बाँध भत्किए पछि साउथ अस्ट्रेलियाको नदी किनाराका बासिन्दा आइसोलेसनमा जाने

यो अस्ट्रेलियाको बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

ANTHONY ALBANESE SA VISIT

Rising water around Renmark in South Australia. (file) Source: AAP / DEAN MARTIN/AAPIMAGE

एडिलेडबाट १०० किलोमिटर पूर्वी क्षेत्रमा पर्ने पोन्डेमा आइतबार नदीमा रहेको बाँध भत्किएपछि, उक्त क्षेत्रका बासिन्दा आइसोलेसनमा पर्ने भएकाले तैयार रहन राज्यको आपत्कालीन सेवाले चेतावनी जारी गरेको छ।

राज्यको आपत्कालीन सेवाले वेडेन हुपर, स्किनर रोड, रिर्जभ परेड, केनी रोड र पोन्डे ल्यान्डीङ्ग रोड प्रभावित हुने भएकाले उक्त क्षेत्रका बासिन्दा आइसोलेसनमा पर्न सक्ने चेतावनी जारी गरेको हो।

राज्यभर १३ वटा चेतावनीहरू जारी भएका छन्, जसमा माथिल्लो मर्रे नदी, तलको मर्री नदी, ओभर ल्यान्ड कर्नर होटेल, वाल्कर फ्ल्याट, रेनमार्क रिभरबेन्ड, क्याराभान पार्क र मर्रे क्याराभान पार्क लगायतका छन्।

राज्य सरकारका अनुसार मर्रे नदी साउथ अस्ट्रेलिया भित्रँदा १५० मिटर चौडा हुनेछ।

“अहिलेको बाढीमा नदी ६ किलोमिटर फराकिलो छ।”

न्यु साउथ वेल्सको आपतकालिन सेवा विभागले मरुमबिड्की र बालाराल्डमा बाढी यथावतै रहेको जनाएको छ।

डिसेम्बरको अन्तिमसम्म नदीको बहाव उच्च रहने बताइएको छ।

यता वेर्स्टन अस्ट्रेलियाका कोस्टल सेन्ट्रल वेस्ट र मिड वेस्टका भित्री भागमा आगलागीको खतरा रहेको चेतावनी जारी गरेको छ।

बासिन्दाहरूलाई डँडेलो सम्बन्धी आफ्नो योजना तैयार राख्न पनि अनुरोध गरिएको छ।

मौसम विभागबाट पछिल्लो जानकारी पाउन यहाँ थिच्नुहोस्

राज्य आपत्कालिन सेवाहरूबाट पछिल्लो जानकारी लिन आफ्नो राज्यको नाममा थिच्नुहोस्ः

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Share

2 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now