A woman wearing blue glasses and a denim jacket is sitting in a studio.
A woman wearing blue glasses and a denim jacket is sitting in a studio.

Obituary

रोडा रोबर्ट्स एओ: सांस्कृतिक योद्धा जसले राष्ट्रलाई परिवर्तन गरिन्

रोडा रोबर्ट्स एओ एक अग्रणी पत्रकार, निर्माता, प्रसारक, अभिनेता र कलात्मक निर्देशक थिइन् जसले सञ्चार, प्रस्तुतिकरण र सृजनात्मक कला क्षेत्रहरूलाई रूपान्तरण गरिन्।

Published

By John-Paul Janke, Cameron Carr
Source: SBS
Image: Rhoda Roberts received an Order of Australia in 2016 for distinguished service to the performing arts. (SBS)

In consideration of Indigenous cultural protocols, SBS/NITV has gained permission to use and reproduce Rhoda's name, voice and image. We are doing so in line with her wishes. We also continue to consult with her family and community.

मिडिया तथा कला क्षेत्रमा ख्याती प्राप्त आदिवासी नेतृ रोडा रोबर्ट्स एओको ६६ वर्षको उमेरमा देहवासन भएको छ।

धेरै नै दुर्लभ मानिएको पाठेघर सम्बन्धि क्यान्सरसँगको लडाईँ, उनले गत शनिवार दिउँसो आफ्नै भूमिमा परिवारका सदस्यका बिच रहँदै गर्दा हारेकी हुन्।

उत्तरी न्यु साउथ वेल्सको बन्जालङ भूमिकी विड्जाबुल वियाबल महिला रोडा रोबर्ट्सले अस्ट्रेलिया र विश्वभर नै आदिवासी संस्कृति, संगीत, कला, कथाहरू, इतिहास र भाषालाई प्रवर्द्धन र प्रदर्शनी गर्न ठूलो योगदान दिएकी थिइन्।

सन् १९९३ को रेडियन्स जस्ता महत्त्वपूर्ण रचनाहरू सिर्जना र प्रस्तुत गरी त्यसलाई आधुनिक कालको आदिवासी रङगमञ्चको मानक बनाएर उनले अस्ट्रेलिाको कला क्षेत्रमा नयाँ परिभाषा कोर्न मद्दत गरेकी थिइन्।

आफ्नो पुस्ताको परिचयात्मक आवाजको रुपमा, उनको सिर्जनात्मक प्रतिभा संसारका केही ठूलो मञ्चहरूमा पनि चम्किएको थियो, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्शकहरूसँग आदिवासी संस्कृति कसरी देखाउन सकिन्छ भन्ने अवसर दियो।

सिड्नी २००० ओलम्पिक्सको उद्घाटन समारोहमा अवेकनिङ नामक आदिवासी प्रस्तुतीको क्रिएटिभ डाइरेक्टरको रुपमा होस् वा सन् २००३ को रग्बी विश्वकप अथवा भिभिड सिड्नी, गरमा महोत्सवदेखि फिफा महिला विश्वकप २०२३ को उद्घाटन समारोह, एलिस स्प्रिङ्सको पार्जटिमा महोत्सवसम्म— उनले आफ्नो रचनात्मक सोचद्वारा प्रमुख सांस्कृतिक क्षणहरूलाई परिवर्तन गर्दै गएकी थिइन्।

A woman standing in front of three panels of murals outside.
Rhoda Roberts presented and produced several programs and documentaries for SBS, including Vox Populi. Source: Supplied

प्रदर्शनकलाका लागि विशिष्ट सेवा गरेको, नेतृत्व, वकालत र समकालीन आदिवासी संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै सन् २०१६ मा उनलाई अर्डर अफ अस्ट्रेलियाद्वारा सम्मान गरिएको थियो।

रोबर्ट्सले २०२१ देखि एसबीएस र एनआईटिभीको पहिलो एल्डर-इन-रेसिडेन्टको रुपमा पनि काम गरेकी थिइन्।

सोही वर्ष उनलाई नेश्नल इन्स्टिच्युट अफ ड्रामाटिक आर्ट (नाइडा) मा आदिवासी सल्लाहकारको रूपमा नियुक्ति गरिएको थियो।

