प्र: एसबीएस पप्देशीबाट एसबीएस साउथ एसियनमा किन नाम परिवर्तन गरेको?
उ: एसबीएस साउथ एसियन नामले यस च्यानलले पस्कने सामाग्रीहरूलाई बढी प्रतिविम्बित गर्छ। जसले सम्पूर्ण दक्षिण एसियाली सामाग्रीहरू जस्तै समाचार, समसामयिक विषय, मनोरञ्जन, समुदायका कथाहरू र सङ्गीत भारतीय उपमहाद्वीपका १० भन्दा बढी भाषाहरूमा प्रसारण गर्छ।
प्र: एसबीएसका कुन-कुन भाषाहरूलाई एसबीएस साउथ एसियनले समावेश गर्छ?
उ: बाङ्ग्ला, गुजराती, हिन्दी, मलयालम, नेपाली, पन्जाबी, सिन्हाला, तामिल र उर्दु साथमा नेपाली सङ्गीत, बलिवुड, भाङ्गडा र तेलुगु भाषाका सामाग्रीहरू पोडकास्ट, वेबसाइट र सोसल मिडियामा उपलब्ध रहेका छन्।
प्र: के सामाग्रीहरू स्थानिय रूपमा निर्माण गरिन्छ?
उ: हो, सामाग्रीहरू स्थानिय रूपमा नै निर्माण गरिन्छ जसले सामुदायिक, राष्ट्रिय र दक्षिण एसियाली अस्ट्रेलियन समुदायलाई सान्दर्भिक हुने विश्वव्यापी विषयहरूलाई समेट्छ।
प्र: एसबीएस साउथ एसियनलाई कसरी सुन्ने?
उ: एसबीएसका भाषा कार्यक्रमहरू सोमवार-शुक्रवार बिहान ११ देखि साँझ ६ बजेसम्म र सप्ताहन्तमा साँझ ५ देखि ६ बजेसम्म प्रत्यक्ष प्रसारण हुन्छन्, र यो अन डिमान्डमा दिनको जुनसुकै समयमा सुन्न सकिन्छ। एसबीएस अडियोका भाषा कार्यक्रमहरूलाई डिएबी, डिजिटल टिभी (च्यानल ३०५), एसबीएस अडियो एप, वेबसाइट, एसबीएस अन डिमान्ड र युट्युब च्यानलमा उपलब्ध हुन्छ।
प्र: प्रत्यक्ष प्रसारण हुने कार्यक्रमको सूची कहाँ पाउन सक्छु?
उ: एसबीएसका भाषा कार्यक्रमहरू सोमवार-शुक्रवार बिहान ११ देखि साँझ ६ बजेसम्म र सप्ताहन्तमा साँझ ५ देखि अपरान्ह ६ बजेसम्म प्रत्यक्ष प्रसारण हुन्छन्। यस बाहेकका समयमा नेपाली सङ्गीत, बलिवुड, भाङ्गडा लगायतका दक्षिण एसियाका सङ्गीतहरू बिहान, साँझ र सप्ताहान्तमा सुन्न सक्नुहुन्छ।
भाषा | प्रसारण हुने दिन र समय |
बांग्ला | सोमवार र बिहीवार दिउँसो ३ बजे |
गुजराती | बुधवार र शुक्रवार दिउँसो २ बजे |
हिन्दी | सोमवार-आइतवार साँझ ५ बजे |
मलयालम | बिहीबार र शुक्रवार दिउँसो १ बजे |
नेपाली | मङ्गलवार र बिहीबार दिउँसो २ बजे |
पन्जाबी | सोमबार- शुक्रवार अपराह्न ४ बजे |
सिन्हाला | सोमवार, मङ्गलवार, बिहीबार र शुक्रवार बिहान ११ बजे |
तामिल | सोमवार, बुधवार, बिहीबार र शुक्रवार मध्यान्न १२ बजे |
उर्दु | बुधवार र शुक्रवार दिउँसो ३ बजे |
प्र: एसबीएस साउथ एसियनको युट्युब च्यानल के हो?
उ: एसबीएस साउथ एसियनको युट्युब च्यानलमा विभिन्न १० दक्षिण एसियाली भाषा कार्यक्रमहरू र स्पाइस साथै कलर्स अफ क्रिकेट जस्ता पोडकास्ट शृङ्खलाहरू अडियो र भिडियोका रूपमा पाउन सकिन्छ।
प्र: मैले कसरी आफ्नो कथा/कथा सम्बन्धी विचार प्रस्तुत गर्न सक्छु?
एसबीएस स्पाइस
प्र: एसबीएस स्पाइस के हो?
उ: एसबीएस स्पाइस एक रोमाञ्चक नयाँ अङ्ग्रेजी भाषाको डिजिटल प्रस्तुति हो जुन २०-३४ उमेरका दक्षिण एसियाली अस्ट्रेलियनहरूका लागि हो। यसमा पहिचान, आबद्धता र सामाजिक परिवर्तनको खोजी गर्ने उद्देश्यले पप कल्चरदेखि राजनीतिसम्म समेटेर चर्चामा रहेका विषयहरूलाई विशिष्ट दृष्टिकोणका रोचक प्रस्तुतीहरू हुनेछन्।
प्र: किन एसबीएस स्पाइसलाई अङ्ग्रेजी भाषामा प्रस्तुत गरिएको हो?
उ: एसबीएस स्पाइसले विभिन्न दक्षिण एसियाली समुदायका युवाहरूसम्म पुग्ने लक्ष्य राखेको छ र यो उमेर समूह अङ्ग्रेजी भाषामा दक्खल राख्ने कुरालाई मान्यता दिइएको छ।
प्र: के यसका सामग्रीहरू स्थानीय रूपमा नै निर्माण गरिन्छ?
उ: हो, सामाग्रीहरू स्थानीय रूपमा नै निर्माण गरिन्छ जसले सामुदायिक, राष्ट्रिय र दक्षिण एसियाली अस्ट्रेलियन समुदायलाई सान्दर्भिक हुने विश्वव्यापी विषयहरूलाई समेट्छ।
प्र: एसबीएस स्पाइसलाई कसरी सुन्न सकिन्छ?
उ: एसबीएस स्पाइसको युट्युब, इन्स्टाग्राम र फेसबुक साथै तपाईँले जोडदार उपस्थिति रहेको छ भने तपाईँले पोडकास्ट सुन्ने अधिकांश स्थानहरूमा पनि यो उपलब्ध रहेको छ। साथै तपाईँले यसलाई एसबीएस अडियो एप र वेबसाइटमा पनि पाउन सक्नु हुन्छ। थप जानकारीका लागि यो परिचयात्मक पोडकास्ट सुन्नुहोस्।
प्र: मैले कसरी आफ्नो कथा/कथा सम्बन्धी विचार प्रस्तुत गर्न सक्छु?
सङ्गीत
प्र: आफूलाई इच्छा लागेको गीत बजाउन कसरी आग्रह गर्ने?
प्र: आफ्नो साङ्गीतिक प्रस्तुति कसरी यसमा समावेश गराउने?