विश्वभरका नेताहरुले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उन बिचको सम्मेलनको सरहाना गरेका छन् भने कतिपयले यसलाई उदाहरणका रुपमा लिदै अन्य समस्या समाधानका लागि ध्यानाकर्षण गर्नु पर्ने अभिव्यक्ति दिएका छन्।
दक्षिण कोरिया र उत्तर कोरिया अझै पनि युद्धकै स्थितिमा रहे पनि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले यो सम्मेलन गर्ने निर्णयको सबैभन्दा बढी तारिफ गरेका छन्।
प्रबक्ता किम वि-क्यियोम ले बक्तब्य जारि गर्दै सम्मेलनलाई ट्रम्प र किम दुबैको साहसिक कामको संज्ञा दिएका छन्।
उक्त भेट दुइ देशका राष्ट्र प्रमुखबाट भएको पहिलो भेट हो।
फ्रान्सेली सरकारका प्रबक्ता बेन्जामिन ग्रिभोले फ्रान्स पनि कोरियन प्रयाद्विपलाई आणविक क्षेप्यास्त्ररहित बनाउने कार्यमा सहभागी बन्न तयार रहेको भन्दै सम्मेलनको तारिफ गरेका छन्।
तारिफ संगै उनले ट्वीटरका मध्यमबाट एक अर्कालाई आरोप प्रत्यारोप गर्नेहरुले आज सम्बाद गर्नु समस्या समाधानको पहिलो कदम भन्दै सम्मेलन पूर्वको दुवै पक्षको कदमको अप्रत्यक्ष रुपमा आलोचना पनि गरेका छन्।
इजरायलका प्रधानमन्त्रि बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को सफलताको लागि बधाई दिदै, ट्रम्पका नीति तथा कार्यक्रम इजरायल र विश्वलाई नै एक सुत्रमा बाध्ने खालको भएको भन्दै प्रसंसा गरेका छन्।
त्यस्तै अन्यले भने सम्मेलनको सफलतालाई सांकेतिक रुपमा विश्वभरका संघर्षहरुलाई समाधान गर्ने कदमका रुपमा हेर्नु पर्नेमा जोड दिएका छन्।
राष्ट्र संघका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनिले कुटनीतिक पहल गाह्रो भएपनि सबैभन्दा उत्तम समाधानको बाटो हो भन्दै थपिन कुटनीतिक रुपमा इरानको आणविक सम्झौतालाई पुनर्जीवित गर्न सकिन्छ जसबाट गएको महिना ट्रम्पले अमेरिकालाई बाहिर्याएका थिए।
जापानका प्रधानमन्त्रि शिन्जो एबेले सन् १९७० र ८० मा दक्षिण कोरियाद्वारा अपहरण गरिएका जापानीहरुको अवस्थाबारे नेता किमलाई प्रश्न गरेकोमा ट्रम्पलाई धन्यबाद दिएका छन्।
एबेले गएको हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर जापानीहरुको अपहरणको मुद्दालाई प्रमुख रुपमा उठाउन दबाब दिएका थिए।
उनले भने सम्मेलनले अपहरणको मुद्दा सुल्झाउने पहिलो कदमको प्रतिनिधित्व गरेको छ।
ट्रम्पका अनुसार पनि सम्मेलन राम्रो संग सम्पन्न भएको छ र उत्तर कोरियाका नेतासंग आफ्नो तालमेल मिलेको पनि बताएका छन्।
सम्मेलनमा आफुले किमलाई एक भिडियो देखाएको र उनले उक्त भिडियो मन पराएको बताएका थिए। चलचित्रको ट्रेलरजस्तो देखिने भिडियो अहिले चर्चाको बिषय बनेको छ।