यसका साथै, इन्डिजिनियस टुरिजम् अस्ट्रेलिया, प्लेराइटिङ अस्ट्रेलिया, अस्ट्रेलियन इन्टरनेश्नल कल्चर काउन्सिल (एआइसीसी), न्यु साउथ वेल्स एन्टी-डिस्क्रिमिनेशन बोर्ड, एक्टरस् इक्विटी, नेश्नल एबोरिजिनल एन्ड आइल्यान्डर स्किल्स डिभलप्मेन्ट एसोसिएस, न्यु साउथ वेल्स अस्ट्रेलिया डे काउन्सिल, वान्टोक म्यूजिक, डार्लिङ हार्बर अथोरिटी, योथु यिन्डी फाउन्डेसन, गार्मा फेस्टिभल बोर्ड लगायतका संस्थाहरूको बोर्ड सदस्यको रुपमा योगदान पुर्‍याएकी थिइन्।

रिजनल अस्ट्रेलियामा पर्दा क्षेत्रमा कार्यरत मानिसहरूको समुहलाई सहयोग पुर्‍याउन र सशक्त बनाउन प्रतिबद्ध एक गैर-आर्थिक संस्था — स्क्रीनवर्क्सको बोर्डमा उनी सन् २०२० मा नियुक्त भएकी थिइन्।

यसै गरी, सन् २०२२ मा उनलाई भोएजेस इन्डिजिनियस टुरिजम्‌ले एअर्स रक रिसर्टको ग्यालरी अफ सेन्ट्रल अस्ट्रेलिया (गोका) र नर्थ क्वीन्सल्यान्ड स्थित मसमान गोर्ज कल्चरल सेन्टरमा एक परामर्शदाता रूपमा आवद्ध गरेको थियो।

A photograph of a father and his daughter, posing and smiling.
A young Rhoda Roberts and her father, Pastor Frank Roberts. Source: Supplied

यस भूमिकाले उनलाई अनाङ्गु र वोएजेसबीच परामर्श सञ्चालन गर्न मद्दत गर्‍यो, जसले विन्न्जिरी विरू नामक उलरुमा विश्वको पहिलो ड्रोन, ध्वनि र प्रकाश प्रदर्शनी आयोजना गर्न सहयोग पुर्‍यायो।

सन् २०२४ को जुनमा, उनी हवाईमा आयोजना भएको फेस्टिभल अफ प्यासिफिक आर्ट्स एन्ड कल्चरमा अस्ट्रेलियन प्रतिनिधिमण्डलको कलात्मक निर्देशक भएर समावेश भइन् जहाँ उनले ७० जना कलाकार, प्रस्तुतकर्ता र अभ्यासकर्ताहरूको एक टोलीको नेतृत्व गरेकी थिइन्।

एसबीएस अध्यक्ष डा निकोलस पपास एएम भन्छन् कि रोडा रोबर्ट्सले निर्भिक्ताका साथ निभाएको दूर्दर्षी नेतृत्व, दृढ निष्चयी भावना र साँस्कृतिक विरासतलाई अगाडी बढाउन खेलेको भूमिकाले अस्ट्रेलियाको सृजनात्मक तथा साँस्कृतिक जीवनमा दिर्घकालिन छाप छोड्न सफल भएको छ।

पपास अगाडी भन्छन् कि रोढाको योगदानले - संस्कृति, इमान्दारिता र सङ्कल्पमा आधारित मापदण्ड स्थापना गरको छ।

रोडा रोबर्ट्सले आदिवासी संस्कृतिहरू र समकालिन बहुसाँस्कृतिक अस्ट्रेलिया बिचको सम्बन्ध बलियो बनाएको र एसबीएस भित्र विशेष स्थान सदैव रहने पनि उनको भनाई छ।

डा पपासका अनुसार रोडाले अस्ट्रेलियन मिडियामा सम्भाव्यताको सिमालाई बढाइन र उनले देखाएको बाटोले एसबीएस नेटवर्क तथा कला एवं सञ्चार बृहत जगतलाई आऊँदा वर्षहरूमा मार्ग निर्देशित गरिरहने छ।

एसबीएसकी कार्यवाहक प्रबन्ध निर्देशक जेन पाल्फ्रेमानले रोबर्ट्सको उदारता र आदिवासीहरूको कथाहरू बाहिर ल्याउन र भावी पुस्ताहरूका लागि मार्गनिर्देशन गर्ने योगदानलाई स्मरण गरेकी छिन्।

“रोडा एक साँचो पथप्रदर्शक हुनुका साथै हाम्रो उद्योगमा धेरै कार्यहरू पहिलो पटक गर्ने एक नेतृ थिइन्, जसले अस्ट्रेलियाको सांस्कृतिक परिदृश्यभरि आदिवासी र टोरस स्ट्रेट आइल्यान्डरहरीको प्रतिनिधित्वमा रूपान्तरणकारी भूमिका निभाएकी थिइन्।”

