अमेरिकाको भौगोलिक अध्ययनले उक्त भूकम्पको २ सय २० मिटर गहिराइमा केन्द्रबिन्दु रहेको बताएको छ।
भूकम्प पश्चात् सुनामीको चेतावनी भने जारी गरिएको थिएन। भूकम्पले पुर्याएको क्षति बारे पनि यकिन जानकारी आएको छैन।
हवाईमा अवस्थित सुनामी निगरानी केन्द्रले उक्त भूकम्पका कारण सुनामीको खतरा नरहेको जनाएको थियो।
अस्ट्रेलियाली सुनामी निगरानी केन्द्रले भनेको छ, अस्ट्रेलियाली समय (एइएसटी) अनुसार बिहान ११ बजे बजे इन्डोनेसियाको ग्रामीण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का डार्विनसम्म अनुभव गरिएको हो।

डार्विनका केही बासिन्दाहरूले भूकम्पको धक्का महसुस गरेको र आफ्नो घरमा केही क्षति पुगेको पनि बताएका छन्।
भुकम्पको धक्का करिब पाँच मिनेट सम्म अनुभव गरिएको स्थानियको भनाइ रहेको छ।
डार्विन सीबीडी का केही भवनहरू भूकम्पका कारण हल्लिएको समाचारहरूमा बताइएको छ।
र त्यस्ता भवनहरू खाली गराएर सर्वसाधारणलाई सुरक्षित स्थान तर्फ सारिएको छ।
भूगोल विज्ञान अस्ट्रेलियाले भूकम्पको झट्का पश्चिमी अस्ट्रेलियाको किम्बर्ली क्षेत्र सम्म अनुभव गरिएको बताएको छ।
