अगष्ट ९ तारिखका दिन अस्ट्रेलियाको तथ्यांक विभागको वेबसाईट बन्द भएपछि धेरैले तोकिएको दिन जनगणना भर्न पाएका थिएनन्।
तर आजदेखि उक्त वेबसाईट पुनः चालू भएको छ र जनगणना छुटाएका व्यक्तिहरुलाई अनलाईन भर्न तथ्यांक विभागले आग्रह गरेको छ। म्याद अनुसार सेप्टेम्बर २३ सम्म जनगणनाको फारम भरिसक्नु पर्नेछ।
जनगणना वेबसाईट बन्द हुनु अघि २० लाख परिवारले मात्र फारम भरेका थिए।
एक समारोहमा पत्रकारहरुसंग बोल्दै प्रधानमंत्री मालकम टर्नबुलले उक्त विभागको लापरवाहीको कारणले धेरै जनताहरुले दुख: पाएको बताउनु भयो। यस सम्बन्धमा थप छानबिन हुने उहाँले अश्वाशन दिनु भयो।
Share
