Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

यात्रामा नयाँ कडा उपायहरूको अवलम्बन, ब्रिसबेनलाई “हटस्पट” घोषणा

बेलायतबाट आएको कोरोना भाइरसको अत्यन्तै सङ्क्रमित रूपको प्रसारलाई कम गर्न प्रधानमन्त्री स्कट मोरीसनले यात्राका क्रममा नयाँ उपायहरूको अवलम्बन गरिने बताएका छन् ।

National Cabinet will meet again.
Source: AAP

बेलायतबाट आएको भनिएको कोरोनाको अत्यन्तै सङ्क्रमित रुपका बारेमा चासो र चिन्ता बढ्दै जाँदा राष्ट्रिय मन्त्रीपरिषद्को बैठकले घरेलु एवम् अन्तर्राष्ट्रिय विमान यात्राका क्रममा नयाँ उपायहरू अवलम्बन गर्ने जनाएको हो ।

बैठकमा ग्रेटर ब्रिसबेन क्षेत्रलाई “हटस्पट” का रूपमा घोषणा गरिएको छ ।

होटेल क्वारीनटीनमा काम गर्ने एक महिलामा कोरोना पुष्टि भए पछि ब्रिसबेनमा तिन दिने लकडाउन गरिएको छ ।

अवलम्बन गरिएका नयाँ उपायहरूमा अस्ट्रेलियाका लागि विमान चढ्नु पूर्व यात्रुले कोरोना नेगेटिभ रहेको रिपोट अनिवार्य देखाउनु पर्ने भएको छ । 

बेलायतबाट आउने यात्रुहरूले पनि कोरोनाको ऱ्यापिड जाँचको रिपोट अनिवार्य देखाउनु पर्ने भएको छ ।

यसै गरी घरेलु र अन्तर्राष्ट्रिय विमानका यात्रुहरूले मास्क अनिवार्य लगाउनु पर्ने नियम बनाइएको छ ।

“भाइरसले आफ्नै नियमहरू बनाउँदै गएकाले यस सँग लड्न हामी पनि तैयार हुन जरुरी छ ।” प्रधानमन्त्रीले भने ।

 

विदेशबाट आउने मानिसको संख्यामा  कटौती

यसैबिच क्विन्सल्याण्ड,वेस्र्टन अस्ट्रेलिया र न्यु साउथ वेल्समा विदेशबाट आउने यात्रुको सङ्ख्यामा कटौती गरिने भएको छ ।

कटौती सँगै अब न्यु साउथ वेल्समा हप्तामा १५ सय ५ , वेस्र्टन अस्ट्रेलियामा ५ सय १२ र क्विन्सल्याण्डमा ५ सय मानिसहरू मात्र विदेशबाट भित्रन पाउनेछन् ।

भिक्टोरियाले भने हप्तामा ४ सय ९० यात्रुको आगमनको सीमालाई यथावत् राख्नेछ ।

 

 शुक्रवार राज्य र टेरीटरीका नेताहरू सँगको छलफल पछि उक्त निर्णय लिइएको हो ।

विदेशबाट अस्ट्रेलिया आउनका लागि दर्ता भएका ८० प्रतिशत मानिसहरू रहेको स्थानमा भाइरसको बेलायती रूप पुगी सकेको मोरीसनले बताए ।

मुख्य स्वास्थ्य अधिकारी पाउल केलिले अत्यन्तै सङ्क्रमण फैलाउने भाइरसको नयाँ रूपमा “कढा,छिटो र बलियो” योजनाका आवश्यकता भएको बताए ।

“हाम्रो मुख्य उद्देश्य अस्ट्रेलियालीहरूलाई सुरक्षित राख्ने हो, यो भाइरसको सङ्क्रमण अन्य स्थानमा नफैलियोस् भन्ने उद्देश्य हो ।” उनले भने ।

“कारण यो हो कि यसको रोकथाम निकै गार्‍हो छ ।” उनले भने ।

यो सँगै होटेल क्वारीटीनमा काम गर्ने मानिसलाई हरेक दिन कोरोना जाँच गरिने भएको छ ।

अन्तर्राष्ट्रिय उडान दलका सदस्यहरूले प्रत्येक ७ दिन वा अस्ट्रेलिया आएको दिनमा कोरोना जाँच गराउनु पर्ने नियम राखिएको छ ।

अर्को उडान नभए सम्म निर्धारित स्थानमा क्वारीटीनमा रहनु पर्ने पनि नियम राखिएको छ ।

हाल करिब ३८ हजार मानिसले अस्ट्रेलिया आउन निवेदन दिएका छन् ।


2 min read

Published

By Tom Stayner




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now