SKIP TO MAIN CONTENT

एसबीएस रेडियोको नेपाली कार्यक्रमले कार्यकारी निर्माताको खोजी गरिरहेको छ

हामी सञ्चार, नेतृत्व र सम्पादकीय सीपहरू सहित पत्रकारिता एवं मिडिया प्रसारणमा प्रमाणित अनुभव भएको एक व्यावसायिक मिडियाकर्मीको खोजीमा छौँ।

SBS
Source: Getty, SBS

2 min read

Published

Updated


Skip to article content

अस्ट्रेलियालाई हरेक दिन अरू थप सौहार्दपूर्ण समाजको रूपमा निर्माण गर्ने कार्यमा आफ्नो उपस्थितिलाई लिएर एसबीएस गौरवान्वित महसुस गर्छ।

हामीले विविधतालाई अँगालेका छौँ र अन्य कुनै पनि सञ्चार कम्पनीभन्दा बढी विविधतामा विश्वास गर्छौँ।

विश्वको सम्मानित प्रसारकहरू मध्ये एकको रूपमा एसबीएसले आफ्नो प्रतिष्ठाको विकास गरेको छ र अब हाम्रो यो यात्रामा सामेल हुन हामी एक नयाँ प्रतिभा खोजी रहेका छौँ।

एसबीएसको श्रव्य तथा भाषा सामग्री विभागले नेपाली भाषा कार्यक्रमको कार्यकारी निर्माताको पदका लागि एक अनुभवी पत्रकारको खोजी गरिरहेको छ।

पदका बारेमा

कार्यकारी निर्माताको भूमिका, श्रव्य तथा भाषा सामग्री विभागका कार्यक्रम प्रबन्धक अन्तर्गत रहेर नेपाली भाषा समूहको लागि सम्पादकीय एवं सामाजिक रणनीतिको विकास गर्नुका साथै यसको कार्यान्वयन गर्नु हो। एसबीएसको नेपाली भाषा कार्यक्रमका लागि विभिन्न माध्यमका विशिष्ट र नवीन सामग्रीको उत्पादन तथा वितरण गर्नु जस्ता प्रमुख कार्यहरू यस पद अन्तर्गत पर्दछ।

कार्यकारी निर्माताले सिड्नी वा मेलबर्नका कार्यालयहरू मार्फत आफ्नो कार्यभार सम्हाल्न सक्नेछन्।

विशेष रूपमा, कार्यकारी निर्माताले गर्नुपर्ने कामहरू:

  • प्रस्तुति/प्रकाशनका लागि योजना, तयारी, मूल्याङ्कन, अनुसन्धान, लेख्ने, उत्पादन गर्ने, उप-सम्पादन गर्ने, अनुवाद गर्ने र/वा लिपि अडियो र अनलाइन सामग्री बनाउने,
  • नेपाली भाषी श्रोता र पाठकहरूका लागि विभिन्न एसबीएस प्लेटफर्महरूका लागि सामग्री विचारहरू सिर्जना, विकास र प्रवर्द्धन गर्न सम्पादकीय र डिजिटल नेतृत्व प्रदान गर्ने,
  • श्रव्य सामग्री र डिजिटल उत्पादकहरूको टोलीको नेतृत्व, उनीहरूको कार्य व्यवस्थापन एवं समन्वय गर्ने,
  • उत्पादित सामाग्रीको उच्च स्तर कायम गर्न आफ्नो टोलीलाई आवश्यक पर्ने सल्लाह तथा मार्ग निर्देशन गर्ने,
  • संवाददाताहरू (स्ट्रिङरहरू एवं योगदानकर्ताहरू) र अन्य सम्बन्धित सरोकारवालाहरूसँग उपयुक्त सम्पर्क स्थापना गर्ने,
  • क्याजुअल कर्मचारीहरूको समन्वय गर्ने,
  • बजेट व्यवस्थापन, कार्य तालिका तथा रोस्टर निर्माण, कामदार सम्झौता र कार्यक्रमको अभिलेख राख्ने
  • आवश्यकता अनुसार व्यावसायिक विकास र तालिम लिने।

आवेदन दिने अन्तिम मिति आइतबार, अप्रिल २४ हो। उपयुक्त आवेदनहरू प्राप्त भएको खण्डमा यो मितिभन्दा पहिले नै आवेदन लिन बन्द गरिन सकिने भएको हुनाले इच्छुक जो कोहीलाई सकेसम्म चाँडो आवेदन दिन प्रोत्साहित गरिन्छ।

यस भूमिकाको बारेमा थप जानकारी प्राप्त गर्न र अनलाइन मार्फत आवेदन दिन यहाँ जानुहोस्। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now