वृद्ध मारपिट प्रकरण: प्रकाश पौडेलद्वारा आफ्नो दोष स्वीकार

आफू कार्यरत न्यु साउथ वेल्सको सीफोर्थ नर्सिङ होममा गत अगस्ट २६ तथा सेप्टेम्बर ३ मा डिमेन्सिया पीडित एक वृद्ध माथि हिंसा गरेको आरोप लागेका तथा हाल जमानतमा रहेका प्रकाश पौडेलले आफू माथि लागेका मारपिटका सामान्य दुई आरोपहरू म्यान्ली स्थित एक अदालत सामु स्विकारेका छन्।

Prakash Paudyal leaving Manly Local Court in Sydney, Tuesday, December 18, 2018. Mr Paudyal fronted court over alleged assaults on a 82-year-old man at an aged care facility on Sydney's northern beaches. (AAP Image/Joel Carrett) NO ARCHIVING

Prakash Paudyal leaving Manly Local Court in Sydney, Tuesday, December 18, 2018. Source: AAP Image/Joel Carrett

२ वटा सामान्य कुट पिट (घरेलु हिंसा) र आपराधिक घटना गराउने उद्देश्य राखेर आक्रमण गर्ने साधन प्रयोग गरेको आरोप लगाइएकोमा पछिल्लो आरोपलाई अभियोजकले फिर्ता लिएका थिए।

पौडेलले डिमेन्सिया पीडित ती ८२ वर्षीय वृद्धले लगाएको कमिज समातेर तानेको तथा एक जुत्ता प्रयोग गरी उनलाई हिर्काएको कथित भिडियो प्रहरीद्वारा सार्वजनिक गरिएको थियो। । त्यस्तै एक अर्को दृश्यमा भने पौडेलको अभद्र क्रियाकलापका कारण आफ्नो खाटबाट लडेर भुइमा पुगेको देखिएको थियो।

अदालतमा अभिलेखीकरण गरिएको तथ्यअनुसार त्यसरी लड्ने क्रममा ती वृद्धले आफ्नो दाहिने हातले खाटलाई समात्न खोज्दै आफूलाई जोगाउन खोजेका थिए। त्यसपछि पौडेलले ठुलो आवाज निकालेको तथा ती वृद्धलाई कुनै सहयोग नगरीकनै उनको ओछ्यानका तन्नाहरू निकाल्न लागेको दृश्य उक्त भिडियोमा रेकर्ड भएको थियो।

राम्ररी अङ्ग्रेजीमा वार्तालाप गर्न असमर्थ रहेका ती वृद्ध माथि अत्याचार भइरहेको शङ्का लागेपछि उनका परिवारजनले फोटो फ्रेममा लुकाएर एक गुप्त क्यामरा उनी बस्ने कोठामा राखेका थिए।

अदालतमा सहमत तथ्यहरूका अनुसार ती वृद्ध आफ्ना परिवारका सदस्यहरुसँग राम्ररी अरबी भाषामा कुराकानी गर्ने सामर्थ्य राख्दछन्।

पौडेल वृद्ध स्याहार केन्द्रहरूमा आजीवन काम गर्न नपाउने गरी प्रतिबन्धित छन्।

सामान्य आक्रमणबारे न्यु साउथ वेल्सको कानूनमा उल्लिखित बुँदा अनुसार उनले बढीमा २ वर्ष कारावास सजाय र उनको आर्थिक अवस्था तथा अन्य परिस्थितिलाई हेरेर जरिवाना निर्धारण गरिने छ।

१९९९ आपराधिक क्रियाकलाप अन्तर्गतको दफा ९ मा रहेको असल व्यवहार धितो र दफा १४ को उपदफा १, २ र ३ मा उल्लिखित जरिवाना प्रावधान अनुरूप जरिवाना तोक्न सकिने छ।

Prakash Paudyal (left) leaves Manly Local Court in Sydney, Tuesday, December 18, 2018. Mr Paudyal fronted court over alleged assaults on a 82-year-old man at an aged care facility on Sydney's northern beaches. (AAP Image/Joel Carrett) NO ARCHIVING
Prakash Paudyal leaves Manly Local Court in Sydney, Tuesday, December 18, 2018. AAP Image/Joel Carrett Source: AAP Image/Joel Carrett

कालो र हरियो कोठे सर्ट र कालो पाइन्ट लगाएर आफ्ना वकिलका साथ म्यानली स्थानीय अदालतमा उपस्थित भएका प्रकाशको मुद्दाको सुनुवाइ मङ्गलवार बिहान ०९:३० बजे हुने कार्यतालिकामा रहेको थियो। तर झन्डै एक घण्टा ढिला गरी १०:२० मा सुनुवाइ सुरु भयो।

पहिले बार टेबलको पछाडि बसेका प्रकाशलाई कानुनी प्रतिनिधिहरू रहने स्थानमा बोलाइएको थियो। सुनुवाइको सुरुवातमा नै दुवै पक्षका कानूनी प्रतिनिधिहरूले न्यायिक अधिकारी क्रिस लोंग्ले समक्ष एउटा आरोप आपसी समझदारीमा फिर्ता लिइएको जानकारी गराएका थिए।

कहिले दुई वकिल बिच सरसल्लाह गर्न भन्दै त कहिले पौडेलसँग कुरा गर्न बिच-बिचमा कोर्ट रुमबाट बाहिरी रहेका कारण १२:१५ मा मात्र आगामी सजाय निर्धारण गर्ने दिन तोकिएको थियो।

कोर्ट रुम भित्र शान्त तर निकै गम्भीर मुद्रामा देखिएका पौडेल फैसलाको पर्खाइमा क्यामरा र माइक बोकेर अदालत परिसर बाहिर बसेका पत्रकारहरूलाई देखेर अलमलमा  परेका थिए।

उनी अदालत परिसरबाट बाहिरिने बित्तिकै पत्रकारहरूबाट आफ्नो क्रियाकलापलाई लिएर माफी माग्न चाहन्छौ भन्ने जस्तो प्रश्न आउँदा केही पनि नबोली सडकमा पार्क गरिराखेको ट्याक्सी चढेर फर्किएका थिए।

Prakash Paudyal leaves Manly Local Court in Sydney, Tuesday, December 18, 2018. Mr Paudyal fronted court over alleged assaults on a 82-year-old man at an aged care facility on Sydney's northern beaches. (AAP Image/Joel Carrett) NO ARCHIVING
Prakash Paudyal leaves Manly Local Court in Sydney, Tuesday, December 18, 2018. Mr Paudyal fronted court over alleged assaults on a 82-year-old man at an aged care facility on Sydney's northern beaches. (AAP Image/Joel Carrett) Source: AAP Image/Joel Carrett

Share

2 min read

Published

Updated

By Sunita Pokharel




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now