SKIP TO MAIN CONTENT

सिड्नी विमानस्थलमा छुटेका सामानको लिलामी

Online Auction of lost property in Sydney Airport
Source: ABC Australia

1 min read

Published

Presented by SBS Nepali

Source: SBS


Skip to article content

प्रत्येक बर्ष सिड्नीको विमानस्थलमा करिब चार करोड यात्रुहरु ओहोर दोहोर गर्छन्। यी मध्ये कतिले आफ्ना समान यहि विमानस्थल मा छुटाउन पुग्छन् भने कसै कसैले जाना जान आफ्नो समान छोड्ने गरेका छन्। यसरि जम्मा भएका सामानहरु विमानस्थलले लिलामी गर्ने गरेको छ र यो बर्ष पनि अर्को हफ्ता देखि यो क्रम शुरु हुदैछ।

यो बर्ष करिब ५,००० सामग्री बिक्री हुदै छ र यस अन्तर्गत स्मार्टफोन, भाइलिन , टेलस्कोप लगायतका सामानहरु रहेको विमानस्थलका अधिकारीहरुले बताएका छन्। महिलाहरुमा लोकप्रिय रहेका महंगा अत्तर तथा गरगहना पनि यस पल्टको लिलामीमा पर्दैछन्। प्रत्येक लिलामीमा झैँ यसपल्ट पनि महंगा मदिराहरू पनि बिक्रि गरिने जानकारी प्राप्तभएको छ।

अक्टोबर ११ तारिख बाट सुरु हुने लिलामी एक डलर बाट शुरु हुने र माँग अनुसार रकम बढ्दै जाने अधिकारीहरु ले बताएका छन्। थप जानकारीका लागि सिड्नी विमानस्थलको वेबसाइट जानुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now