मुख्य बुँदा
- कोभिड सङ्क्रमित प्रत्येक दुई मध्य एक जनामा स्नायु प्रणाली सम्बन्धी समस्या देखिन सक्ने सम्भावना रहेको विज्ञहरू बताउँछन्।
- अस्ट्रेलियाका 'लङ्ग कोभिड' फेसबुक समूहमा सदस्यहरूको सङ्ख्या २५० बाट बढेर ३३०० पुगेको छ।
- लङ्ग कोभिडका बारेमा धेरै अध्ययन हुन बाँकि छ।
'लङ्ग कोभिड' अर्थात् कोरोना भाइरस सङ्क्रमित बनिसकेपछि यसको असर लामो समयसम्म रही रहने अवस्था।
यस्तो अवस्थालाई कतिपय विज्ञहरूले 'महामारी भित्रको महामारी' भनेर व्याख्या गरेका छन्।
हामी भिक्टोरियाकी दुई सन्तानकी एक आमा रुथका बारेमा चर्चा गर्दैछौ जो एक वर्ष अघि कोभिड–१९ सङ्क्रमण हुनु अघि निकै सक्रिय थिइन्।
सङ्क्रमित बनेको एक वर्ष यता उनी आफ्नो दैनिकीमा फर्कन सकेकी छैनन्, १० मिटर हिँड्नका लागि पनि उनलाई सहयोगीको खाँचो पर्छ।
“मलाई अझै पनि कमजोरी, थकान र खोकी लागिरहेको छ, यसबाहेक न्यूरोलोजिकल, कार्डियोभास्कुलर र ग्यास्ट्रोएन्टेरोलजिकल लक्षणहरू छन्, यसले मेरो दैनिकीमा उल्लेख्य प्रभाव पारिरहेको छ।” दुई सन्तानकी आमाले एसबीएसलाई भनिन्।
रुथ न्युपोर्ट कोभिड–१९ सङ्क्रमित हुनु अघि निकै सक्रिय जीवन बिताइरहेको र, आफ्ना सन्तानको रेखदेख गरिरहेको बताउँछिन्।
उनमा विगत २० वर्षदेखि मायालजिक इन्सेफेलोमाइलेटिस भिनीने थकान सम्बन्धी रोग र फाइब्रोमाइलजिया भनिने मासंपेसी दुख्ने रोगबाट ग्रसित थिइन् यद्यपि सङ्क्रमण हुनु अघि यसको व्यवस्थापन सहजै हुन सकेको थियो।
“मेरा सम्पूर्ण दिर्घरोगहरुको लक्षण एक्कासि बढेर गयो,” उनले भनिन्।
न्युपोर्ट आफू लङ्ग कोभिडको जोखिममा रहेको हुन सक्ने भए पनि, पहिले कुनै रोग नभएका अन्य हजारौँ लङ्ग कोभिडका कारण ग्रस्त बनेका छन्।
उनी एडमिन रहेको अस्ट्रेलियामा लङ्ग कोभिड देखिएकाहरूको फेसबुक समूहमा सदस्य सङ्ख्या पनि एक वर्षमा २५० बाट बढेर ३३०० पुगेको छ।
.jpg?imwidth=1280)
यता मेलर्बनको रोभिलमा बसोबास गर्ने मिक्वेट एबरक्रोम्बीको जीवन पनि कोभिड सङ्क्रमण पछि उथलपुथल भएको छ।
गत अप्रिलमा कोभिड लाग्नु अघि उनको जीवन निकै 'फिट' थियो, उनी दौडने, साइकिलीङ्ग गर्ने, पौडी खेल्ने, बक्सीङ्ग र जिममा पनि जाने गर्थिन्।
तर अहिले किचनमा कफी बनाउन जान पनि उनलाई सहाराको आवश्यकता छ।
“सायदै कसैले हाम्रो जीवनमा परेको असरका बारेमा व्याख्या गर्न सक्छ, मलाई अधिकांस समय दुखाई हुन्छ, ब्रेन फग हुन्छ, कहिले काहीँ उठ्न पनि गार्हो हुन्छ,” उनले भनिन्।
उनको स्नायु सम्बन्धी समस्या पनि निकै चुनौतीपूर्ण हुँदै गएको छ।
“प्रत्येक दिन, आँखा खुल्दै गर्दा, आज चाहिँ म राम्ररी, हिँड्न र बोल्न सकूँ, हिजो भन्दा आराम होस भन्ने कामना गर्छु,” उनले भनिन्।
