SKIP TO MAIN CONTENT

स्कूले बिधार्थीलाई मोबाईल फोन: ठिक की बेठिक?

स्कूले बिधार्थीहरु माझ मोबाईल फोनको प्रयोग चर्को रुपमा बढ्दै गएको कुरा त सर्बविदितै छ। साथमा मोबाईल फोन छ भने, आफ्नो बाबु आमा वा साथीभाईहरु सँग सम्पर्कमा रहन सजिलो हुन्छ। तर यस मोबाईल फोनको प्रयोग- खासगरि सामाजिक संजालमा, अत्याधिक बढ्दै गएपछि, स्कूले बिधार्थिहरुले स्मार्ट फोनको प्रयोग गर्न पाउने कि नपाउने भन्ने बिषयले फेरि एकपल्ट चर्चा पाएको छ।

students and mobile phone
Source: SBS Insight

3 min read

Published

Updated

By Andrea Nierhoff

Source: SBS


Skip to article content

साईबर-बुलिङ्ग र मोबाईल फोनले ल्याउने बिभिन्न बिकृतिका कारण हाल बिधार्थिका आमा बाबुमात्र नभएर – शिक्षक, बिधालय संचालक, र शिक्षाबिद्हरु  चिन्तित रहेका छन्।

यहि बिषयलाई लिएर, न्यु साउथ बेल्स राज्यले यस सम्बन्धमा थप जाँचबुझ गर्न एउटा मुल्याकन समिति गठन गरेको छ।

अस्ट्रेलियामा यस्तो किसिमको टेक्नोलोजीले बिधार्थीमाझ ल्याउने बिकृतिको बिषयमा पहिलो चोटि जाँचबुझ हुन लागेको हो। यस मूल्यांकनबाट स्कूले बिधार्थीहरुले मोबाईल फोनको प्रयोग कासरि गर्ने त्यस सम्बन्धमा केहि निर्देशन आउने आशा गरिएको छ।

मोबाईक फोनको अत्याधीक प्रयोगले बयस्कहरुको जीबनमा पनि समस्या र तनाब सिर्जना गर्छ भन्ने कुरा त सर्बबिदितै छ। तर बिषेशगरि, बिधार्थीहरुको माझ यो समस्या झनै गढेको अनुमान गरिएको छ।

अहिले पानि यस बिषयलाई नियमन्त्रण गरिएन भने, स्थिति भयाबह हुन सक्ने अधिकारीहरु बताउछन्।

एबीसी रेडियोसँग कुरा गर्दै, न्यु साउथ बेल्स राज्यका शिक्षा मन्त्री रब स्टोक्सले मोबाईल फोन र सामाजिक संजालले बिधार्थीहरुको ध्यान र एकाग्रतामा प्रष्ट असर गरेको बताउदै, यसलाई नियन्त्रण गर्न केहि सिर्जनात्मक कदम चाल्न आबश्यक रहेको बताएका छन्।

बिधार्थिका आमा बाबु, शिक्षक, र बिधालय संचालनमा रहेका अधिकारीहरुले चिन्ता व्यक्त गरेपछि यो नयाँ जाँचबुझ र मूल्यांकनको आवश्यक्ता रहेको बताउछन्।

बाल मनो-चिकित्सक माईकल कार-ग्रेगले न्यु साउथ बेल्सले घोषणा गरेको यस मूल्यांकनको नेतृत्व गर्ने छन्। उनले फ्रान्स लगायतका देशहरु, जहां बिधालयमा मोबाईल फोनको प्रयोग बन्चित छ, त्यस सम्बन्धमा थप अध्यन गरि- अस्ट्रेलियाको परिप्रेक्ष बिचार गरि, राज्य सरकारलेलाऐ सुझाब दिने छ।

यसै बिच केन्द्रिय शिक्षा मन्त्री साईमन बर्मिङ्घमले न्यु साउथ बेल्स राज्यको यस निर्णयको स्वागत गरेका छन्। उनले बिधालय भित्र मोबाईल फोनको प्रयोग उचित नहुने बताउछन्।

नयाँ टेक्नोलोजीको धेरै फाईदाहरु रहेता पनि, बिधालयको परिसरमा यसको कुप्रयोग हुने बढि सम्भाबना रहेको हुन्छ, भन्दै मन्त्री बर्मिङ्घमले मोबाईल फोनको प्रयोग कक्षा कोठा बाहिर हुनु पर्ने बताउछन्।

तर कतिपय बिज्ञहरु हरेक कुराहरुमा नियम राख्नु पनि उचित हुदैन भनि बताउछन्। हाल उपयोग गरिरहेको बस्तुहरुमा बढि नियम र बन्देजको शुरुवात गरियो भने यसको असर अझ प्रत्युपादक हुन सक्ने उनीहरु बताउछन्।

सिड्नी विश्वविधालयकी एक प्राध्यापिका जेन बर्न्सले बिधार्थिहरु सम्बन्धित कुनै पनि बिषय कुराकानीको माध्यमबाट हल गर्नु पर्छ भनी बताउछिन्। नयाँ नियम भन्दा किशोर-किशोरीहरुलाई कुराकानीको माध्यमबाट समस्या बुझाउने र त्यसको हल निकाल्न उनि जोड दिन्छिन्।

यसैबिच न्यु साउथ वेल्स राज्यहरुको संगठनका अध्यक्ष मोरि मलहेरनले मोबाईल फोनको प्रयोग कक्षा कोठामा मात्र नभएर बाहिर पनि नियमित गरिनु पर्छ भन्ने धारणा राख्दछन्।

उनको बिचारमा साईबर-बुलिङ्ग बिधालयमा मात्र सिमित रहेको छैन र त्यसैले बिधार्थिका आमा बाबुको पनि मोबाईल फोनको प्रयोगलाई नियमित गराउने कुरामा ठूलो हात रहन्छ भनि बताउछन्।

साथै, बिधालयभित्र मोबाईल फोनको प्रयोगमा बन्देज लगाईएमा, कक्षाकोठाहरु बल्ल शिक्षकहरुको नियन्त्रणमा आउने उनको भनाई छ।

उता प्रध्यापक बर्न्स भने बुलिङ्ग, आजभन्दा बीस बर्ष अगाडि- टेक्नोलोजि नभएको समयमा पनि हुने गर्द्थ्यो भनी बताउछिन्।

बिधार्थीहरुलाई सहि बाटोको मार्गदर्शन गर्न र अनुशासित जीबनको प्रेरणा दिन, एक आपसमा गरिने कुराकानी भन्दा राम्रो कुरा केहि हुँदैन भन्ने बिचार राख्दछिन्।थप नियम कानूनले स्थितिलाई झनै जटिल बनाउन सक्ने उनको धारणा छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now