एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार १७ अप्रिल २०२०

आज विक्रम संवत् २०७७ साल वैशाख ५ गते तदनुसार अप्रिल १७ तारिख शुक्रवारको एसबीएस नेपाली समाचार।

Australia record 61st Coronavirus death and cases jump to 6,313

Source: Pixabay

आजका प्रमुख समाचार :

तास्मनियामा थप एकको मृत्यु सहित अस्ट्रेलियामा कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ६४ पुग्यो 

अमेरिकाले चरणबद्ध रूपमा देशमा जारी प्रतिबन्धहरू खुलाउँदै जाने

र एएफएल खेलाडीलाई कोरोना भाइरस प्रतिबन्धको नियम उल्लङ्घन गरेको भन्दै १६ सय जरिवाना

अस्ट्रेलिया कोरोना भाइरस:

शुक्रबार टास्मेनियामा एक जनाको मृत्यु भए पछि अस्ट्रेलियाभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने हरूको संख्या ६४  पुगेको छ।

७१ बर्षीय सो पुरुषको शुक्रबार बिहान राज्यको उत्तर पश्चिमी लाट्रोब क्षेत्रमा रहेको मर्सी सामुदायिक अस्पतालमा मृत्यु भएको हो। 

देशभरमा ६ हजार ५ सयमा सङ्क्रमण देखिएको छ भने यसबाट मृत्यु हुनेहरूको सङ्ख्या ६४ पुगेको हो। 

न्यु साउथ वेल्सले २९ वटा नयाँ सङ्क्रमण देखिएको पुष्टि गरेको छ, जस सँगै सङ्क्रमितहरूको सङ्ख्या लगभग ३ हजार पुगेको छ।

भिक्टोरियामा एक मात्र नयाँ सङ्क्रमण देखिँदै राज्यमा अहिले सम्म सङ्क्रमितहरूको सङ्ख्या १ हजार ३ सय २ रहेको छ।

त्यस्तै क्विन्सल्याण्डमा ६ नयाँ केसहरू सँगै जम्मा १ हजार ७ जनामा सङ्क्रमण देखिएको पुष्टि भएको छ भने तास्मनियामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिदा त्यहाँको सङ्क्रमितहरूको सङ्ख्या १ सय ६९ पुगेको छ।

भिक्टोरिया र न्यु साउथ वेल्समा कोभिड -१९ का कारण सबै भन्दा धेरैले ज्यान गुमाएका छन् जसमा भिक्टोरियामा १४ र न्यु साउथ वेल्समा २५ जनाको यही सङ्क्रमणका कारण मृत्यु भएको छ।

न्यु साउथ वेल्समा कोरोना भाइरस :

न्यु साउथ वेल्समा कक्षामा नै गएर पढ्ने विकल्पका लागी रोस्टर बनाएर पालै पालो पढ्ने प्रणाली ल्याउने बारे सोचिएको छ।

राज्यकी प्रिमियर ग्लाडिस बेरेजेक्लियनले दोस्रो सत्रको पहिलो दुई हप्तामा प्राय धेरै विद्यार्थीहरूले घर बाट नै पढ्ने छन्।

उनले यसले गर्दा एकै पटक कक्षा भरि विद्यार्थीहरू रहने अवस्था नआउने बताएकी छन्।

रातभरिमा उनन्तिस नयाँ सङ्क्रमण सहित करिब ३ हजारमा सङ्क्रमणको पुष्टि भएको न्यु साउथ वेल्समा अहिले सम्म कोभिड-१९ का कारण २५ जनाले ज्यान गुमाएका छन्।

पश्चिम सिड्नीको एक वृद्ध स्याहार केन्द्रका मात्र झन्डै ३० जना कर्मचारी र त्यहाँ बसोबास गर्ने वृद्ध बृद्धामा कोभिड-१९ भएको पाइएको छ।

तामिल परिवारको कानुनी लडाई :

आजको अदालती सुनुवाइका क्रममा क्रिसमस आइल्याण्डको अध्यागमन बन्दी गृहमा रहेका तामिल परिवारको पक्षमा निर्णय आएको छ।

दुई वर्षीय टनिकाको परिवार जो अस्ट्रेलियामा बस्नका लागी कानुनी लडाई लडिरहेको, उनीहरूलाई भिसा आवेदन हाल्न प्रक्रियागत निष्पक्षता अवलम्बन नगरिएको ठहर अदालतको रहेको छ।

सङ्घीय अदालतका न्यायाधीश मार्क मोशिन्कीले टनिकाको विषयमा विभागीय ब्रिफिंगमा उक्त परिवारका लागी प्रोटेक्सन भिसा लगायत अन्य के कस्ता विकल्पहरू रहेका छन् भन्ने बारे उल्लेख गरिनु पर्ने बताएका छन्।

उक्त परिवारका अन्य तिन सदस्यहरू उनका बाबु आमा र चार वर्षीय दिदी कोपिका द्वारा दायर गरिएको आवेदन यस अघि नै अस्वीकृत गरिए पछि उनीहरूलाई दुई वर्ष अगाडी देखि नै अध्यागमन बन्दी गृहमा राख्दै आइएको थियो।

अस्ट्रेलियामा खाद्य आपूर्ति :

