SKIP TO MAIN CONTENT

'साढे ७’ राजनैतिक फिल्म होइन : निर्देशक साम्तेन भुटिया

फिल्म निर्देशक साम्तेन भुटियाले 'साढे ७’ नामक फिल्म निर्देशन गरेका छन् । नेपाली फिल्म क्षेत्रमा सक्रिय भएर लागिपरेका भारतीय निर्देशक भुटियाले यसअघि निर्देशन गरेको 'तान्द्रो’ फिल्म विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा सहभागि भएको थियो । यसै सन्दर्भमा उनीसँग एसबिएस नेपालीले गरेको कुराकानी

Samten Bhutia
Film director Samten Bhutia Source: Facebook

3 min read

Published

Updated

By Smriti Dhungana



Skip to article content

१.फिल्म निर्देशनको करियर कसरी सुरु गर्नुभएको थियो ?

भारतको नेशनल फिल्म डेभ्लोप्मेन्ट कर्पोरेसनले सिकिममा फिल्म निर्माणसम्बन्धी प्रशिक्षणको आयोजना गरेको थियो । त्यसबेला मलाई भने अभियनमा रुचि थियो । त्यस प्रशिक्षणको दौरान फिल्मको कथाहरुलाई सृजनात्मक शैलीमा प्रस्तुत गर्न सिकाइएको थियो । प्रशिक्षणपछि मैले सृजनात्मक कथाहरु लेख्नतर्फ केन्द्रित भएं । आफैले लेखेका कथाहरु कसरी फिल्मआवद्ध मानिससम्म पुर्याउने भन्ने थाहा थिएन् । मैले लेखेका कथाहरुले प्ल्याटफर्म नपाउँदा आफैले सर्ट फिल्म खिच्ने र सम्पादन गर्न लागें । सन् २००९ मा भने 'लेटर’ निर्देशनबाट फिल्म निर्माणमा हात हालेको थिए ।

२. 'लेटर’ फिल्मको अवसर कसरी पाउनु भएको थियो ?

मैले अध्ययन गरेर लेखेका सात वटा कथाहरु तयार थिए । कथा बुझ्ने फिल्म निर्माण टोलीको खोजीमा जुटेको थिए । त्यसताका साइबर क्याफेमा म सधैंजसो जाने गर्थें । एकदिन त्यहाँका साहूले स्टूडियोमा लगेका थिए । बिस्तारै स्टूडियोमा आउने फिल्म आवद्ध मानिसहरुसँग चिनजान हुन थालेको थियो । त्यहीमा सम्पादक कविर शाक्यले 'लेटर’ फिल्म निर्माण गर्नको लागि फिल्मका निर्माता भेटाएपछि काम गर्ने सहमति भएको थियो ।

३.विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा पुगेको तपाईद्धारा निर्देशित 'तान्द्रो’ कस्तो खालको फिल्म हो ?

 'तान्द्रो’ नेपालमा भएको १० वर्षे जनयुद्धको घटनामा आधारित फिल्म हो । मैले 'स्मृतिका डोब’ नामक पुस्तक पढेको थिए । त्यसबाट फिल्म बनाउन प्रोत्साहन गरेको थियो । २०६० साल चैतमा तत्कालिन माओवादी युद्धकालका बेला लमजुङको छैलुङ गाउँमा तत्कालिन माआवादीको साँस्कृतिक टोलीलाई सुरक्षा फौजले आक्रमण गरेको थियो । 

उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिश, सुरक्षा फौजको गोली घुँडा लागेपछि थलिएको घटना फिल्ममा समावेश भएको थियो।

४.तपाईले निर्माण गर्ने अधिकांश फिल्महरु कमर्सियल भन्दा आर्ट विधाका हुन्छन् । कहिलेकाँही फिल्मका निर्माताहरु पाउन अफ्ठ्यारो हुन्न ?

आर्ट विधामा फिल्म निर्देशन गर्दा निर्माताको अभाव हुने गरेपनि मेरो अनुभव फरक छ । निर्माताहरु मलाई खोज्दै फिल्म निर्माण गरौं भनेर आइरहेका छन् । अहिले मैले निर्देशन गर्ने दुई वटा फिल्म पाइपलाइनमा रहेको छ । दुवै फिल्मका निर्माताहरु फिल्म बनाउन इच्छुक भएर मसम्म आइपुग्नुभएको हो ।

५.तपाईले निर्देशन गर्नुभएको साढे ७’ कस्तो खालको फिल्म हो ?

भारतले नेपालमाथि गरेको नाकाबन्दीको परिवेशमा फिल्म तयार भएको छ । त्यो भन्दैमा यसलाई राजनैतिक फिल्म भने भन्न मिल्दैन् । फोटो पत्रकारले नाकाबन्दीको अवधीमा ३ तीनभित्र भोगेको कथा यस फिल्ममा समावेश भएको छ ।

६. तपाईलाई निर्देशन गर्न मनलागेको कथा कुनै छन् ?

अहिले मैले लेखेका चार वटा कथामाथि फिल्म बनाउने मन छ । तत्काल जापानको परिवेशमा लेखेएको कथामाथि फिल्म बनाउन रहर छ ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now