वरिष्ठ पत्रकार र सहकर्मी दुर्गानाथ शर्माज्यूको असामयिक निधनको समाचारले हामीलाई धेरै दुखित र स्तब्ध बनाएको छ।
सन् २००५ मा एसबीएस नेपाली रेडियोको स्थापनादेखि दस वर्ष भन्दा बढी समयसम्म साप्ताहिक समाचार समीक्षा प्रस्तुत गर्नुभएका स्वर्गीय शर्माले अस्ट्रेलियामा पनि धेरै श्रोताहरूको मन जित्नु भएको थियो।
लोकप्रिय पत्रकार देखि महाप्रबन्धकको पदमा पनि काम गरीसक्नु भएका उहाँले अस्ट्रेलियामा एसबीएस नेपालीका श्रोताहरू लगायत एसबीएस टोलीसँग पनि सधैँ आदर एवं सम्मानपूर्वक रूपमा प्रस्तुत हुनुहुन्थ्यो।
अस्ट्रेलियाका श्रोताहरूका लागि निष्पक्ष समाचार प्रस्तुत गर्ने उहाँको प्रतिबद्धता कहिले कम भएन, सहयोग गर्न जहिले पनि उहाँ तयार हुनुहुन्थ्यो।
सन् १९८५ मा तात्कालिन राजा वीरेन्द्रको राजकीय अस्ट्रेलिया भ्रमणलाई नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न यहाँ आउनुभएको बेला देखिनै अस्ट्रेलियासँग उहाँको बलियो सम्बन्ध रहेको थियो।
यो सम्बन्ध सदाको लागि कायम रहने छ।
एसबीएस नेपालीको तर्फबाट दुर्गानाथ शर्माज्यूको परिवार प्रति हार्दिक समवेदना।