पर्याप्त मात्रामा खाद्य सामाग्रीहरू गोदाममा रहेकोले अस्ट्रेलियामा विश्व कै सबैभन्दा सुरक्षित खाद्य आपूर्ति रहेको बताइएको छ।

सङ्घीय सरकारको कृषि सम्बन्धी अनुमानका अनुसार अस्ट्रेलियाले उपभोग गर्ने भन्दा धेरै खाद्य सामग्री उत्पादन गर्ने बताएको छ।

सुपर मार्केटहरूमा पास्ता तथा चामल आत्तिएर किन्ने गरिएको घटनाहरू सँगै उक्त पूर्वानुमान आएको हो।

पूर्वानुमानकर्ताहरूले कोभिड-१९ का कारण खाद्य आपूर्तिमा केही समय समस्या देखिए पनि यसले लामो समय प्रभाव पार्न नसक्ने बताएका छन्।
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या १ लाख ४० हजार ७ सय ७३ पुगेको छ।

मृत्यु हुनेहरूमा अमेरिकामा सबैभन्दा बढी ३३ हजार त्यसतै २२ हजारको हाराहारीमा रहेर इटाली दोस्रो स्थानमा रहेको छ भने १९ हजार मृत्युका साथ तेस्रो स्थानमा स्पेन रहेको छ।

विश्वभरमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या २१ लाख पुगेको छ।

अमेरिका :

अमेरिकी राज्यहरू जहाँ कम कोरोना भाइरस सङ्क्रमण देखिएको छ र बलियो जाँच व्यवस्था लागू गरिएको छ त्यस्ता राज्यहरूमा सार्वजनिक जीवन यापनलाई तेस्रो चरणमा खुल्ला गरिने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ल्याइएको नयाँ ह्वाइट हाउस निर्देशिकाले देशभर नै जारी रहेको सामाजिक दुरीको नियमलाई कम गर्ने उद्देश्य राखेको छ।

भाइरस सङ्क्रमण एकै पटक नबढोस् भन्नको लागी प्रतिबन्ध कम गर्ने निर्देशिका विभिन्न चरणमा लागू हुनेछ। प्रत्येक चरण १४ दिनको हुनेछ र त्यही समयावधिको परिणामलाई हेरेर अर्को चरणमा कदम चालिने छ।

राष्ट्रपति ट्रम्पले सबैभन्दा नराम्रो सँगै प्रभावित भएका क्षेत्रहरूमा निकै कडा मापदण्डहरू अवलम्बन गरिने बताएका छन्।

ब्राजिलमा कोरोना प्रभाव :

ब्राजिलका राष्ट्रपति जाएर बोल्सोनारोले आफ्ना स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागी विवादास्पद उपायहरू ल्याएको भन्दै पदबाट बर्खास्त गरेका छन्। 

बर्खास्तीमा परे पछि लुइज म्यान्डेटको स्थानमा नेल्सन टिक लाई ल्याइने भएको छ।

ब्राजिलमा अहिले सम्म ३० हजार बढीमा सङ्क्रमण देखिएको छ भने मृतकहरूको सङ्ख्या २ हजार पुग्न लागेको छ।

खेलाडीलाई जरिवाना :

वेस्टर्न बुल्डग्सका उप कप्तान ल्याची हन्टरमाथि मादक पदार्थ सेवन गरी सवारी चलाएको मुद्दा लाग्ने भएको छ।

मेलबर्नमा भएको गाडी दुर्घटनामा उनको कथित संलग्नता भएको आरोप लगाइएको छ।

टोयोटा एसयुभीले पार्क गरिराखेको चार वटा सवारी साधनमा ठक्कर दिएको भन्दै प्रहरीलाई मिडल पार्कमा बोलाइएको थियो।

घटना स्थलबाट भागेका २५ वर्षीय हन्टरलाई अधिकारीहरूले कोरोना भाइरस प्रतिबन्धको उल्लङ्घन गरेको भन्दै १६ सय डलर जरिवाना पनि तिराएका छन्।

मौसम :

अब भोलि शनिवारको मौसम सम्बन्धी जानकारी

पर्थमा मौसम बदली हुँदै अधिकतम तापक्रम रहने छ २३ डिग्री
एडिलेडमा १९ डिग्रीका साथ बर्षाको सम्भावना रहेको छ।
मेलबर्नमा पनि पानी पर्ने र अधिकतम तापक्रम रहनेछ १७ डिग्री
आंशिक बदली हुने होबार्टमा १४ डिग्री
क्यानबेरा र वुलंगंग दुवै स्थानमा मौसम पूर्ण तया सफा रहँदै अधिकतम तापक्रम रहने छ क्रमशः १९ र २१ डिग्री
त्यस्तै अधिकांश समय घाम लाग्ने सिड्नी र न्यु क्यासलमा अधिकतम तापक्रम २३ डिग्री रहने छ।
ब्रिसबेन र कैन्स दुवै स्थानमा वर्षा को सम्भावनाका साथ तापक्रम ३१ डिग्री सम्म उक्लनेछ भने डार्विनमा ३४ डिग्रीका साथ अधिकांश समय घाम लाग्नेछ।


Share

Published

Updated

By SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand