SKIP TO MAIN CONTENT

एक स्कुटर चालकको कदमले दङ्ग बनायो नेपालीलाई

राजतन्त्रको पालामा राजा-रानीको र लोकतन्त्रमा राष्ट्रपतिको “सवारी”का कारण सडक अवरुद्ध हुँदा घन्टौंसम्म जाममा फस्न बाध्य भएका जनतालाई काठमाडौँमा एक स्कुटर चालकको कदमले सामाजिक सञ्जालमै भए पनि दङ्ग बनाएको छ।

Nepali President Motorcade
Source: Facebook (Sanjeev Joshi)

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

राष्ट्रपती विद्यादेवी भण्डारीको सवारीका कारण भन्दै काठमाण्डौ ट्राफिक प्रहरी द्वारा सवारी साधानहरुलाई झन्डै एक घण्टा सम्म रोकिएपछि, एक स्कुटर चालकले ट्राफिक निर्देशन अवज्ञा गर्दै आफ्नो सवारी साधन कुदाउने बित्तिकै उनको पछाडी रहेकाले पनि त्यहि गरेको देखाउने एक भिडियो अहिले ठुलो चर्चाको विषय बनेको छ।

सामाजिक संजालमा सार्वजनिक भएको उक्त भिडियो कहिलेको हो वा सडक राष्ट्रपतिको सवारीकै लागि अवरुद्ध गरिएको भन्ने पुष्टि भएको छैन।

तर कमल विष्टलाई साभार दिँदै चित्र-शब्द द्वारा प्रकाशित भिडियोमा लेखिएको छ, “यहाँबाट राष्ट्रपतिको सवारी हुँदै थियो। ४० मिनेट देखि ट्राफिकले रोकेर राखी रहेका थिए”

“त्यतिकैमा एक जना मानिस आजित हुँदै बोले,'यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौ।' सबैले 'हो हो' भन्दै आफ्नो सवारी साधन अघि बढाए।”

उक्त भिडियो काठमाण्डूको लैनचौरमा खिचिएको बताइएको छ।

भिडियो बारे ट्विटरमा प्रतिक्रिया दिँदै पत्रकार सुधीर शर्माले लेखे, “शीतल निवास र सिंहदरबारका व्यवस्थापकहरूले अब पनि पाठ नसिक्ने?”

उनी जस्तै धेरैले भिडियोमा देखिएका सवारी चालकहरूको कदमको प्रशंसा गरेका थिए।

पशुपति आचार्य लेख्छन्, “अब जनता हरू ले आफ्नो अधिकार को लागी यसरी नै स्वतः: स्फूर्त रूप मा बेथिति को विरोध गर्ने पर्छ!”

अर्को तर्फ सयौँ सवारी चालक द्वारा अवज्ञा गरिएका ट्राफिक प्रहरी प्रति पनि कहिले सहानुभूति व्यक्त गरेका छन्।

हेमन्त लेख्छन् “यो ट्राफिकलाई कारबाही नहोस् !”

अर्का ट्विटर प्रयोगकर्ता आशिषको विचार यस्तो थियो, “ट्राफिक पुलिस प्रति पूर्ण समर्थन छ जनताको। तर नेताहरूको लागि पर्खिने समय छैन। गाह्रो त हामीलाई भन्दा तपाइलाई धेरै छ। त्यसको लागि धेरै धेरै धन्यवाद।"


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now