अस्ट्रेलियाका सबैभन्दा धनी २५०: जमुना ८५, शेष ८६औँ नम्बरमा

द वीकेंड अस्ट्रेलियनद्वारा शनिवार प्रकाशित गरिएको २५० धनी अस्ट्रेलियालीहरूको सुचीमा जमुना गुरुङ ८५ र शेष घले ८६ औँ नम्बरमा सूचिकृत भएका छन्। घले दम्पतीको एक अर्ब १० करोड (१.१ बिलियन) डलर कूल सम्पत्ति रहेको छ।

Shesh Ghale and Jamuna Gurung Ghale

Source: facebook/Shesh Ghale

सार्वजनिक धनी अस्ट्रेलियालीहरूको सुचीमा जमुनाको नाम ८५ नम्बरमा राखिएको छ भने शेष घलेलाई ८६ औँ स्थान दिइएको छ।

दुबैलाई छुट्टाछुट्टै स्थानमा देखाइए पनि जमुना र शेष घले दुवैको सम्पत्तिलाई मिलाएर सो स्थान प्राप्त गरेका हुन्।

 २५० धनी अस्ट्रेलियालीहरूको सुचीमा ९६ जना अरवपति रहेका छन् र औसत सम्पत्ति १ अर्ब २७ करोड रहेको छ।

मेलबर्न इन्स्चीच्युट अफ टेक्नोलोजीका संस्थापक घले दम्पती गए केही वर्षदेखि नै धनीको सुचीमा रहँदै आएका छन्।

गए वर्ष बीआरडबल्यु रिच लिस्टमा दुवैले ८१ औँ स्थान हात पारेका थिए। ​

लमजुङको दुर्गम घन पोखरा गाविसमा जन्मिएका घले आफ्नी श्रीमतीका साथ १९९० को मध्यतिर अस्ट्रेलिया आएका थिए।

Shesh Ghale and Jamuna Gurung Ghale
Source: facebook/Shesh Ghale

यो जोडीद्वारा १९९६ मा स्थापित मेलबर्न इन्स्चीच्युट अफ टेक्नोलोजीले व्यापार र सूचना प्रविधि विषयको अध्यापन गराउँदै आएको छ।

तर घले दम्पतीको अहिले सम्मकै महत्वाकांक्षि योजनाको रूपमा ५० करोड (५०० मिलियन) डलर लागतमा क्विन भिक्टोरिया मार्केट नजिक एक लक्जरी होटेल खोल्ने रहेको छ।

साथै १० करोड डलर खर्चिएर काठमान्डूमा शेराटन होटेल बनाउने तयारीका बारेमा पनि द वीकेंड अस्ट्रेलियनले लेखेको छ।

सबैभन्दा धनी अस्ट्रेलियालीहरू मध्ये जमुना गुरुङ घले लगायत २७ महिलाहरूले सुचीमा आफ्नो स्थान सुरक्षित गरेका छन्। सूचीकृत धनाढ्यहरूमा औसत उमेर ६५ रहेको देखिएको छ।

Jamuna Gurung and Shesh Ghale maketh to the rich list
Source: SBS Nepali

द वीकेंड अस्ट्रेलियनले गैर आवासीय नेपाली सङ्घका अध्यक्ष पनि रहिसकेका घले र उनको श्रीमतीद्वारा स्थापित मेलबर्न इन्स्चीच्युट अफ टेक्नोलोजी (एमआइटि) मा २ हजार ५ सय विद्यार्थीहरू रहेको जनाएको छ।

एमआइटि गत वर्ष २०१८ मा सबैभन्दा बढी नाफामा रहेको थियो।

एसबीएस सँग कुरा गर्दै उक्त सुचीका सम्पादक जोन स्टेनशोल्टले भने कि घले दम्पत्ति लगायत उक्त सुचीमा रहेका २५० मध्ये एक चौथाइ आप्रवासी पृष्ठभूमिका रहेका छन्। ​

Five of the top 10 richest Australian's were born overseas, according to a new study.
Five of the top 10 richest Australian's were born overseas, according to a new study. Source: AAP

"ती मध्ये तेह्र जनाको जन्म चीनमा र करिब एक दर्जन पूर्वी युरोपेली पृष्ठभूमिका रहेका छन्। "​

५८ वर्षीय एन्थोनी प्र्याट्टले कुल १३.१४ अर्ब डलरको सम्पत्तिका साथ लगातार तेस्रो वर्ष पनि पहिलो स्थान हात पारेका छन्। ​

सर सामाग्री राख्ने बट्टा र प्याकिङ्ग सामाग्री बनाउन उनको संस्था कार्यरत रहेको छ। ​

दोस्रो धनी अस्ट्रेलियालीको स्थान गएको छ खनिज उद्योगमा सफलता हात पारेकी जिना राइनहार्ट। ​

प्रथम दसमा पर्ने एकमात्र महिला बनेकी राइनहार्टको कुल सम्पत्ति १३.१२ अर्ब डलर रहेको छ।

२५० धनी अस्ट्रेलियालीहरूको सुचीमा ९६ जना अरवपति रहेका छन् र औसत सम्पत्ति १ अर्ब २७ करोड रहेको छ।

साथै सबैभन्दा धनी अस्ट्रेलियालीहरू मध्ये जमुना गुरुङ घले लगायत २७ महिलाहरूले सुचीमा आफ्नो स्थान सुरक्षित गरेका छन्। सूचीकृत धनाढ्यहरूमा औसत उमेर ६५ रहेको देखिएको छ। 


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now