स्टाइललाई उमेरले छेक्दैन: आफ्नै चाहना अनुरुपको शैली कसरी बनाउने ?

स्वयमलाई पुन: आविष्कार गर्न धेरै साहस चाहिन्छ। तर ९७ वर्षीय फेशन आइकन आइरिस एप्फेल आकर्षक देखिनलाई उमेरले छेक्दैन भन्नेको उत्कृष्ट उदाहरण हुन्।

Redesigning your style

Redesigning your style. Getty Images Source: Getty Images

ट्रेसी डे मिशेल एक व्यस्त महिला, जवान हजुरआमा र व्यावसायी हुन्। तर एउटा कुराले उनलाई जहिले पनि सताउने गर्दथ्यो : उनलाई आफ्नो फोटोहरु कहिले पनि मन परेन।

उनि भन्छिन्, "म ५२ वर्षको थिए, तर मलाई ६५ वर्षको जस्तो देखिन्थ्यो। मलाई मेरो पहिरन मन पर्दैन थियो।

म आफ्नै शरीरसँग खुसी थिइन त्यसैले मैले आफ्नो शरीरको तौल केहि मात्रामा घटाउन धेरै मेहनत गरे र जब मेरा सबै बच्चाहरु घर बाहिर गए त्यसपछि मैले आफुलाई नै समय दिने निर्णय गरे।"

उनले सामान्य भन्दा केहि भिन्न प्रयास गरिन्, व्यक्तिगत स्टाइलिस्ट राखेर आफ्नो लत्ता कपडा भएको दराजको स्वरुप नै परिवर्तन गरिन्। यो सजिलो निर्णय भने पक्कै पनि नभएको उनी बताउँछिन्।

क्याभिक सुझाउँछिन् आफ्नै दराजमा आफुले प्राय लगाउने गरेको कपडालाई हेरेर पनि आफूले कस्तो शैली मन पराउने गरेको भनेर थाहा हुन्छ। त्यसैले छुटमा पाइयो भनेर जुनसुकै कुरा किन्नु भन्दा पनि आफूलाई चाहिने कुरा थाहा पाएर किनमेल गर्नु बुद्धिमानी हुने उनको भनाइ रहेको छ।

यो अत्यन्त व्यक्तिगत कुरा भएकोले कसैले आएर देख्ने हो कि भन्ने डर लाग्ने गरेको उनले बताइन।

उनकी व्यक्तिगत स्टाइलिस्ट भेस्ना क्याभिक पनि यसलाई आफ्नो आराम क्षेत्रबाट बाहिर आउने प्रक्रिया भन्दै यसमा आफ्नो शरीरको बनोट बारे ध्यान दिन, नयाँ ब्राण्ड र उत्पादनहरुको प्रयोग गर्न अत्यन्त दह्रो मुटु चाहिने बताउँछिन्।

दुई वर्ष भयो डे मिशेलले आफ्नो शैली परिवर्तन गरेको र उनलाई यसमा अब कुनै संकोच छैन।

वास्तवमा उनि आफूलाई अहिले भिन्न व्यक्ति भएको अनुभव गर्छिन्।

डे मिशेलकि स्टाइलिस्ट क्याभिक भन्छिन् शैली भनेको चलन चल्तीमा भएको कुरालाई आँखा चिम्लिएर पच्छ्याउनु होइन। सबै जना एक अर्काबाट विल्कुल फरक हुन्छन्।

त्यसैले क्याभिकले यसलाई आफूलाई बुझ्ने र आफ्नो आविष्कार गर्ने यात्राको रुपमा व्याख्या गर्छिन्।

उनका अनुसार यो प्रक्रियाका प्रमुख पाँच चरणहरु हुन्छन्।

आफुलाई नयाँ स्टाइलमा ढाल्न ध्यान दिनु पर्ने प्रमुख पाँच कुराहरु: कपडाको प्रकार र गला रंग व्यक्तित्व जरुरि कुराहरुले मात्र दराज भर्ने मिक्स म्याच कला

जसमा सर्वप्रथम आफ्नो शरीरको ढाँचालाई हेरेर कस्तो किसिमको कपडा छान्ने र कस्तो गला आफूलाई सुहाउँछ भनेर थाहा पाउनु पर्छ।