“एसबीएसमा उहाँको प्रभाव गहिरो रूपमा महसुस हुन्छ, र सबैभन्दा पछिल्लो पटक हाम्रो पहिलो एल्डर-इन-रेसिडेन्ट बनेर उहाँले हाम्रो संगठनको संरचनामा संस्कृतिलाई समावेश गर्नुभएको थियो। उहाँले आफ्नो ज्ञान, बुद्धि र भावनालाई अत्यन्तै उदारतासाथ बाँड्नुभएको छ, र उहाँ हाम्रो काम गर्ने तरिका, नेतृत्व र कथाहरू भन्ने तरिकाहरूलाई निरन्तर मार्गदर्शन गरि रहनुहुनेछ।”

A woman speaking while standing on a stage. She is standing in front of a screen that says: RHODA ROBERTS.
Rhoda Roberts received an Order of Australia honour in 2016 for distinguished service to the performing arts, leadership, advocacy and promoting contemporary Indigenous culture. Source: Supplied

A female news anchor in an orange-and-black blazer sits next to a male anchor in a suit. There's an Indigenous logo with "First in Line" written at the bottom, behind them.
Rhoda Roberts (left) was an anchor on the program First in Line, the first Indigenous current affairs program to air on Australian television.

प्रधानमन्त्री एन्थोनी आल्बानिजीले रोडा रोबर्ट्सको करियर र योगदानको लागि गत डिसेम्बरमा प्रशंसा व्यक्त गरेका थिए।

“रोडा, तपाईंलाई धेरै धन्यवाद। तपाईंले गर्नुभएको सिर्जना, प्रेरणा र बाँड्नुभएको ज्ञान, सबैको लागि।”

“हामी तपाईंको असाधारण करियर र तपाईंले तपाईंको अनुकरण गर्ने सबैका लागि मार्गनिर्देश गरेको पथको सम्मान गर्दछौं”

रोबर्ट्सको परिवारमा पार्टनर स्टेफन, सन्तानहरू ज्याक, सेरा, र एमिली छन्।

एमिली उनकी जुम्ल्याहा दिदी लोएसकी जैविक छोरी हुन् र रोडाले आफ्नी आमासँग मिलेर शिशुकालदेखि आफ्नै सन्तान सरह पालन-पोषण गरेकी थिइन्।

A photograph featuring two people smiling.
Rhoda Roberts (left) and her twin sister Lois who’s murder in 1998 remains unsolved. Source: Supplied

उनले धेरै पुरस्कारहरू प्राप्त गरेकी थिइन् जसमध्ये सन् २०१९ मा अस्ट्रेलिया काउन्सिलबाट रस बावर अवर्ड, सन् २०१८ मा हेल्पम्यान अवर्ड्सको सू नाट्रस अवर्ड जस्ता पुरस्कारहरू समावेश छन्।

अगस्ट २०२२ मा, उनलाई फर्स्ट नेशन्स मिडिया अवार्ड्समा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

रोबर्ट्स धेरै कलाकार, अभिनेता, संगीतकार, निर्माता, पत्रकार र सांस्कृतिक कर्मचारीहरूको लागि संरक्षक र साथी थिइन्।

A woman smiling while sitting in the trunk of a tree as she poses for a photo.
Rhoda Roberts was a mentor and friend to countless artists, actors, musicians, producers, journalists and cultural workers. Source: Supplied

भविष्यप्रति आशावादी हुँदै, रोबर्ट्सले भनिन्: "अर्को पुस्ता उज्जवल देखिन्छ।"

"यहाँ केही मानिसहरू अत्यन्तै शिक्षित छन्, तर त्यस्ता केही असाधारण आलोचनात्मक विचारकहरू पनि छन्," उनले जुलाईमा एसबीएससँगको कुराकानीका क्रममा बताएकी थिइन्।

उनले आफ्नो पिता पास्टर फ्र्याङ्क रोबर्ट्सबाट प्राप्त मन्त्र स्मरण गर्दै भनेकी थिइन्:

“तपाईंलाई थाहा छ तपाईं को हुनुहुन्छ। हामी हजारौं वर्षदेखि यहाँ छौं। त्यो कति असाधारण कुरा हो। त्यसैले सधैं उदार र दयालु हुनुहोस्।”

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now