, promising better service for customers. Source: AAP

केपीएमजीका प्रमुख अर्थशास्त्री ब्रेण्डन रायनका अनुसार यसरी आधिकारिक ब्याज दर घटेर १ प्रतिशत पुग्दा मरिसन सरकार आफ्नो अर्थ व्यवस्थालाई बढाउन अन्य विकल्पहरू खोज्न बाध्य हुने बताउँछन्।

“यो पछिल्लो घोषणाले अस्ट्रेलियाको अर्थतन्त्र ओरालो लाग्न थालेको सङ्केत रिजर्ब बैङ्कले बजार, नेताहरू र समग्र रूपमा आम मानिसहरूलाई दिन खोजेको मेरो ठम्याई छ,” उनले भने।

यस अघि, रिजर्भ बैङ्कका गभर्नर फिलिप लोइले अघिल्लो जुन महिनामा भएको कटौती मात्रले अस्ट्रेलियाको अर्थतन्त्र नसुधारिने बताएका थिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now