SKIP TO MAIN CONTENT

एसबीएसको नेपाली रेडियो सेवामा बदलाव

एसबीएस रेडियोले आफ्नो भाषा सेवाहरु बारे समिक्षा सम्पन्न गरेको छ र यहाँ तपाईंले आगामी नभेम्बर २०, २०१७ देखि लागुहुने उक्त बदलावहरुबारे थप जानकारी पाउनु हुनेछ।

2891_Radio_Consultation_Homepage_header_no_text
Source: SBS

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

एसबीएस रेडियोले आफ्नो विभिन्न भाषिक सेवाहरुको समिक्षा सम्पन्न गरेको छ। अस्ट्रेलियामा द्रुत गतिमा बदलिदै गएको जातीय बिबिधतालाई आफ्नो सेवाहरुमा झल्काउने उद्देस्यका साथ एसबीएसले उक्त समीक्षा शुरु गरेको थियो।

सन् २०१२ मा, झण्डै १८ बर्षमा पहिलो पल्ट एसबीएस रेडियोले आफ्नो भाषिक सेवाहरुको समीक्षा गरेको थियो। सो समयमै हामीले सन् २०१६ मा हुने जनगणना पछि हाम्रो सेवाहरु को पुन: समीक्षा गर्ने प्रतिबद्ता ब्यक्त गरेका थियौ।

सन् २०१६ को जनगणना अनुसार, गत पाँच बर्षमा १३ लाख भन्दा बढी मानिसहरुले अस्ट्रेलियामा आफ्नो बसाई सारेका थिए, र झण्डै ४८ लाख मानिसहरु, आफ्नो घरमा, अंग्रेजी बाहेकको भाषा बोल्दछन्।

एसबीएस रेडियोले आफ्नो समीक्षाको क्रममा श्रोताहरुको रेडियो सुन्ने बानी, इन्टरनेटको प्रयोग,उमेर तथा आर्थिक स्थीति लगायतका कुराहरुलाई आधार बनाएको थियो।

एसबीएस नेपालीको रेडियो सेवामा के परिवर्तन भएको छ भन्नेबारे जान्न यहाँ क्लिक गर्नुहोस्।

आगामी नभेम्बर २० देखि परिवर्तित सेवा सुरु हुनेछ।

For more information http://www.sbs.com.au/radio/radio-services-review


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now