Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सामसुङ नोट ७ को उत्पादन बन्द

Samsung Note 7

Source: Getty

सामसुङले आफ्नो स्मार्टफोन ग्यालेक्सी नोट ७ बन्द गर्ने घोषणा गरेको छ। यस अघि, ब्याट्रीमा समस्या आएको कारण उक्त स्मार्टफोन फिर्ता गर्ने निर्णय सामसुङले गरेको थियो।

 ब्याट्री पड्किने र आगो लाग्ने समस्या देखिएपछि फिर्ता गर्न आह्वान गरेको सामसुङको यस्तो निर्णयले उसको ‘ब्राण्ड भ्यालु’मा असर पर्ने बजार विश्लेषकहरुले जनाएका छन्।उक्त घोषणा लगत्तै सामसुङको शेयर भाउ ८ प्रतिसत ले झरेको छ।

यसअघि सामसुङले झण्डै २५ लाख ग्यालेक्सी नोट ७ फिर्ता गरेको थियो। केही ग्राहकले सट्टामा दिइएको स्मार्टफोनमा पनि आगो लागेको गुनासो गरेका थिए।

यी पछिल्ला घटनाहरुले, सन् १९६० को दशकदेखि गुणस्तरीय इलेक्ट्रोनिक सामान बनाएर कमाएको सामसुङको छवि र प्रतिष्ठा क्षय भएको छ।


1 min read

Published

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now