ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का

कन्जरभेटीभ पार्टीको नेतृत्व लिएसँगै ऋषि सुनक भारतीय पुष्ठभुमीका पहिलो बेलायती नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ।

File photo dated 18/05/22 of former chancellor Rishi Sunak who has announced he will stand to be the next leader of the Conservative Party. Issue date: Friday July 8, 2022.. See PA story POLITICS Tories. Photo credit should read: Jonathan Brady/PA Wire

former chancellor Rishi Sunak who has announced he will stand to be the next leader of the Conservative Party. Source: AAP

अर्की नेतृ पेनी मोर्डन्टले पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रने बताए पनि अन्तिम समयमा आएर हात झिकेपछि सुनक आगामी बेलायती प्रधानमन्त्री बन्ने पक्का भएको हो।

मिनी बजेट सार्वजनिक भएसँगै आलोचना र पार्टी भित्रै विभाजनको स्थिति आएपछि लिज ट्रसले राजीनामा दिएकी थिइन्।

पार्टी नेतृत्वमा पुगेका ४२ बर्सिया सुनकले पार्टीमा एकता कायम गर्नु अपरिहार्य रहेको बताएका छन्।

सन् २०२० को फेब्रुअरीमा उनी चान्सलर अफ एक्सचेकर अर्थात् अर्थमन्त्री बनेका थिए।

मुलुकका सामु गहिरो आर्थिक चुनौती रहेको भन्दै, उनले अब 'स्थायित्व र एकता भएको' पनि टेलिभिजनबाट सम्बोधन गर्ने क्रममा बताएका छन्।

दशकौ पछि आएको गम्भीर आर्थिक सङ्कट र मंहगीलाई नियन्त्रण गर्ने विषय उनका लागि चुनौती हुने बिबिसीले जनाएको छ।

को हुन सुनक?

सुनक, पूर्वी अफ्रिकाबाट बेलायत आएका भारतीय मूलका आमाबाबुका सन्तान हुन्।

डाक्टर बाबु र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा उनको जन्म १९८० मा साउथह्याम्टनमा भएको हो।

उनले अक्सफोर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्रको शिक्षा लिएका छन्।

उनलाई ब्रिटेनका धनी सासंदहरु मध्येका एक मानिन्छ।

सन् १८१२ मा लर्ड लिभरपुल पछि सुनक नै सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा शपथ लिनेछन्।


1 min read

Published

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now