आफ्नो उपभोक्ता अधिकार बारे जानकारी रहे तपाईंले धेरै पैसा बचत गर्न सक्नुहुन्छ - अष्ट्रेलियन प्रतिस्पर्दा र उपभोक्ता आयोग (ACCC) द्वारा ठगिन बाट आफुलाई जोगाउन अप्नाउन सकिने यी पाँच सुझाव।
आफ्नो रसिद राख्नुहोस्।

कुनै सामग्री किन्दा वा सेवाको लागि पैसा तिर्दा रसिद वा भुक्तानीको प्रमाण माग्नुहोस्। साथै, भविष्यमा चाहिन सकिने भएकोले आफ्नो रसिदलाई सुरक्षित स्थानमा राख्नुहोस् $ ७५ डलर भन्दा बढीको कुनै पनि भुक्तानी पछि तपाईंलाई सेवा प्रदान गर्ने संस्था वा व्यवसायले रसिद दिनु पर्दछ।
मर्मत, सटही वा रकम फिर्तीको मांग गर्नुहोस्।

अस्ट्रेलियाली उपभोक्ता कानुनले तपाईंलाई मर्मत, सटही वा रकम फिर्तीको अधिकार प्रदान गर्द छ।
सही गर्नु अगाडी करार राम्रोसँग बुझ्नुहोस्।

प्रत्येक पटक तपाईंले सामान किन्दा वा सेवा लिंदा, तपाईं एउटा सम्झौतामा प्रवेश गर्दै हुनुन्छ। तेसोगर्नु भन्दा अगाडी तपाईंले के मा समझदारी रहेको छ भन्नेबारे निश्चित गर्नुहोस्।
भ्रामक मूल्य हरुका लागि सचेत रहनुहोस्।

अस्ट्रेलियामा सबै मूल्यहरु साँचो हुनु पर्द छ र देखिने गरि कुनै सेवा वा सामाग्रीका भाउ राखिनु पर्द छ। बिज्ञापनमा वा सामग्रीमा फरक फरक मूल्य नतोकिएको निश्चित गर्नुहोस्। नत्र बिक्रेताले या त उक्त गल्तिलाई सच्याउनु पर्द छ वा कम मूल्यमा उक्त सामग्री बेच्नु पर्दछ।
इन्टरनेटमा सपिङ्ग गर्दा ठगी बारे सजग रहुनुहोस्।

तपाईंले कुन साइटमा र कसरी सामग्री किन्नुहुन्छ त्यसबारे सावधानी अपनाउनुहोस्। ठगीगर्न चाहने हरुले नक्कली वेबसाइट बनाउन सक्छन् वा सक्कली साइटमा नक्कली बिज्ञापन हाल्न सक्छन्।
तपाईंलाई मदत गर्नसक्ने संस्थाहरु:
The Australian Competition and Consumer Commission (ACCC) is the national competition regulator and consumer law guardian. The ACCC promotes competition and fair trading to make markets work for everyone. Visit their website here.
Choice investigates consumer issues and helps consumers take action and make complaints. Visit their website here.
MoneySmart provides detailed advice on consumer rights and obligations. Visit their website here.
Austrade is the government agency where travellers who believe they have been treated unfairly by a business while in Australia can lodge a complaint. Visit their website here.
The Treasury provides advice on Australia’s competition and consumer policy framework. Visit their website here.