"अर्को चरण भनेको रंग छान्ने हो। कुन रंगमा आफू खुलेको जस्तो लाग्छ, छुट्टै उर्जा दिन्छ र आफूलाई लिएर सकारात्मक सोच आउँछ त्यो थाहा पाउनु पर्छ।"

आफ्नो व्यक्तित्व अनुसारको पहिरनबारे जानकारी राख्नु तेस्रो महत्वपुर्ण कुरा हो।

आफूलाई प्राचिन शैली खुल्छ कि अलि खुल्ला र रंगले भरिएको पहिरनहरु राम्रो देखिन्छ भन्ने थाहा भए पछि कहाँ गएर किनमेल गर्ने भनेर धेरै सोच्नु पर्दैन।

चौथो भनेको आफ्नो आलमारीलाई कस्तो रुप दिने भन्ने हो।

क्याभिक भन्छिन आफ्नो शैली अनुरुपको कपडा राख्ने दराज बनाएमा आफूलाई आवश्यक परेको बेला सजिलो हुन्छ र पटक पटक किनमेल गरिरहनु पनि पर्दैन।

र अन्तिम चरणमा आफूमा नै भएका सामाग्रीहरुलाई मिलाएर लगाउन सक्ने कलाको विकास अत्यन्त महत्वपूर्ण हुन्छ।

क्याभिक भन्छिन् लुगा लगाउने तरिका सिक्नु भनेको नयाँ भाषा सिक्नु जस्तै हो जसमा जति धेरै प्रयोग भयो त्यति नै धेरै थाहा हुन्छ।

पछिल्लो समयमा अधबैंसे उमेरमा पारापाचुके हुने पूरुषहरुको संख्या पनि बढ्दै जाँदा यहि कारण अथवा श्रीमती वा छोराछोरीको प्रोत्साहनका कारण पूरुषहरुमा पनि आफ्नो रुपमा नयाँ पन दिन उत्सुक रहने गरेको पाएको इमेज सल्लाहाकार ड्यान थोमसले बताए।

र त्यसको लागि सुरुवातको रुपमा आफू हुर्किएको शैली र लवाइलाई त्याग्नु पर्ने उनको सुझाव छ।

तिन भागको दुई भाग अस्ट्रेलियालीहरुमा बढी तौल र मोटोपनको समस्या रहँदा, आफ्नो शारीरिक वनावटलाई परिवर्तन गर्ने भन्दा पनि आफ्नो लुगा लगाउने शैलीमा परिवर्तन ल्याएर आफ्नो शरीरलाई नयाँ स्वरुप दिन सकिने ड्यान बताउँछन्।

आफुमा आएको परिवर्तनबाट हौसिएकी ट्रेसी डे मिशेलले आफ्नो स्टाइलिस्टबाट सिकेको कुरा लागु गर्दै आफ्नै श्रीमान् को आलामारीलाई पनि नयाँ स्वरुप दिएकी छन्।

र त्यो प्रक्रियामा उनले सर्वप्रथम आफ्नो श्रीमान् ले ३० वर्ष भन्दा बढी लगाएका कपडाहरुलाई फालिन्।

सबैजनाले ट्रेसीले जस्तो स्टाइलिस्ट राख्न सक्दैनन् तर फेशन र शैलीका बारेमा तेस्ता ब्लगहरुमा जाने, युट्युबमा त्यसबारे हेर्नाले पनि धेरै कुरा सिक्न सकिन्छ।

क्याभिकले आफ्नै कपडाहरु भएको दराजमा हेरेर पनि धेरै कुराहरुको निर्णय हुन सक्ने बताउँछिन्।

जो सुकैले आफूसँग भएका कपडाहरु मध्ये २० प्रतिशत मात्र दोहोर्याएर लगाउने र प्राय लगाउने गर्दछन्।

क्याभिक सुझाउँछिन् आफ्नै दराजमा आफुले प्राय लगाउने गरेको कपडालाई हेरेर पनि आफूले कस्तो शैली मन पराउने गरेको भनेर थाहा हुन्छ।

त्यसैले छुटमा पाइयो भनेर जुनसुकै कुरा किन्नु भन्दा पनि आफूलाई चाहिने कुरा थाहा पाएर किनमेल गर्नु बुद्धिमानी हुने उनको भनाइ रहेको छ।

 


3 min read

Published

Updated

By Amy Chien-Yu Wang

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now