सार्वजनिक धनी अस्ट्रेलियालीहरूको सुचीमा जमुनाको नाम ८५ नम्बरमा राखिएको छ भने शेष घलेलाई ८६ औँ स्थान दिइएको छ।
दुबैलाई छुट्टाछुट्टै स्थानमा देखाइए पनि जमुना र शेष घले दुवैको सम्पत्तिलाई मिलाएर सो स्थान प्राप्त गरेका हुन्।
२५० धनी अस्ट्रेलियालीहरूको सुचीमा ९६ जना अरवपति रहेका छन् र औसत सम्पत्ति १ अर्ब २७ करोड रहेको छ।
मेलबर्न इन्स्चीच्युट अफ टेक्नोलोजीका संस्थापक घले दम्पती गए केही वर्षदेखि नै धनीको सुचीमा रहँदै आएका छन्।
गए वर्ष बीआरडबल्यु रिच लिस्टमा दुवैले ८१ औँ स्थान हात पारेका थिए।
लमजुङको दुर्गम घन पोखरा गाविसमा जन्मिएका घले आफ्नी श्रीमतीका साथ १९९० को मध्यतिर अस्ट्रेलिया आएका थिए।
यो जोडीद्वारा १९९६ मा स्थापित मेलबर्न इन्स्चीच्युट अफ टेक्नोलोजीले व्यापार र सूचना प्रविधि विषयको अध्यापन गराउँदै आएको छ।

Source: facebook/Shesh Ghale
तर घले दम्पतीको अहिले सम्मकै महत्वाकांक्षि योजनाको रूपमा ५० करोड (५०० मिलियन) डलर लागतमा क्विन भिक्टोरिया मार्केट नजिक एक लक्जरी होटेल खोल्ने रहेको छ।
साथै १० करोड डलर खर्चिएर काठमान्डूमा शेराटन होटेल बनाउने तयारीका बारेमा पनि द वीकेंड अस्ट्रेलियनले लेखेको छ।
सबैभन्दा धनी अस्ट्रेलियालीहरू मध्ये जमुना गुरुङ घले लगायत २७ महिलाहरूले सुचीमा आफ्नो स्थान सुरक्षित गरेका छन्। सूचीकृत धनाढ्यहरूमा औसत उमेर ६५ रहेको देखिएको छ।
द वीकेंड अस्ट्रेलियनले गैर आवासीय नेपाली सङ्घका अध्यक्ष पनि रहिसकेका घले र उनको श्रीमतीद्वारा स्थापित मेलबर्न इन्स्चीच्युट अफ टेक्नोलोजी (एमआइटि) मा २ हजार ५ सय विद्यार्थीहरू रहेको जनाएको छ।

Source: SBS Nepali
एमआइटि गत वर्ष २०१८ मा सबैभन्दा बढी नाफामा रहेको थियो।
एसबीएस सँग कुरा गर्दै उक्त सुचीका सम्पादक जोन स्टेनशोल्टले भने कि घले दम्पत्ति लगायत उक्त सुचीमा रहेका २५० मध्ये एक चौथाइ आप्रवासी पृष्ठभूमिका रहेका छन्।
"ती मध्ये तेह्र जनाको जन्म चीनमा र करिब एक दर्जन पूर्वी युरोपेली पृष्ठभूमिका रहेका छन्। "

Five of the top 10 richest Australian's were born overseas, according to a new study. Source: AAP
५८ वर्षीय एन्थोनी प्र्याट्टले कुल १३.१४ अर्ब डलरको सम्पत्तिका साथ लगातार तेस्रो वर्ष पनि पहिलो स्थान हात पारेका छन्।
सर सामाग्री राख्ने बट्टा र प्याकिङ्ग सामाग्री बनाउन उनको संस्था कार्यरत रहेको छ।
दोस्रो धनी अस्ट्रेलियालीको स्थान गएको छ खनिज उद्योगमा सफलता हात पारेकी जिना राइनहार्ट।
प्रथम दसमा पर्ने एकमात्र महिला बनेकी राइनहार्टको कुल सम्पत्ति १३.१२ अर्ब डलर रहेको छ।
२५० धनी अस्ट्रेलियालीहरूको सुचीमा ९६ जना अरवपति रहेका छन् र औसत सम्पत्ति १ अर्ब २७ करोड रहेको छ।
साथै सबैभन्दा धनी अस्ट्रेलियालीहरू मध्ये जमुना गुरुङ घले लगायत २७ महिलाहरूले सुचीमा आफ्नो स्थान सुरक्षित गरेका छन्। सूचीकृत धनाढ्यहरूमा औसत उमेर ६५ रहेको देखिएको छ।