SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा बसोबास : निशुल्क कानूनी सहायता कसरी पाउने?

अस्ट्रेलियामा ट्राफिक जरिवाना देखि पारिवारिक संकट लगायतका मामिलाहरुमा निशुल्क कानूनी सहायता पाउन सकिन्छ।

Legal Aid
Legal Aid Source: Getty Images

2 min read

Published

Updated

By Rajish Aryal, Ildiko Dauba



Skip to article content

कानूनी समस्या परे मेरो सहयोग कसले गर्न सक्छ?

Victoria Legal Aid
Source: Victoria Legal Aid via Facebook

 

अस्ट्रेलियामा आठ कानूनी सहायता आयोग रहेकाछन् - प्रत्येक राज्य र प्रदेशमा एक। कमजोर र विपन्न अवस्थामा रहेका देखि अस्ट्रेलियामा नयाँ आएका आप्रवासी लगायत सबै अस्ट्रेलियालीहरुलाई न्याय र निशुल्क कानूनी सहायता उपलब्ध गराउने उक्त आयोगको जिम्मा रहेको छ। आयोगले आपराधिक, पारिवारिक र सार्वजनिक मामिलाहरुमा कानुनी सहायता प्रदान गर्दछ। 

मलाई अदालत जानुपरे के हुन्छ?

Law courts
Source: NSW Department of Justice

यदि तपाईंलाई कानुनी सल्लाह भन्दा थप सहयोगको आवश्यकता छ भने, तपाईंको मुद्दामा मदत गर्न तपाईंलाई एक वकीलको पनि प्रदान गर्न सकिन्छ। तर अदालतमा वकिलको उपस्थिति मानिसहरुको आर्थिक स्थिति माथि निर्भर रहने र जसको मतलब वकीलको खर्च निशुल्क नरहने सम्भावना पनि रहन्छ। 

उदाहरणका लागि , न्यू साउथ वेल्समा तपाईंले कानूनी सहायताको लागि आर्थिक सहयोग पाउन सक्नुहुनेछ तर उक्त सहयोग तपाईंको कानूनी समस्या र तपाईंको आर्थिक स्थिति माथि निर्भर रहने छ। 

मैले अरु कहाँ बाट कानूनी सहायता पाउन सक्नेछु?

तपाईंको प्रयोगका लागि विभिन्न निशुल्क सेवाहरु उपलब्ध रहेका छन्:

सामुदायिक कानूनी केन्द्रहरुले पनि लिगल एड अन्तर्गत नरहेका मामिलाहरुका लागि निशुल्क कानूनी सल्लाह प्रदान गर्न सक्दछ। 

अध्यागमन सल्लाह र अधिकार केन्द्रले भिसा आवेदन र अपील लगायतका अध्यागमन कानूनका विभिन्न बिषयहरु बारे सल्लाह प्रदान गर्दछ।

तपाईंको राज्य वा प्रदेशमा रहेका माइग्रेन्ट रिसोर्स केन्द्र द्वारा आप्रवासी, शरणार्थी र मानवीय भिसाका साथ् अस्ट्रेलिया आएका हरुलाई बसोबास सहयोग र जानकारीहरु प्रदान गरिन्छ। उक्त केन्द्रबारे थप जानकारी निम्न सुचीमा पाउन सकिन्छ:

Australian Capital Territory

News South Wales

Northern Territory

Queensland

South Australia

Tasmania

Victoria

Western Australia

अस्ट्रेलियाका विभिन्न सार्वजनिक पुस्तकालयहरुमा पनि कानूनी जानकारी प्रयोग गर्न मिल्ने केन्द्रहरु रहेकाछन्।

तपाईंले निशुल्क कानूनी सल्लाह फोन मार्फत वा प्रतक्ष्य रूपमा पनि पाउन सक्नुहुन्छ। यदि तपाईंलाई उल्थाकारको सहयोग चाहिन्छ भने टीआइएस लाइ १३१ ४५० मा फोन गर्नुहोस्।   

आफ्नो राज्य र प्रदेशमा रहेका कानूनी सहायता आयोगबारे थप जानकारीका लागि यो लिङ्क हेर्नुहोस्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now