SKIP TO MAIN CONTENT

सेवा प्रदान गर्दा पाईने सुबिधा

Carers Week
Source: Getty

2 min read

Published

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS Settlement Guide


Skip to article content

अस्ट्रेलियाको पछिल्लो तथ्यांकमा करिब १९ लाख मानिसहरु आफ्नो असक्त आफन्त, केटा-केटि वा बृद्धहरुको स्याहार सुसार बिना पैसा गरेको पाइएको थियो।

यसमा पनि खासगरी प्रवासी समुदायका मानिसहरुको ठुलो जमात देखिएको थियो।

भाषागत समस्या, वा बेग्लै सस्कृतिको कारण धेरैलाई आफ्नो परिवारको कोहि सदस्य असक्त छन् भनि बताउन निक्कै अफ्ठेरो पर्न जान्छ। यसले गर्दा सरकारले प्रदान गर्ने गरेको विभिन्न सुबिधाहरु यी सेवा प्रदायकहरुले उपयोग गर्न पाएका छैनन्।उदाहरणको लागि यदि तपाई आफ्नो असक्त परिवार सदस्यको सेवामा रहनु भएको छ भने , सेन्टरलिंकबाट तपाईले प्रत्येक पन्ध्र दिनमा केहि भत्ता सहुलियतको रुपमा पाउनु हुनेछ। त्यसरी पाउने रकम १२६ डलर सम्म हुने बताइएको छ।

सेवा प्रदायकहरु सबंधमा थप सुबिधाहरु प्रकार छन्।

१. भाषागत सेवा समुह

तपाई जुन भाषा बोल्नु हुन्छ त्यसै भाषा समुहको सेवा प्रदायकहरुको आपसी सहयोग समूहमा सदस्य बन्न सक्नु हुनेछ। यसो गर्दा सरकारी सुबिधाहरु कसरि पाउने बारेमा थप जानकारी पाईन सकिन्छ।

२. सर-सल्लाह

यसरि आफ्ना असक्त पारिवारिक सदस्यलाई निरन्तर गर्दा सेवा प्रदायकहरुलाई विभिन्न मनोबैज्ञानिक असरहरु पर्न सक्छ। यस सम्बन्धमा आफुलाई लागेका मनका कुराहरु राख्न र थप सरसल्लाह लिने सुबिधा पनि उपलब्ध छ।

३. पालो दिने

सेवा प्रदान गर्नेहरु लाई पालो दिने पनि कार्यक्रम रहेको छ जसले गर्दा उनीहरुको जीवनमा आफुलाई मन लागेको कुरा गर्नका लागि केहि समय मिलोस्।

४. रकम भत्ता

यसरि सेवा गर्नेहरुलाई सरकारले सेन्टर लिंकबाट केहि सुबिधाहरु प्रदान गर्ने गरेको छ।

५. भाषा सुबिधा

यसरि सेवा प्रदान गर्नेहरुलाई सरकारले भाषाको उल्था वा उनीहरुकै भाषामा सेवा पनि प्रदान गर्ने गरेको छ।

थप जानकारीका लागि तल को लिङ्क मा क्लिक गर्नु होस्।

http://www.sbs.com.au/radio/article/2016/10/12/settlement-guide-5-ways-support-cald-carers

http://www.sbs.com.au/radio/article/2016/10/12/settlement-guide-caring-carers

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now