मेलबर्न विश्वविद्यालयका वरिष्ठ स्नायु रोग विशेषज्ञ एवम् क्लिनिकल रोग वैज्ञानिक प्राध्यापक टिसा विजेरत्ने लङ्ग कोभिड 'साच्चकै रहेको' र यसका बारेमा धेरै अध्ययन गर्नु पर्ने आवश्यकता रहेको बताउँछन्।
प्राध्यापक विजेरत्नेले लङ्क कोभिडका बारेमा सन् २०२१ बाटै अध्ययन गर्न सुरु गरेका हुन्। फेसबुक समूहहरूमा रहेका करिब ९०%ले थकान, ब्रेन फग, रिङटा लाग्ने जस्ता समस्याहरूका बारेमा बोल्न थालेपछि प्राध्यापक अझै सतर्क बनेको बताए।
उनीहरूमा 'ब्रेन सिनड्रोम' भएकाले उनले यसलाई कोभिड न्युरोलोजिकल सिमट्म्सको (पीसीएनएस) नाम दिएका छन्।
विश्वभर रहेका ६६५ मिलियन केसहरू मध्ये प्रत्येक दुई मध्य एक जनामा पीसीएनएसको सम्भावना रहेको उनी बताउँछन्।
यो महामारी भित्रको महामारी जस्तै भएको छ
यता न्युपर्ट एक वर्ष अघिको भन्दा लङ्ग कोभिडका बारेमा मानिसहरूको जागरूकता बढेको भए पनि, बुझाई भने कम रहेको बताउँछिन्।
“मेरो विचारमा सर्वसाधारण र जीपीहरुमा पनि बुझाई साँघुरो छ, सूचना पनि सधैँ सही हुन्छ भन्ने छैन,” उनले भनिन्।
उनका जीपी पनि यति धेरै समस्याहरू सुनाउँदा, छक्क पर्ने र आँखा भरी आँसु पार्ने उनी बताउँछिन्।
प्राध्यापक एबरक्रोम्वी पनि यसका बारेमा सरकारले त्यति धेरै काम गर्न नसकेको बताउँछन्।
“गत वर्षको मे महिनासम्म पनि ब्रेन हेल्थका बारेमा विश्व स्वास्थ्य सङ्गठनसँग पनि कुनै व्याख्या थिएन,” उनले भने।

प्राध्यापक वाजिरत्ने हाल लङ्ग कोभिड भएका मानिसहरूको विश्वभरबाट रेकर्ड राख्न र पीसीएनएसको अध्ययन गरी अधिकारीहरूलाई भविष्यका लागि नयाँ नीतिहरूको निर्माणमा सहयोग गर्नमा लागि परेका छन्।
तर यति भनिरहँदा पीसीएनएसबाट बच्ने सबैभन्दा राम्रो उपाय चाहिँ कोभिड–१९ सङ्क्रमण हुनै नदिनु हो।
खोपमा अप-टु-डेट हुने, मास्कको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने र समाजीक दुरी कायम गर्ने जस्ता कुराहरूलाई अपनाउन प्राध्यापक वाजिरत्ने सल्लाह दिन्छन्।
पीसीएनएस भयो भने यसका लक्षण झनै बढ्ने काम चाहिँ नगर्न प्राध्यापकले सुझाव दिएका छन्।
“रक्सी र चुरोट नपिउने, बेला बेलामा व्यायाम गर्ने, राम्रो सामाजिक नेटवर्कमा बस्ने, पर्याप्त मात्रामा निदाउने, एक अर्का प्रति करुणा राख्ने जस्ता कुराले ब्रेन हेल्थलाई राम्रो बनाउछ्,” प्राध्यापक वाजिरत्नेले भने।
सार्वजनिक बिदाका समयमा निम्न विपद् तथा जानकारी प्रदान गर्ने सेवाहरू उपलब्ध रहेका छन् :
- १३ ११ १४. बहिरोपन भएका वा सुन्न गाह्रो हुनेहरूले लाइफलाइनलाई ०४७७ १३१ १४४ मा टेक्स्ट पठाउन सक्ने छन्।
- १८०० ८६२ १११
एक्सेस मेन्टल हेल्थ टिम - १८०० ६२९ ३५४ वा ०२ ६२०५ १०६५
सुसाइड कल ब्याक सर्भिस - १३०० ६५९ ४६७
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।
६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
