SKIP TO MAIN CONTENT

प्रधानमन्त्री स्कट मोरिशन सहित लिबरल गठबन्धन सत्तामा फर्कदै

अस्ट्रेलियाको ३१ औं प्रधानमन्त्रीको रूपमा स्कट मोरिशन सत्तामा फर्कने भएका छन्।

Scott Morrison's acceptance speech in full

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

मतगणना अन्त्य हुन अझै केही दिन लाग्ने भएता पनि पछिल्ला नतिजाहरूका अनुसार लिबरल नेता स्कट मोरिशन र उनको सरकारलाई तेस्रो कार्यकालको लागि स्वतन्त्र सांसदहरूको सहयोग चाहिने देखिएको छ।

अस्ट्रेलियाली सङ्घीय संसद्को तल्लो र माथिल्लो सदनका लागि भएको निर्वाचनमा सरकार स्थापनाको लागि तल्लो सदन वा प्रतिनिधि सभामा १५० मध्ये कम्तीमा ७६ सिट जित्नुपर्ने हुन्छ।

एबीसीका अनुसार लिबरल गठबन्धनले ७४ वटा र लेबर पार्टीले अहिले सम्म ६५ वटा सिट जितेको छ।

लेबर नेता बिल शर्टनले लेबर सरकार स्थापना नहुने पक्का भएकोले आफूले स्कट मोरिशनलाई फोन गरेर बधाई दिएको बताए। आफ्नो हार स्विकार्दै उनले आफू लेबर पार्टी नेता पद बाट हट्ने पनि घोषणा गरे।

सांसदको पद चाहिँ नत्याग्ने भन्दै शर्टनले जलवायु परिवर्तन लगायतका मामिलामा लेबर पार्टीको लडाई जारी रहने बताए।

Bill Shorten
Bill Shorten concedes defeat alongside wife Chloe. Source: AAP

यस निर्वाचनका लागि गए अप्रिल २९ मा सुरु भएको पूर्वमतदानमा हिजो सम्म ४७ लाख भोट खसेको निर्वाचन आयोगको भनाइ छ।

लेबर नेता पछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो जीतलाई प्रधानमन्त्री स्कट मोरिशनले "चमत्कार" को संज्ञा दिएका छन्।

अब आफ्नो ध्यान अस्ट्रेलियालीहरूका लागि काम गर्न केन्द्रित रहने उनले बताए।

निर्वाचित भएका मुख्य व्यक्तिहरू

स्कट मोरिशन लगायत उनका गृह मामिला मन्त्री पिटर डटन पनि निर्वाचित भएका छन्।

नेपालीहरूको ठुलो सङ्ख्या रहेको दक्षिण सिड्नी सिट बार्टनमा लेबर सांसद लिन्डा बर्नी निर्वाचित हुन सफल हुनुको मतलब उनका लिबरल प्रतिद्वन्द्वी प्रमेज श्रेष्ठको पहिलो चुनावी प्रयास यसपटकको लागि असफल भएको छ।

Chris Gambian
गम्बियन (दे) र कोलम्यान (दा) Source: Facebook

अर्को तर्फ मोरिशन सरकारमा अध्यागमन मन्त्री रहेका डेभिड कोल्म्यान पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। उनका लेबर प्रतिद्वन्द्वी क्रिस ग्याम्बीयन थिए।

मेलबर्नमा ठुलो सङ्ख्यामा नेपाली भाषीहरूको बसोबास रहेको विल्स निर्वाचन स्थलमा लेबर सांसद पिटर खलिल पनि दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन्।

Zali Steggal vs Tony Abbott in Warringah
Zali Steggal vs Tony Abbott in Warringah Source: AAP

पूर्व प्रधानमन्त्री टोनी एबट स्वतन्त्र उम्मेदवार ज़ाली स्टेगालसंग पराजित भएका छन्।

यसैक्रममा स्टेगालका साथै इन्ड़ाई नामक स्थान बाट निर्वाचित अर्का स्वतन्त्र उम्मेदवार हेलेन हेयन्सले पनि मोरिशन सरकार स्थापनामा निर्णायक भूमिका निभाउने देखिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now