एसबीएस साउथ एसियन/स्पाइसबारे धेरै पटक सोधिने प्रश्नहरू

SBS South Asian and SBS Spice.

Source: SBS

प्र: एसबीएस पप्‌देशीबाट एसबीएस साउथ एसियनमा किन नाम परिवर्तन गरेको?

उ: एसबीएस साउथ एसियन नामले यस च्यानलले पस्कने सामाग्रीहरूलाई बढी प्रतिविम्बित गर्छ। जसले सम्पूर्ण दक्षिण एसियाली सामाग्रीहरू जस्तै समाचार, समसामयिक विषय, मनोरञ्जन, समुदायका कथाहरू र सङ्गीत भारतीय उपमहाद्वीपका १० भन्दा बढी भाषाहरूमा प्रसारण गर्छ।

प्र: एसबीएसका कुन-कुन भाषाहरूलाई एसबीएस साउथ एसियनले समावेश गर्छ?

उ: बाङ्ग्ला, गुजराती, हिन्दी, मलयालम, नेपाली, पन्जाबी, सिन्हाला, तामिल र उर्दु साथमा नेपाली सङ्गीत, बलिवुड, भाङ्गडा र तेलुगु भाषाका सामाग्रीहरू पोडकास्ट, वेबसाइट र सोसल मिडियामा उपलब्ध रहेका छन्।

प्र: के सामाग्रीहरू स्थानिय रूपमा निर्माण गरिन्छ?

उ: हो, सामाग्रीहरू स्थानिय रूपमा नै निर्माण गरिन्छ जसले सामुदायिक, राष्ट्रिय र दक्षिण एसियाली अस्ट्रेलियन समुदायलाई सान्दर्भिक हुने विश्वव्यापी विषयहरूलाई समेट्छ।

प्र: एसबीएस साउथ एसियनलाई कसरी सुन्ने?

उ: एसबीएसका भाषा कार्यक्रमहरू सोमवार-शुक्रवार बिहान ११ देखि साँझ ६ बजेसम्म र सप्ताहन्तमा साँझ ५ देखि ६ बजेसम्म प्रत्यक्ष प्रसारण हुन्छन्, र यो अन डिमान्डमा दिनको जुनसुकै समयमा सुन्न सकिन्छ। एसबीएस अडियोका भाषा कार्यक्रमहरूलाई डिएबी, डिजिटल टिभी (च्यानल ३०५), एसबीएस अडियो एप, वेबसाइट, एसबीएस अन डिमान्ड र युट्युब च्यानलमा उपलब्ध हुन्छ।

प्र: प्रत्यक्ष प्रसारण हुने कार्यक्रमको सूची कहाँ पाउन सक्छु?

उ: एसबीएसका भाषा कार्यक्रमहरू सोमवार-शुक्रवार बिहान ११ देखि साँझ ६ बजेसम्म र सप्ताहन्तमा साँझ ५ देखि अपरान्ह ६ बजेसम्म प्रत्यक्ष प्रसारण हुन्छन्। यस बाहेकका समयमा नेपाली सङ्गीत, बलिवुड, भाङ्गडा लगायतका दक्षिण एसियाका सङ्गीतहरू बिहान, साँझ र सप्ताहान्तमा सुन्न सक्नुहुन्छ।

भाषा प्रसारण हुने दिन र समय
बांग्ला  सोमवार र बिहीवार दिउँसो ३ बजे
गुजराती बुधवार र शुक्रवार दिउँसो २ बजे
हिन्दी  सोमवार-आइतवार साँझ ५ बजे
मलयालम   बिहीबार र शुक्रवार दिउँसो १ बजे
नेपाली  मङ्गलवार र बिहीबार दिउँसो २ बजे
पन्जाबीसोमबार- शुक्रवार अपराह्न ४ बजे
सिन्हाला सोमवार, मङ्गलवार, बिहीबार र शुक्रवार बिहान ११ बजे  
तामिलसोमवार, बुधवार, बिहीबार र शुक्रवार मध्यान्न १२ बजे  
उर्दुबुधवार र शुक्रवार दिउँसो ३ बजे

प्र: एसबीएस साउथ एसियनको युट्युब च्यानल के हो?

उ: एसबीएस साउथ एसियनको युट्युब च्यानलमा विभिन्न १० दक्षिण एसियाली भाषा कार्यक्रमहरू र स्पाइस साथै कलर्स अफ क्रिकेट जस्ता पोडकास्ट शृङ्खलाहरू अडियो र भिडियोका रूपमा पाउन सकिन्छ।

प्र: मैले कसरी आफ्नो कथा/कथा सम्बन्धी विचार प्रस्तुत गर्न सक्छु?

उ: तपाईँले इमेल गरेर कथा वा विचार पठाउन सक्नुहुन्छ त्यसको लागि इमेल ठेगाना southasian@sbs.com.au  

एसबीएस स्पाइस

प्र: एसबीएस स्पाइस के हो?

उ: एसबीएस स्पाइस एक रोमाञ्चक नयाँ अङ्ग्रेजी भाषाको डिजिटल प्रस्तुति हो जुन २०-३४ उमेरका दक्षिण एसियाली अस्ट्रेलियनहरूका लागि हो। यसमा पहिचान, आबद्धता र सामाजिक परिवर्तनको खोजी गर्ने उद्देश्यले पप कल्चरदेखि राजनीतिसम्म समेटेर चर्चामा रहेका विषयहरूलाई विशिष्ट दृष्टिकोणका रोचक प्रस्तुतीहरू हुनेछन्।

प्र: किन एसबीएस स्पाइसलाई अङ्ग्रेजी भाषामा प्रस्तुत गरिएको हो?

उ: एसबीएस स्पाइसले विभिन्न दक्षिण एसियाली समुदायका युवाहरूसम्म पुग्ने लक्ष्य राखेको छ र यो उमेर समूह अङ्ग्रेजी भाषामा दक्खल राख्ने कुरालाई मान्यता दिइएको छ।

प्र: के यसका सामग्रीहरू स्थानीय रूपमा नै निर्माण गरिन्छ?

उ: हो, सामाग्रीहरू स्थानीय रूपमा नै निर्माण गरिन्छ जसले सामुदायिक, राष्ट्रिय र दक्षिण एसियाली अस्ट्रेलियन समुदायलाई सान्दर्भिक हुने विश्वव्यापी विषयहरूलाई समेट्छ।

प्र: एसबीएस स्पाइसलाई कसरी सुन्न सकिन्छ?

उ: एसबीएस स्पाइसको युट्युब, इन्स्टाग्राम र फेसबुक साथै तपाईँले जोडदार उपस्थिति रहेको छ भने तपाईँले पोडकास्ट सुन्ने अधिकांश स्थानहरूमा पनि यो उपलब्ध रहेको छ। साथै तपाईँले यसलाई एसबीएस अडियो एप र वेबसाइटमा पनि पाउन सक्नु हुन्छ। थप जानकारीका लागि यो परिचयात्मक पोडकास्ट सुन्नुहोस्।

प्र: मैले कसरी आफ्नो कथा/कथा सम्बन्धी विचार प्रस्तुत गर्न सक्छु?

उ: तपाईँले इमेल गरेर कथा वा विचार पठाउन सक्नुहुन्छ त्यसको लागि इमेल ठेगाना spice.program@sbs.com.au

सङ्गीत

प्र: आफूलाई इच्छा लागेको गीत बजाउन कसरी आग्रह गर्ने?

उ:थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।

प्र: आफ्नो साङ्गीतिक प्रस्तुति कसरी यसमा समावेश गराउने?

उ: थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।


Share

4 min read

Published

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now