टिकटकबाट आत्महत्याको एउटा भिडियो हटाउन प्रधानमन्त्रीको माग

भिडियोहरू बाँड्न प्रयोग हुने एक लोकप्रिय अनलाइन सेवा टिकटकमा हालिएको एउटा "नराम्रो" सामाग्री हटाइनुपर्ने माग स्कट मोरिसनले गरेका छन्।

Australian Prime Minister Scott Morrison.

Australian Prime Minister Scott Morrison. Source: AAP

एक अमेरिकी पुरुषले आत्महत्या गरेको देखाउने भनिएको एक भिडियोको निन्दा गर्दै प्रधानमन्त्री स्कट मोरिसनले त्यस प्रकारका हिंसात्मक सामाग्री राख्न नमिल्ने गरी थप सुरक्षाका उपायहरू अवलम्बन गर्न टिकटक समक्ष माग गरेका छन्। 

"यस्तो भयावह सामग्री समक्ष कुनै पनि बच्चा अगाडि राख्नु हुँदैन र टिकटक जस्ता प्लेटफर्महरूले यस किसिमको हानिकारक सामग्री पत्ता लगाउन र फाल्न थप स्रोतहरू राख्नु पर्छ," उनले भने।

"यो उनीहरूको जिम्मेवारी हो।"

खासमा फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिएको सो आत्महत्याको भिडियो केही दिन अघि विभिन्न सामाजिक सञ्जालहरूमा पुनः अपलोड गरिएको र सोही क्रममा टिकटकमा पनि उपलब्ध भएको बताइएको छ।

यसै क्रममा, अभिभावक तथा विद्यालयहरूलाई टिकटकमा समेत सो डरलाग्दो सामाग्री उपलब्ध रहेका कारण बालबालिकालाई उक्त एपबाट केही दिन टाढै राख्न आग्रह गरिएको छ।

अझ सो डरलाग्दो भिडियोको कतिपय संस्करणहरूमा त थम्बनेलमा बिरालोको बच्चाहरू राखेर झुक्क्याउने प्रयास भएको समेत बताइएको छ।

भिडियो हटाउनको लागि अस्ट्रेलियाको इ-सेफ्टी कमिस्नर टिकटकसँग काम गरिरहेको पनि प्रधानमन्त्रीले बताए।

मङ्गलवार एक विज्ञप्ति जारी गर्दै, चिनियाँ स्वामित्वको कम्पनी टिकटकका प्रवक्ताले आफूहरूलाई फेसबुकमा प्रसारण गरिएको एक आत्महत्या गर्ने क्लिपले अन्य प्लेटफर्महरूमा पनि फैलिएको बारे थाहा भएको बताएका छन्।

"हामी सामग्री हटाउँदैछौं र बारम्बार क्लिपहरू अपलोड गर्ने प्रयास गर्ने खाताहरूलाई प्रतिबन्धित गर्दैछौं," ट्विटर मार्फत टिकटकले भनेको छ।

"हामी हाम्रा समुदायका सदस्यहरूको सराहना गर्छौँ जसले सामग्री रिपोर्ट गरेका छन् र अरूलाई चेतावनी दिन दिएका छन् जसले यस्ता सामाग्री कुनै पनि प्लेटफर्ममा हेर्न, बाँड्न वा प्रतिक्रिया जनाउने गरेका छन्।"

Parents have been warned about a graphic video circulating on TikTok.
Parents have been warned about a graphic video circulating on TikTok. Source: AAP

अस्ट्रेलियाली ई-सुरक्षा सङ्गठन सेफ अन सोसलकी प्रमुख कार्यकारी किर्रा पेन्डरगास्टले आमाबाबुहरूले आफ्ना बालबालिकालाई “टिकटक बिग्रेको” बताउन वा उनीहरूले भिडियो देख्ने जोखिम कम गर्नका लागि उपकरणहरू जफत गर्न आग्रह गरिन्।

"बेडरूम र बाथरुममा फोनहरू प्रतिबन्धित गर्नुहोस्, त्यो सधैँ मेरो नम्बर एक टिप (सुझाव) हुन्छ," उनले भनिन्।

"वा, भित्ताबाट राउटर तान्नुहोस् ताकि उनीहरूले सोच्नेछन् कि अर्को एक दुई दिनका लागि इन्टरनेट बिग्रिएको छ। यो सामग्री धेरै व्यापक रूपमा बाँडिएको छ त्यसैले हामी सकेसम्म बढी क्षतिलाई कम गर्न चाहन्छौँ।"

भिडियो देख्ने जो कोहीलाई पनि इ-सुरक्षा आयुक्तको वेबसाइटमा गएर "अवैध र हानिकारक सामग्री" को रूपमा रिपोर्ट गर्न प्रोत्साहित गरिएको छ।

सहायता खोज्ने पाठकहरूले लाइफलाइन क्राइसिस सपोर्टलाई १३ ११ १४ मा, सुसाइड कल ब्याक सर्भिसलाई १३०० ६५९ ४६७ मा वा किड्स हेल्पलाइन १८०० ५५ १८०० मा (५ वर्षदेखि २५ वर्षसम्मका बालबालिका तथा युवाहरूका लागि) सम्पर्क गर्न सक्नुहुनेछ।

थप जानकारी बियन्डब्लुलाइफलाइनमा उपलब्ध छ। इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्छ।

1x1_small

3 HOURS AGO

एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि कोभिड-१९ विरुद्धको ब्रिटिस खोपको परीक्षण रोक्का

1x1_small

3 MINS AGO

विदेशमा घर फर्कन चाहने अस्ट्रेलियालीलाई टिकट किन्न सरकारी सहयोग

 

 


Share

3 min read

Published

Updated

By SBS News

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now