SKIP TO MAIN CONTENT

स्पिनरहरुको समय

भारतलाई हराउँदै न्यु जिल्यान्डको अग्रता हिजो सम्पन्न भएको ट्वेन्टी ट्वेन्टी बिश्व कप क्रिक्रेटको "सुपर दश" अन्तर्गतको पहिलो खेलमा, न्यु जिल्यान्डले आयोजक भारतलाई ४७ रनले पराजित गरेपछि यो नतिजाले प्रतियोगिता सजिलै हात पार्न सक्ने ठानिएको भारतलाई, फाईनलसम्म पुग्ननै कडा मेहेनेत गर्नुपर्ने देखिएको छ।

New Zealand's players celebrate after winning the World T20 cricket tournament match against India
New Zealand's players celebrate after winning the World T20 cricket tournament match against India in Nagpur on March 15, 2016. / AFP / PUNIT PARANJPE

1 min read

Published

Updated

By Sameer Ghimire



Skip to article content

आजको खेल

यो प्रतियोगिता अन्तर्गत आज दुईटा खेल हुँदैछन् हुदै छ। पहिलो खेल बंगलादेश र पाकिस्तानबीच र अर्को खेलमा इंगलैंड को प्रतिस्पर्धा वेस्ट इन्डीजसँग हुनेछ।

हालै एशिया कपमा फाइनलसम्म पुगेको बंगलादेश टोलिमा अहिले आत्म बिश्वाश पूर्ण रुपले रहेको छ। पाकिस्तान तर्फ भने टोलि को आशा अझै पनि पुराना खेलाडी शहिद अफ्रिदी माथिनै रहेको छ। कोलकत्ताको इडेन गार्डेनमा हुने उक्त खेल मा दुवै टोलिमा रहेका विश्वस्तरिय स्पिनरहरुले आफ्नो प्रभाव देखाउने खेलप्रेमीहरुले आशा लिएका छन्।

अर्को खेल भने इंगलैंड र वेस्ट इन्डीजबीच मुम्बई को वान्खाड़े मैदानमा हुँदै छ। सदाझैँ वेस्ट इन्डीजका लागि क्रिस गेलले केहि चमत्कार गर्ने आशामा यो टोलि रहेको छ, र यसका धेरै खेलाडीहरुमाझ भारतमा खेलेको अनुभव छ। उता इंगलैंडको चाहीं इवोन मोर्गन बाहेक अरुमा भारतीय भूमिमा खेलेको अनुभव नभएको समाचारहरुले बताएका छन्। त्यहि भएर पनि मोर्गननै इंगलैंड को जीतका लागि ठुलो कडी हुन सक्ने विश्लेसकहरु को भनाइ छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now