रिजर्भ बैङ्कले ब्याज दरलाई ०.७५ प्रतिशतमा झार्यो, तर ग्राहकहरुले उक्त कटौती पूर्ण रूपमा नपाउने

गत जुन महिना पछि तेस्रो पटक अस्ट्रेलियाली रिजर्भ बैङ्कले व्याज दरमा कटौती गर्दै १ प्रतिशत भन्दा तल पुराएको हो।

Logos of the four big banks

A composite image of signage of Australia's 'big four' banks ANZ, Westpac, the Commonwealth Bank (CBA) and the National Australia Bank (NAB)Image/Joel Carrett) Source: AAP

अस्ट्रेलियाको केन्द्रीय बैङ्कले आफ्नो आधिकारिक ब्याजदरलाई पुनः ०.२५ प्रतिशतले घटाउँदै नयाँ रेकर्ड बनाएको छ।

विशेष गरी सिड्नी र मेलबर्नमा घरहरूको भाउ बढ्ने क्रम सुरु हुँदै गर्दा मङ्गलवार दिउँसो बसेको रिजर्भ बैङ्कको बैठकले आफ्नो आधिकारिक ब्याजदर ०.७५ प्रतिशतमा पुराउने निर्णय गरेको हो।

देशमा बेरोजगारहरूको सङ्ख्यामा वृद्धि हुने अनुमानका साथ रिजर्भ बैङ्कको उक्त कदम आएको हो।

देशका चार प्रमुख बैङ्कहरू चाहिं रिजर्भ बैंक समान आफ्नो ब्याज दरमा कटौती नगर्ने घोषणा गरेका छन्।

यस अन्तर्गत आगामी अक्टोबर २२ देखि लागू हुने गरी कमनवेल्थ बैङ्कका भेरिएबल ऋणमा ०.१३ प्रतिशत कटौती गर्ने र न्यासनल अस्ट्रेलिया बैङ्कले अक्टोबर ११ देखि ०.१५ प्रतिशतले मात्र आफ्नो भेरिएबल दर घटाउने मङ्गलवार राति घोषणा गरेका थिए।

त्यस्तै वेस्टप्याक बैंकले ०. १५ प्रतिशत र एएनजेडले ०. १४ प्रतिशतको मात्र कटौती गर्ने बताएका छन्।

पुरै ‘पास अन’ गर्न कठिन

आर्थिक विश्लेषकहरूले चाहिँ बैङ्कहरूद्वारा उक्त कटौती पुरै ‘पास अन’ गर्न कठिन रहेको बताउँछन्।

उनीहरूका अनुसार कटौती पुरै प्रदान गर्दा बैङ्कहरू आफ्ना अन्य ग्राहकहरूलाई उनीहरूको रकम बचत गर्दा दिने दर घटेर ० प्रतिशतमा झर्नु प्रमुख कारण हो।

यस अघि, रिजर्भ बैङ्कका गभर्नर फिलिप लोइले अघिल्ला महिनामा भएका कटौतीहरूले मात्र अस्ट्रेलियाको अर्थतन्त्र नसुधारिने बताएका थिए।

 


1 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now