जबट्रेनर योजना: स्कट मरिसनको अस्ट्रेलियाली युवा लक्षित २.५ अर्व डलर राहत योजना

प्रधानमन्त्री स्कट मरिसनले देशभरका झन्डै ३५०,००० बेरोजगार युवाहरूलाई लक्षित गरेर २.५ डलरको जबट्रेनर योजना बिहिबार सार्वजनिक गर्दैछन्।

Australian Prime Minister Scott Morrison speaks to the media during a press conference at Parliament House in Canberra, Thursday, July 16, 2020. (AAP Image/Lukas Coch) NO ARCHIVING

Australian Prime Minister Scott Morrison speaks to the media during a press conference at Parliament House in Canberra, Thursday, July 16, 2020. Source: AAP

बिहीबार घोषणा हुने जबट्रेनर योजना अन्तर्गत आर्थिक मन्दीबाट पीडित युवा बेरोजगार अस्ट्रेलियालीहरूले नयाँ सीपहरू नि:शुल्क वा एकदमै न्यून शुल्क तिरेर प्राप्त गर्न सक्ने बताइएको छ।

सङ्घीय सरकारले स्कुल छोड्नेहरू र काम खोज्ने मानिसहरूलाई लक्षित गरेर स्वास्थ्य सेवा, यातायात, निर्माण र खुद्रा क्षेत्र जस्ता कोर्सहरूमा तालिम लिन एक प्याकेजको अनावरण गर्नेछ।

भविष्यमा राष्ट्रलाई आवश्यकता पर्ने जनशक्ति तयार पार्ने उद्देश्यबाट प्रेरित भएर मरिसन नेतृत्वको सरकारले प्रशिक्षण एवं पुनर्तालिमको योजना बनाएको हो।

Aug 27: Victoria has recorded the lowest daily new cases since July 6
Source: AAP Image/Scott Barbour

सरकारका अनुसार, कोभिड-१९ सङ्कटका बेला गुमाइएको रोजगारी सदाका लागि हराउन सक्ने भन्दै नयाँ सीप सिकेर भविष्यका लागि मानिसहरू तयार हुनुपर्ने बिचार पनि अघि सारेको छ।

प्रधानमन्त्री स्कट मरिसनले भने, "कोभिड-१९ अभूतपूर्व रहेको छ र म चाहन्छु अस्ट्रेलियालीहरू सबै किसिमका कामहरू गर्न सक्ने गरी तयार हुन्।"

"हामी सङ्कटबाट बाहिर आउँदा हामीलाई आवश्यक पर्ने रोजगार र सीपहरू हराएका कामका जस्ता हुने छैनन्।"

सरकारी योजना अन्तर्गत टेफ तथा निजी कलेजहरू मार्फत कम समय मै सम्पन्न गर्न सकिने "शर्ट कोर्स"हरू निशुक्ल्क विद्यार्थीहरूलाई उपलब्ध गराइने छ। 

त्यसै गरी सर्टिफिकेट थ्री र फोर अनि डिप्लोमासम्मको बाटो खोलिदिने कोर्सहरू चाहिँ स्कूलबाट निस्किनेहरू माथि केन्द्रित हुनेछ।

सङ्घीय सरकाले देशभरका राज्य एवं प्रादेशिक सरकारहरूसँग मिलेर जबट्रेनर कार्यक्रम लागू बताए पनि हालसम्म यसबारे कुनै सम्झौता भएको छैन तर गएको शुक्रवार राष्ट्रिय मन्त्रिपरिषद्मा यसबारे चर्चा हुँदा भने सबै पक्ष यसबारे सकारात्मक भएको बुझिएको छ।

Government subsidy programs, JobSeeker and JobKeeper, extended
Government subsidy programs, JobSeeker and JobKeeper, will be reviewed in July. Source: AAP

सेप्टेम्बर मसान्तमा समाप्त हुने जबकीपर योजना लम्बिनु पर्ने बारे आवाजहरू उठिरहेको बेला, त्यसैको परिमार्जित रूप जबट्रेनर कार्यक्रम लागू गर्ने प्रधानमन्त्री स्कट मरिसनले प्रस्ताव गरेका हुन् ।

रोजगारी, सीप, साना तथा पारिवारिक व्यवसाय सम्बन्धी मन्त्री मिकेला क्यासले जबट्रेनर कार्यक्रम राष्ट्रिय पुनर्रउत्थानका लागि महत्त्वपूर्ण कदम हुने बताइन।

"हाम्रो देशले धेरै चुनौतीहरूको सामना गरेको छ, र यो महत्त्वपूर्ण छ कि हामीले आफ्नो प्रशिक्षार्थीहरूलाई रोजगारीमा राख्न र काम खोज्नेहरूलाई सहयोग गर्न जरुरी छ," उनले भनिन् ।

Jobseeker Jobkeeper Jobmaker Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

Share

2 min read

Published

Updated

Source: AAP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now